यहोवाको न्याय र कृपा अनुकरण गर्नुहोस्
“साँचो न्याय गर, र हरेकले आफ्नो भाइप्रति कृपा र दयाको व्यवहार गर।”—जक. ७:९.
१, २. (क) परमेश्वरको व्यवस्था येशूलाई कस्तो लाग्थ्यो? (ख) शास्त्री र फरिसीहरूले कसरी व्यवस्थाको गलत अर्थ लगाए?
मोशाको व्यवस्था येशूको लागि असाध्यै प्यारो थियो। नहोस् पनि कसरी, त्यो व्यवस्था उहाँको बुबा यहोवाबाट आएको थियो। येशूको लागि सबैभन्दा महत्त्वपूर्ण व्यक्ति यहोवा हुनुहुन्थ्यो। परमेश्वरको व्यवस्थाप्रतिको येशूको गहिरो प्रेम भजन ४०:८ मा भविष्यसूचक ढङ्गमा यसरी बताइएको छ: “हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्न छु। तपाईंको व्यवस्था मेरो हृदयमा छ।” परमेश्वरको व्यवस्था सिद्ध र लाभदायी छ अनि यसमा भएका कुरा पक्कै पूरा हुन्छ भनेर येशूले आफ्नो वचन र कामद्वारा देखाउनुभयो।—मत्ती ५:१७-१९.
२ शास्त्री र फरिसीहरूले परमेश्वरको व्यवस्थाको गलत अर्थ लगाएको देख्दा येशूलाई कत्ति दुःख लाग्यो होला! हुन त उनीहरू व्यवस्थाको स-साना कुरासमेत पालन गर्थे। त्यसबारे येशूले यसो भन्नुभयो: “तिमीहरू पुदिना, सुप र जीराको दशांश चढाउँछौ।” तर समस्या कहाँ थियो? उहाँले यसो भन्नुभयो: “तर न्याय, कृपा र विश्वासीपन जस्ता व्यवस्थाका गहकिला कुराहरूलाई चाहिं वास्तै गर्दैनौ।” (मत्ती २३:२३) यस्ता आत्म-धर्मी फरिसीहरू जस्तो नभई येशूले ती व्यवस्थाहरू पछाडि लुकेको सिद्धान्त र त्यसले यहोवाका गुणबारे के सिकाउँछ भनेर बुझ्नुभएको थियो।
३. यस लेखमा हामी के छलफल गर्नेछौं?
रोमी ७:६) तर यहोवाले ती व्यवस्थाहरू आफ्नो वचन बाइबलमा रेकर्ड गर्न लगाउनुभयो। त्यसबाट के देखिन्छ भने उहाँ हामी व्यवस्थाका स-साना कुराहरूमा अल्झिएको होइन, बरु हामीले त्यसका “गहकिला कुराहरू” बुझेको र ती लागू गरेको चाहनुहुन्छ। उदाहरणको लागि, शरण-नगरहरूको प्रबन्धमा कस्ता सिद्धान्तहरू पाउन सक्छौं? अघिल्लो लेखमा हामीले हत्याराले चाल्नुपर्ने कदमहरूबारे थाह पाएका थियौं अनि त्यसबाट कस्तो पाठ सिक्न सक्छौं भनेर बुझेका थियौं। तर शरण-नगरहरूको प्रबन्धले हामीलाई यहोवाबारे र उहाँका गुणहरूबारे पनि सिकाउँछ। अनि कसरी उहाँको अनुकरण गर्न सक्छौं भनेर बुझ्न मदत गर्छ। त्यसैले यस लेखमा यी तीन प्रश्नबारे छलफल गर्नेछौं: शरण-नगरहरूको प्रबन्धले यहोवाको दया कसरी प्रकट गर्छ? यस प्रबन्धबाट जीवनप्रति उहाँको दृष्टिकोणबारे के सिक्न सक्छौं? अनि शरण-नगरहरूको प्रबन्धले यहोवाको उत्कृष्ट न्यायबारे के सिकाउँछ? प्रत्येक प्रश्न छलफल गर्दा तपाईं कसरी स्वर्गमा बस्नुहुने बुबाको अनुकरण गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्।—एफिसी ५:१ पढ्नुहोस्।
३ हामी ख्रीष्टियनहरू अहिले व्यवस्थाको करारको अधीनमा छैनौं। (“शरण-नगर छानेर नियुक्त गर्नू” —कृपाको प्रमाण
४, ५. (क) शरण-नगरहरूमा सजिलै जान सकियोस् भनेर कस्तो प्रबन्ध गरिएको थियो? किन? (ख) यस प्रबन्धबाट हामी यहोवाबारे के सिक्न सक्छौं?
