बप्तिस्मा—ख्रीष्टियनहरूले चाल्नै पर्ने कदम
“बप्तिस्माले . . . अहिले तिमीहरूलाई पनि बचाउँदैछ।”—१ पत्रु. ३:२१.
१, २. (क) छोरा वा छोरीले बप्तिस्मा गर्ने इच्छा व्यक्त गर्दा केही ख्रीष्टियन आमाबुबालाई कस्तो लाग्छ? (ख) बप्तिस्मा गर्न लागेका व्यक्तिहरूलाई उनीहरूले यहोवालाई आफ्नो जीवन समर्पण गरिसकेका छन् कि छैनन् भनेर किन सोधिन्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)
नौ वर्षकी मारिया बप्तिस्मा गर्न तयार छिन्। तिनी बप्तिस्मा गर्न लागेका अरू व्यक्तिहरूसितै उभिरहेको तिनका आमाबुबाले हेरिरहेका छन्। वक्ताले दुइटा प्रश्न सोध्दा तिनी ठूलो अनि स्पष्ट आवाजमा जवाफ दिन्छिन्। त्यसको केही बेरपछि तिनी बप्तिस्मा गर्छिन्।
२ आफ्नी छोरीले तनमनले यहोवाको सेवा गर्न उहाँलाई जीवन समर्पण गरेको र बप्तिस्मा गरेको देख्दा मारियाका आमाबुबा असाध्यै खुसी थिए। तर छोरीले बप्तिस्मा गर्ने निर्णय गर्दा मारियाकी आमाको मनमा यस्ता प्रश्नहरू उब्जिएका थिए: ‘यति सानै उमेरमा बप्तिस्मा गर्नु ठीक होला र? बप्तिस्मा गर्नु गम्भीर कुरा हो भनेर मेरी छोरीले साँच्चै बुझेकी छे त? अझै केही समय पर्खेको भए हुन्थ्यो कि?’ छोराछोरीले बप्तिस्मा गर्ने इच्छा व्यक्त गर्दा थुप्रै मायालु आमाबुबाको मनमा यस्तै प्रश्न खेल्ने गर्छ। (उप. ५:५) हुन पनि समर्पण र बप्तिस्मा ख्रीष्टियनहरूले चाल्ने असाध्यै महत्त्वपूर्ण कदम हुन्।—“ के तपाईँले यहोवालाई आफ्नो जीवन समर्पण गरिसक्नुभयो?” भन्ने पेटी हेर्नुहोस्।
३, ४. (क) बप्तिस्मा गर्नुको महत्त्वलाई प्रेषित पत्रुसले कसरी प्रस्ट पारे? (ख) बप्तिस्मा गर्नुलाई किन नूहले जहाज बनाएको कुरासित तुलना गर्न सकिन्छ?
१ पत्रुस ३:२०, २१ पढ्नुहोस्) नूह यहोवाको इच्छाअनुसार चल्न कटिबद्ध थिए। त्यसैले परमेश्वरले आज्ञा गर्नुभएबमोजिम तिनले जहाज निर्माण गरे। यहोवाले दिनुभएको जिम्मेवारी नूहले वफादार भई पूरा गरे। हो, तिनले आफ्नो विश्वास कामबाट देखाए अनि तिनले चालेको त्यस कदमले तिनी र तिनको परिवारको ज्यान जोगायो। पत्रुसले यो उदाहरण चलाउनुको कारण के थियो?
