के बाइबलमा समलिङ्गी विवाहबारे बताइएको छ?
बाइबलको जवाफ
मानव सरकारहरूले विभिन्न नियमहरू बनाउनु अघि नै हाम्रो सृष्टिकर्ताले विवाहसम्बन्धी नियम दिइसक्नुभएको थियो। बाइबलको सुरुको किताबमा यस्तो लेखिएको छ: “पुरुषले आफ्ना बुबा र आमालाई छोड्छ अनि आफ्नी पत्नीसित बस्छ र तिनीहरू एउटै शरीर हुन्छन्।” (उत्पत्ति २:२४) एउटा शब्दकोशमा a “पत्नी”-को लागि चलाइएको हिब्रू शब्दले स्त्री जातिलाई बुझाउँछ भनेर स्पष्ट बताइएको छ। येसुले पनि विवाह ‘पुरुष र स्त्रीबीच’ मात्र हुनुपर्छ भनेर जोड दिनुभयो।—मत्ति १९:४.
त्यसैले परमेश्वर विवाह एक जना पुरुष र एक स्त्रीबीचको स्थायी बन्धन होस् भन्ने चाहनुहुन्थ्यो। पुरुष र स्त्रीलाई एकअर्काको सहयोगीको रूपमा बनाइएको छ, त्यसैले उनीहरूले एकअर्काको भावनात्मक र यौनइच्छा पूरा गर्नुका साथै छोराछोरी जन्माउन सक्छन्।
a Vine’s Expository Dictionary of Biblical Words