४ मानिसहरू ती छ वटा शरण-नगरसम्म सजिलै पुग्न सक्थे। यहोवाले यर्दन नदीको वारिपट्टि तीन वटा अनि पारिपट्टि तीन वटा हुने गरी शरण-नगरहरू नियुक्त गर्न इस्राएलीहरूलाई अह्राउनुभएको थियो। किन? हत्यारा त्यहाँ छिट्टै र सजिलै पुग्न सकोस् भनेर। (गन्ती ३५:११-१४) शरण-नगरहरूसम्म जाने बाटो राम्रो अवस्थामा राखिएका हुन्थे। (व्यव. १९:३) एउटा यहूदी पुस्तकले बताएअनुसार हत्यारालाई ती शरण-नगरहरूसम्म जान मदत मिलोस् भनेर बाटोमा सङ्केतपाटीहरू राखिएका हुन्थे। ती शरण-नगरहरूको प्रबन्धले गर्दा कुनै व्यक्तिले अनजानमा मान्छे माऱ्यो भने ऊ भागेर अन्य राष्ट्रमा जानु पर्दैनथ्यो किनकि ती राष्ट्रमा गएको खण्डमा ऊ झूटो उपासनामा फस्न सक्ने खतरा हुन्थ्यो।
५ यसबारे सोच्नुहोस्: जानाजानी कसैको हत्या गर्ने मानिसको लागि सजाय तोक्ने व्यक्ति यहोवा नै हुनुहुन्थ्यो। तर उहाँ अनजानमा अरूको हत्या गर्ने व्यक्तिले दया र सुरक्षा पाओस् भन्ने पनि चाहनुहुन्थ्यो। एक जना बाइबल टिप्पणीकारले यसो भने: “कुनै पनि कुरा बुझ्न गाह्रो र जटिल थिएन। परमेश्वरले मायालु ढङ्गमा सबै कुराको प्रबन्ध मिलाउनुभएको छ।” यहोवा आफ्ना सेवकहरूलाई सजाय दिन तम्तयार निष्ठुर न्यायाधीश हुनुहुन्न। बरु उहाँ “कृपाका धनी” हुनुहुन्छ।—एफि. २:४.
६. फरिसीहरूले मानिसहरूसित गर्ने व्यवहार परमेश्वरले देखाउनुहुने कृपाभन्दा कसरी फरक थियो?
६ अर्कोतर्फ, फरिसीहरू भने अरूलाई कृपा देखाउन चाहँदैनथे। उदाहरणको लागि, उनीहरू मानिसहरूको एउटै गल्तीलाई तीन पटकभन्दा बढी क्षमा दिन चाहँदैनथे भन्ने कुरा यहूदीहरूको चलनबाट देखिन्छ। लूका १८:९-१४.