३ प्रेषित पत्रुसले बप्तिस्मा गर्नुलाई नूहले जहाज बनाएको कुरासित तुलना गरे। तिनले यसो भने: “यस घटनाले जुन कुरालाई सङ्केत गर्छ, अर्थात् बप्तिस्माले . . . अहिले तिमीहरूलाई पनि बचाउँदैछ।” (४ नूहले बनाएको जहाजले तिनको विश्वासको प्रमाण दियो। त्यसरी नै मानिसहरूसमक्ष बप्तिस्मा गर्दा एउटा कुरा प्रमाणित हुन्छ। के कुरा? बप्तिस्मा गर्ने व्यक्तिले पुनर्जीवित हुनुभएका येशू ख्रीष्टमाथिको विश्वासको आधारमा यहोवालाई आफ्नो जीवन समर्पण गरिसकेका छन् भन्ने कुरा। बप्तिस्मा गर्ने व्यक्तिहरू यहोवाले दिनुभएका कामहरू नूहजस्तै आज्ञाकारी भई पूरा गर्छन्। नूह जलप्रलयबाट बचेजस्तै बप्तिस्मा गरेका विश्वासी व्यक्तिहरू पनि यस दुष्ट संसार विनाश हुँदा बचाइनेछन्। (मर्कू. १३:१०; प्रका. ७:९, १०) त्यसैले समर्पण र बप्तिस्मा निकै महत्त्वपूर्ण छ। बप्तिस्मा गर्न आलेटाले गर्नेहरूले अनन्त जीवन पाउने मौका गुमाउन पनि सक्छन्।
५. हामी यस लेखमा के छलफल गर्नेछौँ?
५ बप्तिस्मा गर्नु गम्भीर कुरा हो भनेर हामीले बुझ्यौँ। त्यसोभए आउनुहोस्, हामी यी तीन प्रश्नबारे छलफल गरौँ: बाइबलले बप्तिस्माबारे के भन्छ? बप्तिस्मा गर्ने व्यक्तिले पहिला कस्तो कदम चालिसकेको हुनुपर्छ? छोराछोरी वा बाइबल विद्यार्थीलाई सिकाउँदा बप्तिस्मा गर्नुको महत्त्वलाई हामीले किन कहिल्यै बिर्सन हुँदैन?
बप्तिस्माबारे बाइबल के भन्छ?
६, ७. (क) मानिसहरू यूहन्नाकहाँ बप्तिस्मा गराउन आउनुको कारण के थियो? (ख) यूहन्नाले कस्तो किसिमको बप्तिस्मा गराउने विशेष सुअवसर पाए?
६ बप्तिस्माबारे बाइबलमा पहिलो पटक उल्लेख गरिएको विवरण बप्तिस्मा गराउने यूहन्नासित सम्बन्धित छ। (मत्ती ३:१-६) मोशाको व्यवस्थाविरुद्ध गरेका पापको प्रायश्चित गर्न मानिसहरू यूहन्नाकहाँ बप्तिस्मा गर्न आउँथे। तर यूहन्नाले गराएको सबैभन्दा महत्त्वपूर्ण बप्तिस्माको भने पापको प्रायश्चितसित कुनै सम्बन्ध थिएन। यूहन्नाले येशूलाई बप्तिस्मा गराउने विशेष सुअवसर पाएका थिए, जो परमेश्वरको त्रुटिरहित छोरा हुनुहुन्थ्यो। (मत्ती ३:१३-१७) येशूले कुनै पाप गर्नुभएको थिएन, त्यसैले उहाँले प्रायश्चित गर्नुपर्ने खाँचो थिएन। (१ पत्रु. २:२२) त्यसोभए उहाँले किन बप्तिस्मा गर्नुभयो त? यहोवाको इच्छाअनुसार चल्न आफूलाई अर्पण गरेको देखाउन।—हिब्रू १०:७.
७ येशूले पृथ्वीमा प्रचार गर्नुहुँदा उहाँका चेलाहरूले पनि मानिसहरूलाई बप्तिस्मा गराउँथे। (यूह. ३:२२; ४:१, २) ती मानिसहरू पनि मोशाको व्यवस्थाविरुद्ध गरेका पापहरूको प्रायश्चित गर्न येशूका चेलाहरूकहाँ बप्तिस्मा गर्न आउँथे। तर येशूको मृत्यु अनि पुनर्जीवनपछि भने बप्तिस्माले उहाँका चेलाहरूको लागि फरक अर्थ राख्ने थियो।
८. (क) पुनर्जीवित हुनुभएका येशूले कस्तो आज्ञा दिनुभयो? (ख) ख्रीष्टियनहरूले बप्तिस्मा गर्नुको अर्थ के हो?
