एउटा मीठो मुस्कानले गर्दा!
दुई जना युवती फिलिपिन्सको बागियो सहरको एउटा बजारमा हिँडिरहेका थिए। तिनीहरूले सार्वजनिक साक्षीकार्यको ट्रली देखे तर ट्रलीनजिक भने गएनन्। ट्रलीछेउमा बसिरहेकी हाम्री बहिनी हेलेनले तिनीहरूलाई मीठो मुस्कान दिइन्। ती युवतीहरू सरासर आफ्नो बाटो लागे तर हेलेनको न्यानो मुस्कानले तिनीहरूको मनमा गहिरो छाप पाऱ्यो।
पछि ती युवतीहरू बस चढेर घर फर्कँदै गर्दा तिनीहरूले हाम्रो सभाभवनमा jw.org लेखिएको ठूलो साइनबोर्ड देखे। तिनीहरूले केही बेरअघि ट्रलीमा पनि त्यही अक्षरहरू देखेको सम्झे। तिनीहरू बसबाट ओर्ले अनि सभाभवनको गेटमा विभिन्न मण्डलीहरूको सभा हुने समयको तालिका हेरे।
त्यसपछि तिनीहरू हाम्रो सभामा आए। सभाभवनमा छिर्दा तिनीहरूले त्यहाँ कसलाई देखे? हेलेनलाई! तिनीहरूले उनलाई देख्नेबित्तिकै चिनिहाले किनकि तिनीहरूले हेलेनको न्यानो मुस्कान बिर्सेका थिएनन्। हेलेन भन्छिन्: “तिनीहरू म भएतिर आउँदै गर्दा मलाई कता-कता डर लाग्यो। मैले कुनै गल्ती गरेकोले तिनीहरू मलाई खोज्दै आएका हुन् कि जस्तो लाग्यो।” तर ती युवतीहरूले हेलेनलाई सबै कुरा बताए।
तिनीहरूलाई हाम्रो सभा र भाइबहिनीसितको सङ्गति रमाइलो लाग्यो। तिनीहरूले आफ्नै घरमा भएको जस्तो महसुस गरे। सभापछि अरूले सभाभवन सरसफाइ गरिरहेको देख्दा तिनीहरू पनि मदत गर्न अग्रसर भए। तीमध्ये एक युवती अहिले फिलिपिन्समा बस्दिनन्। तर अर्की युवती भने सभामा आउन थालिन् र अध्ययन पनि सुरु गरिन्। यी सब केले गर्दा भयो? एउटा मीठो मुस्कानले गर्दा!