गल्ती गर्नेहरूलाई उनीहरू कुन नजरले हेर्थे भनेर देखाउन येशूले एक जना फरिसीको दृष्टान्त सुनाउनुभयो। त्यस फरिसीले यसरी प्रार्थना गरे: “हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू मानिसहरूजस्तो लुटाहा, बेइमान अनि चरित्रहीन छैन र यो कर उठाउने मानिसजस्तो पनि छैन।” ती कर उठाउने मानिस भने परमेश्वरको कृपा पाउनको लागि नम्र भई बिन्ती गरिरहेका थिए। फरिसीहरू किन अरूलाई कृपा देखाउन यत्तिको हिचकिचाउँथे? किनभने तिनीहरू अरूलाई “केही मोलको नगन्ने” मानिसहरू थिए भनी बाइबल बताउँछ।—७, ८. (क) कसैले तपाईंविरुद्ध पाप गर्दा तपाईं कसरी यहोवाको अनुकरण गर्न सक्नुहुन्छ? (ख) क्षमा दिनुपर्ने अवस्था आउँदा कसरी हाम्रो नम्रताको जाँच हुन सक्छ?
७ यहोवाको अनुकरण गर्नुहोस्, फरिसीहरूको होइन। अरूलाई दया देखाउनुहोस्। (कलस्सी ३:१३ पढ्नुहोस्) यसो गर्ने एउटा तरिका भनेको तपाईंसित क्षमा माग्न अरूलाई सजिलो बनाइदिएर हो। (लूका १७:३, ४) आफैलाई सोध्नुहोस्: ‘के म पटक-पटक मेरो चित्त दुखाउने व्यक्तिलाई समेत सजिलै क्षमा दिन तयार हुन्छु? मलाई रिस उठाउने वा मेरो चित्त दुखाउने व्यक्तिसित शान्ति कायम गर्न के म उत्सुक छु?’
८ क्षमा दिनुपर्ने अवस्था आउँदा हाम्रो नम्रताको जाँच हुन सक्छ। फरिसीहरू अरूलाई तुच्छ ठान्थे। त्यसैले तिनीहरूले अरूलाई क्षमा दिन सकेनन्। तर हामी साँचो ख्रीष्टियनहरूले विनम्र भएर “अरूलाई आफूभन्दा श्रेष्ठ” ठान्नुपर्छ र अरूलाई क्षमा दिनुपर्छ। (फिलि. २:३) के तपाईं क्षमा दिने सन्दर्भमा नम्र भई यहोवाको अनुकरण गर्दै हुनुहुन्छ? क्षमा दिने “बाटो” खुल्लै राख्नुहोस् अनि त्यसलाई राम्रो अवस्थामा राख्नुहोस्। अरूलाई कृपा देखाउन ढिला नगर्नुहोस् र तुरुन्तै आफ्नो चित्त नदुखाइहाल्नुहोस्।—उप. ७:८, ९.
जीवनको आदर गर्नुहोस् ‘नत्रता रगतको दोष लाग्नेछ’
९. यहोवाले कसरी इस्राएलीहरूलाई जीवनको पवित्रताबारे बुझाउनुभयो?
९ शरण-नगरहरूको प्रबन्ध गर्नुको मुख्य उद्देश्य इस्राएलीहरूलाई रक्तदोषी हुनदेखि जोगाउनु थियो। (व्यव. १९:१०) यहोवा जीवनलाई प्रेम गर्नुहुन्छ र “निर्दोष रगत बगाउने हात”-लाई उहाँ घृणा गर्नुहुन्छ। (हितो. ६:१६, १७) न्यायी र पवित्र परमेश्वर हुनुभएकोले अनजानमा भएको हत्यालाई पनि उहाँ गम्भीर कुरा ठान्नुहुन्छ। हुन त अनजानमा कसैको हत्या गर्ने मानिसलाई कृपा देखाइन्थ्यो। तर पहिला उक्त व्यक्ति आफैले बूढा-प्रधानहरू समक्ष आफ्नो कुरा राख्नुपर्थ्यो। अनि हत्या अनजानमै भएको ठहरिएमा ती व्यक्ति प्रधान पुजारीको मृत्यु नभएसम्म शरण-नगरमै बस्नुपर्थ्यो। यसको मतलब तिनी त्यहाँ जीवनभर बस्नुपर्ने पनि हुन सक्थ्यो। यस्तो गम्भीर नतिजाबारे थाह पाएकोले इस्राएलीहरूले जीवनको पवित्रताबारे राम्रोसँग बुझ्न सके। अरूको ज्यान खतरामा नपार्न आफूले सकेजति सबै गरेर तिनीहरूले आफ्नो जीवनदातालाई आदर गरेको देखाउने थिए।
१०. शास्त्री र फरिसीहरूले जीवनप्रति आदर नगरेको कुरा येशूले कसरी देखाउनुभयो?