८ पुनर्जीवित हुनुभएका येशू इस्वी संवत् ३३ मा ५०० भन्दा धेरै मानिसहरूकहाँ देखा पर्नुभयो। त्यस भीडमा पुरुष, महिला अनि सम्भवतः केटाकेटीहरू पनि थिए। त्यही बेला येशूले यी शब्दहरू भन्नुभएको हुन सक्छ: “त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ, तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्तिको नाममा बप्तिस्मा गराओ, मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।” (मत्ती २८:१९, २०; १ कोरि. १५:६) येशूले “चेला बनाओ” भनेर आज्ञा दिनुहुँदा त्यहाँ उहाँको पछि लागेका सयौँ मानिसहरू उपस्थित भएको हुनुपर्छ। उहाँको चेला बन्न चाहने सबैले बप्तिस्मा गर्नै पर्छ भनेर उहाँले त्यति बेला स्पष्ट पार्नुभयो। (मत्ती ११:२९, ३०) परमेश्वरलाई स्वीकार्य उपासना चढाउन चाहने व्यक्तिले परमेश्वरको उद्देश्य पूर्तिमा येशूको भूमिकाबारे बुझ्नुपर्थ्यो र त्यसलाई स्विकार्नुपर्थ्यो। त्यसपछि ती व्यक्तिले बप्तिस्मा गर्न सक्थे। पानीद्वारा गरिएको यस्तो बप्तिस्मालाई मात्र परमेश्वर स्विकार्नुहुन्छ। प्रथम शताब्दीमा येशूका नयाँ चेलाहरूले बप्तिस्माको अर्थ राम्ररी बुझेका थिए भनेर देखाउने थुप्रै विवरण हामी बाइबलमा पाउँछौँ। अनि तिनीहरूले बप्तिस्मा गर्न आलेटाले गरेनन्।—प्रेषि. २:४१; ९:१८; १६:१४, १५, ३२, ३३.
आलेटाले नगर्नुहोस्
९, १०. इथियोपियाली नपुंसक र प्रेषित पावलबाट हामी बप्तिस्माबारे के सिक्न सक्छौँ?
९ प्रेषित ८:३५, ३६ पढ्नुहोस्। यहूदी धर्म स्विकारेका एक जना इथियोपियाली नपुंसक यरूशलेममा उपासना गरेर आफ्नो घर फर्किरहेका थिए। यहोवाको स्वर्गदूतले फिलिपलाई ती नपुंसकसित कुरा गर्न पठाए र फिलिपले “येशूको सुसमाचार तिनलाई सुनाए।” त्यसपछि ती नपुंसकले के गरे? आफूले सिकेको सत्यप्रति तिनी मनैदेखि कृतज्ञ छन् भन्ने कुरा तिनले चालेको कदमले देखायो। तिनी यहोवाको स्तरअनुसार चल्न चाहन्थे। त्यसैले तिनले कुनै आलेटाले नगरी बप्तिस्मा गरिहाले।
१० अर्को उदाहरण विचार गरौँ। एक जना यहूदी पुरुष ख्रीष्टियनहरूको निकै खेदो गर्थे। तिनी यहोवामा समर्पित इस्राएल राष्ट्रमा जन्मेका थिए। तर उनीहरूले यहोवासितको विशेष सम्बन्ध गुमाएका थिए। ती व्यक्ति यहूदी परम्पराअनुसार चल्न निकै जोस देखाउँथे तर तिनले पछि त्योभन्दा पनि उत्तम मार्गबारे थाह पाए। तिनले पुनर्जीवित भएर महिमित हुनुभएका येशू ख्रीष्टबाटै साक्षी पाए। प्रेषि. ९:१७, १८; गला. १:१४) ती व्यक्ति पछि गएर प्रेषित पावलको नामले चिनिए। याद गर्नुहोस्, तिनले परमेश्वरको उद्देश्य पूर्तिमा येशूको भूमिकाबारे बुझेपछि तुरुन्तै कदम चाले। तिनले कुनै आलेटाले नगरी बप्तिस्मा गरिहाले।—प्रेषित २२:१२-१६ पढ्नुहोस्।
त्यसपछि तिनले के गरे? तिनले हननिया नाम गरेका ख्रीष्टियनको मदत स्विकारे। तिनीबारे बाइबल यसो भन्छ: “त्यसपछि तिनी उठे अनि बप्तिस्मा गरे।” (११. (क) आज बाइबल विद्यार्थीहरूलाई बप्तिस्मा गर्न केले उत्प्रेरित गर्छ? (ख) यहोवामा जीवन समर्पण गरेकाहरूले बप्तिस्मा गरेको देख्दा हामीलाई कस्तो लाग्छ?