१० शास्त्री र फरिसीहरूले यहोवाको अनुकरण गरेनन्; तिनीहरूले जीवनप्रति आदर देखाएनन्। हामी किन त्यसो भन्न सक्छौं? येशूले तिनीहरूलाई यसो भन्नुभयो: “तिमीहरूले ज्ञानको साँचो खोसेर लग्यौ। तिमीहरू आफू पनि भित्र पसेनौ र पस्न खोज्नेहरूलाई पनि रोक्न खोज्यौ।” (लूका ११:५२) तिनीहरूले परमेश्वरको वचनमा भएका कुराहरूको अर्थ खोलिदिनुपर्थ्यो र मानिसहरूलाई अनन्त जीवन पाउने बाटोमा हिंड्न मदत गर्नुपर्थ्यो। तर त्यसो गर्नुको साटो तिनीहरूले मानिसहरूलाई “जीवनको मुख्य माध्यम” येशूको पछि लाग्नदेखि रोके। (प्रेषि. ३:१५) यसरी तिनीहरूले मानिसहरूलाई अनन्त विनाशतर्फ धकेलिरहेका थिए। घमन्डी र स्वार्थी भएकोले ती शास्त्री र फरिसीहरूले जीवनको मोल गरेनन् र अरूको भलो चिताएनन्। कस्तो क्रूर अनि निर्दयी!
११. (क) प्रेषित पावलले जीवनप्रति परमेश्वरको जस्तै दृष्टिकोण राखेको कसरी देखाए? (ख) प्रचारकार्यप्रति पावलको जस्तै दृष्टिकोण राख्न केले मदत गर्छ?
११ शास्त्री र फरिसीहरूजस्तो नभई हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौं? हामीले जीवनको आदर गर्नुपर्छ र यसको मोल गर्नुपर्छ। प्रेषित पावलले सुसमाचारको विस्तृत साक्षी दिएर जीवनप्रति आदर देखाए। त्यसकारण तिनले यसो भन्न सके: “सबै मानिसहरूको रगतबाट म निर्दोष छु।” (प्रेषित २०:२६, २७ पढ्नुहोस्) तर पावलले दोषी महसुस गरेकोले वा कर्तव्यबोधले गर्दा मात्र प्रचार गरेका थिएनन्। तिनी मानिसहरूलाई प्रेम गर्थे अनि उनीहरूको जीवनको मोल गर्थे। (१ कोरि. ९:१९-२३) हामीले पनि जीवनप्रति परमेश्वरको जस्तै दृष्टिकोण राख्न प्रयास गर्नुपर्छ। यहोवा “सबैले पश्चाताप गरून् भन्ने चाहनुहुन्छ।” (२ पत्रु. ३:९) तपाईं नि? अरूप्रति कृपालु हुन कोसिस गर्नुभयो भने प्रचारकार्यमा तपाईं अझ जोसिलो हुन जुरमुरिनुहुनेछ। यसो गर्दा तपाईं अझ आनन्दित हुन सक्नुहुनेछ।
१२. परमेश्वरका जनहरू सुरक्षालाई किन विशेष ध्यान दिन्छन्?
१२ जीवनप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुमा सुरक्षित ढङ्गमा काम गर्नु पनि समावेश छ। सवारी साधन चलाउँदा हामी सधैं होसियार हुनुपर्छ र असुरक्षित ढङ्गमा कहिल्यै काम गर्नु हुँदैन; उपासनास्थलहरूको निर्माणकार्यमा भाग लिंदा, मर्मतसम्भार गर्दा वा उपासनाको लागि यात्रा गर्दा पनि हामीले सुरक्षालाई ध्यान दिनुपर्छ। स्वास्थ्य र सुरक्षालाई भन्दा यस्ता कुराहरूलाई कहिल्यै बढी महत्त्वपूर्ण नठान्नुहोस्: काम छिटो-छिटो गर्ने, पैसा बचाउने वा जसरी भए पनि समयमै सिद्ध्याउने। हाम्रो न्यायी परमेश्वरले सधैं सही र उचित कदम चाल्नुहुन्छ। हामी पनि उहाँजस्तै हुन चाहन्छौं। खासगरि एल्डरहरूले आफ्नो र आफूसँगै काम गरिरहेका व्यक्तिहरूको सुरक्षालाई विशेष ध्यान दिनुपर्छ। (हितो. २२:३) कुनै एल्डरले तपाईंलाई सुरक्षासम्बन्धी नियम र स्तरबारे सम्झाउँदा उहाँको सल्लाह स्विकार्नुहोस्। (गला. ६:१) जीवनप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्। यसो गर्नुभयो भने ‘तपाईंलाई रगतको दोष लाग्ने छैन।’
“यी विधिअनुसार न्याय गर्नुपर्छ”
१३, १४. इस्राएलका बूढा-प्रधानहरूले कसरी यहोवाले जस्तै न्याय गर्न सक्ने थिए?
१३ इस्राएलका बूढा-प्रधानहरूलाई यहोवाले आफ्नो उच्च न्यायस्तर अनुकरण गर्न आज्ञा दिनुभयो। सुरुमा तिनीहरूले घटनाको सत्य-तथ्य पत्ता लगाउनुपर्थ्यो। अनि हत्यारालाई कृपा देखाउने कि नदेखाउने भनेर निर्णय गर्नुअघि तिनीहरूले यस्ता कुराहरू पनि राम्ररी केलाउनुपर्थ्यो: उसले हत्या गर्नुको कारण, उसको मनोवृत्ति र उसले विगतमा गरेका कामहरू। परमेश्वरले जस्तै सही न्याय गर्न तिनीहरूले उक्त हत्याराले “रीसमा” अर्थात् मनमा घृणाको भाव राखेर सुनियोजित ढङ्गमा हत्या गरेको हो कि होइन भनेर पक्का गर्नुपर्थ्यो। (गन्ती ३५:२०-२४, NRV पढ्नुहोस्) त्यस घटनाका साक्षीहरू थिए भने कम्तीमा दुई जना साक्षीले दिएको सबुतको आधारमा मात्र हत्यारालाई सजाय दिन सकिन्थ्यो।—गन्ती ३५:३०.
१४ त्यसैले घटनाको पूरै सत्य-तथ्य पत्ता लगाइसकेपछि बूढा-प्रधानहरूले तिनले गरेको कामलाई मात्र होइन तर तिनी वास्तवमा कस्ता व्यक्ति हुन् भनेर केलाउनुपर्थ्यो। बाहिर जे देख्यो त्यत्ति मात्र नभई त्यस घटनापछाडि लुकेको सम्पूर्ण कुरा बुझ्नको लागि अन्तर्दृष्टि चाहिन्थ्यो। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरूलाई यहोवाको पवित्र शक्ति चाहिन्थ्यो। त्यसले तिनीहरूलाई यहोवाले जस्तै अन्तर्दृष्टि चलाउन, न्याय गर्न र कृपा देखाउन मदत गर्ने थियो।—प्रस्थ. ३४:६, ७.
१५. पापीहरूप्रति येशूको दृष्टिकोण र फरिसीहरूको दृष्टिकोण कसरी फरक थियो?
१५ फरिसीहरू एक जना पापीले के गऱ्यो त्यसमा मात्र ध्यान दिन्थे, ऊ वास्तवमा कस्तो व्यक्ति हो भनेर विचारै गर्दैनथे। येशू मत्तीको घरमा खाना खान बस्नुभएको देखेपछि फरिसीहरूले उहाँका चेलाहरूलाई सोधे: “तिमीहरूका गुरु किन कर उठाउने र पापी मानिसहरूसित बसेर खान्छन्?” येशूले यस्तो जवाफ दिनुभयो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई डाक्टरको खाँचो पर्छ। मत्ती ९:९-१३) के येशू ती पापीहरूको गम्भीर गल्तीलाई हल्का ठान्दै हुनुहुन्थ्यो? त्यसो त पटक्कै होइन। उहाँ पापीहरूले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्थ्यो र यो उहाँले प्रचार गर्नुभएको सन्देशको मुख्य भाग पनि थियो। (मत्ती ४:१७) ती “कर उठाउने र पापी मानिसहरू”-मध्ये कोही-कोही परिवर्तन गर्न इच्छुक थिए भनेर येशूले बुझ्नुभएको थियो। तिनीहरू मत्तीको घरमा खानको लागि मात्र आएका थिएनन्। ‘तिनीहरूमध्ये धेरैजसो येशूको पछि लाग्न थालेका थिए।’ (मर्कू. २:१५) दुःखको कुरा, येशूले ती मानिसहरूमा जे देख्नुभयो, फरिसीहरूले त्यो देख्न सकेनन्। फरिसीहरूले न्यायी र कृपालु परमेश्वरको उपासना गरेको दाबी त गर्थे तर तिनीहरू मानिसहरूलाई तुच्छ र कुनै हालतमा परिवर्तन हुन नसक्ने पापीहरू ठान्थे।
त्यसैले जाओ र यसको अर्थ के हो, सिक: ‘म बलिदान होइन, कृपा चाहन्छु।’ किनकि म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।” (१६. न्यायिक समितिले के पत्ता लगाउने प्रयास गर्नुपर्छ?
१६ आज एल्डरहरूले यहोवाको अनुकरण गर्नुपर्छ, जो “इन्साफ प्रेम” गर्नुहुन्छ। (भज. ३७:२८) सर्वप्रथम, तिनीहरूले साँच्चै गल्ती भएको हो कि होइन भनेर पत्ता लगाउन ‘सोध-खोज गरेर राम्ररी जाँच’ गर्नुपर्छ। यदि गल्ती भएको हो भने, उक्त मामिला धर्मशास्त्रमा दिइएका निर्देशनअनुसार सँभाल्नुपर्छ। (व्यव. १३:१२-१४, NRV) न्यायिक समितिमा सेवा गर्दा एल्डरहरूले गम्भीर पाप गर्ने ख्रीष्टियनले पश्चात्ताप गरेका छन् कि छैनन् भनेर होसियारीसाथ पक्का गर्नुपर्छ। साँच्चै पश्चात्ताप गरेको हो कि होइन भनेर पत्ता लगाउन सधैं सजिलो हुँदैन। यसमा त्यस व्यक्तिको सोचाइ, उसको मनोभाव र मनको अवस्था मुछिएको हुन्छ। (प्रका. ३:३) कृपा पाउने हो भने पाप गर्ने व्यक्तिले पश्चात्ताप गरेको हुनै पर्छ। *
१७, १८. मनैदेखि पश्चात्ताप गरेको हो कि होइन भनेर एल्डरहरूले कसरी थाह पाउन सक्छन्? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)
१७ यहोवा र येशूले मानिसको हृदय पढ्न सक्नुहुन्छ तर एल्डरहरूले भने सक्दैनन्। तपाईं एल्डर हुनुहुन्छ भने कसैले मनैदेखि पश्चात्ताप गरेको हो कि होइन भनेर कसरी थाह पाउन सक्नुहुन्छ? पहिलो, बुद्धि र समझशक्तिको लागि प्रार्थना गर्नुहोस्। (१ राजा ३:९) दोस्रो, “संसारको तरिकाअनुसार दुःखी” भएको हो कि “परमेश्वरको इच्छाअनुसार दुःखी भएको” हो, त्यो छुट्ट्याउनुपर्छ। त्यसैले साँचो पश्चात्ताप गरेको हो कि होइन भनेर बुझ्न परमेश्वरको वचन र विश्वासी दासले तयार पारेका प्रकाशनहरू अनुसन्धान गर्नुहोस्। (२ कोरि. ७:१०, ११) बाइबलले पश्चात्ताप गरेका र नगरेका मानिसहरूबारे के बताउँछ, केलाउनुहोस्। त्यस्ता व्यक्तिहरूको भावना, मनोवृत्ति र आचरणबारे बाइबलले के बताउँछ, हेर्नुहोस्।
१८ तेस्रो, त्यस व्यक्तिलाई राम्ररी बुझ्ने प्रयास गर्नुहोस्। उसको पृष्ठ भूमि, मनसाय र सीमिततालाई ध्यानमा राख्नुहोस्। ख्रीष्टियन मण्डलीको शिर येशूबारे बाइबलमा यस्तो भविष्यवाणी गरिएको थियो: “आँखाले देखेर उहाँले इन्साफ गर्नुहुनेछैन, र कानले सुनेर मात्र निर्णय गर्नुहुनेछैन। तर खाँचोमा परेकाहरूको न्याय उहाँले धार्मिकतासित गर्नुहुनेछ, र पृथ्वीका गरीबहरूका लागि उहाँले न्यायसित फैसला गरिदिनुहुनेछ।” (यशै. ११:३, ४, NRV) तपाईं एल्डरहरू येशूका उप-गोठाला हुनुहुन्छ अनि उहाँले जसरी नै न्याय गर्न तपाईंलाई मदत दिनुहुनेछ। (मत्ती १८:१८-२०) यस्ता मायालु गोठालाहरू पाएकोमा के हामी कृतज्ञ छैनौं र? एल्डरहरूले मण्डलीका सदस्यहरूसित कृपा र न्यायसाथ व्यवहार गर्न अथक प्रयास गरेको देख्दा हामी साँच्चै त्यसको मोल गर्छौं।
१९. शरण-नगरहरूको प्रबन्धबाट सिक्न सक्ने कस्तो पाठ तपाईं आफ्नो जीवनमा लागू गर्न चाहनुहुन्छ?
१९ मोशाको व्यवस्थामा यहोवा र उहाँको उत्कृष्ट सिद्धान्तबारे “ज्ञान र सत्यको ढाँचा” पाउँछौं। (रोमी २:२०) उदाहरणको लागि, शरण-नगरको प्रबन्धबाट एल्डरहरूले “साँचो न्याय” कसरी गर्ने भनेर सिक्न सक्छन्। साथै हामी प्रत्येकले पनि कसरी “आफ्नो भाइप्रति कृपा र दयाको व्यवहार” गर्ने भनेर सिक्न सिक्छौं। (जक. ७:९) हामी अहिले व्यवस्थाको अधीनमा त छैनौं। तर यहोवा परिवर्तन हुनुभएको छैन। उहाँ न्याय र कृपालाई अहिले पनि महत्त्वपूर्ण ठान्नुहुन्छ। यस्ता गुणहरूले भरिपूर्ण परमेश्वरको उपासना गर्न पाउनु हाम्रो लागि ठूलो सुअवसर हो। हामी उहाँकै स्वरूपमा सृष्टि गरिएकोले उहाँका ती सुन्दर गुणहरूको अनुकरण गरौं र उहाँमा शरण लेऔं!
^ अनु. 16 सेप्टेम्बर १५, २००६ को प्रहरीधरहरा-को (अङ्ग्रेजी) पृष्ठ ३० मा भएको “पाठकहरूको प्रश्न” हेर्नुहोस्।