११ अहिलेका बाइबल विद्यार्थीहरूलाई पनि त्यही कुरा लागू हुन्छ, चाहे तिनीहरू केटाकेटी होऊन् या ठूलो उमेरका। बाइबल सत्यमा विश्वास गर्ने र त्यसप्रति मनैदेखि कृतज्ञ हुने व्यक्तिहरू यहोवालाई आफ्नो जीवन समर्पण गर्न र बप्तिस्मा गर्न उत्प्रेरित हुन्छन्। हरेक सम्मेलन अनि अधिवेशनको एउटा विशेष पक्ष भनेको बप्तिस्मा गर्न लागेकाहरूको लागि दिइने भाषण हो। बाइबल विद्यार्थीले सत्य स्विकारेको अनि बप्तिस्मा गर्ने निर्णय गरेको देख्दा यहोवाका साक्षीहरू रमाउँछन्। आफ्ना छोराछोरीले बप्तिस्मा गर्न लागेको देख्दा ख्रीष्टियन आमाबुबा पक्कै खुसी हुन्छन् नि, होइन र? सन् २०१७ सेवा वर्षमा, “उचित मनसाय” भएका २,८४,००० भन्दा धेरैले यहोवामा आफ्नो जीवन समर्पण गरेको कुरा बप्तिस्माद्वारा देखाए। (प्रेषि. १३:४८) बप्तिस्मा भनेको ख्रीष्टियनहरूले चाल्नै पर्ने कदम हो भनेर ती नयाँ चेलाहरूले पक्कै बुझेका थिए। तर बप्तिस्मा गर्नुअघि तिनीहरूले के-के गर्नुपऱ्यो?
१२. बप्तिस्मा गर्नुअघि बाइबल विद्यार्थीले कस्ता कदम चाल्नुपर्छ?
१२ बप्तिस्मा गर्नुअघि बाइबल विद्यार्थीले परमेश्वर, उहाँको उद्देश्य अनि मानिसजातिको उद्धारको लागि उहाँले गर्नुभएको प्रबन्धबारे सत्य कुरा थाह पाउनुपर्छ र त्यसमा विश्वास गर्नुपर्छ। (१ तिमो. २:३-६) यस्तो विश्वासले तिनलाई परमेश्वरले मन नपराउनुहुने आनीबानी त्याग्न अनि उहाँको सही स्तरअनुसार जीवन बिताउन उत्प्रेरित गर्छ। (प्रेषि. ३:१९) परमेश्वरको राज्यमा पस्नदेखि वञ्चित गर्ने आनीबानी नत्याग्ने व्यक्तिले गरेको समर्पण उहाँ स्विकार्नुहुन्न। (१ कोरि. ६:९, १०) तर यहोवाको उच्च नैतिक स्तरअनुसार चल्नु मात्र पर्याप्त छैन। उहाँको स्तरअनुसार चल्ने व्यक्ति सभाहरूमा नियमित उपस्थित हुनुपर्छ अनि मानिसहरूको जीवन बचाउने प्रचारकार्य र चेला बनाउने काममा सक्रिय भएर भाग लिनुपर्छ। यो काम आफ्ना साँचो चेलाहरूले गर्नेछन् भनेर येशूले बताउनुभयो। (प्रेषि. १:८) यी कदम चालेका छन् भने मात्र नयाँ व्यक्तिले यहोवालाई व्यक्तिगत प्रार्थनामा आफ्नो जीवन समर्पण गर्न सक्छन् अनि जनसमक्ष बप्तिस्मा गरेर आफ्नो समर्पण जाहेर गर्न सक्छन्।
बाइबल विद्यार्थीहरूको लागि लक्ष्य
१३. बप्तिस्मा भनेको ख्रीष्टियनहरूले चाल्नै पर्ने कदम हो भन्ने कुरा बाइबल अध्ययन गराउनेहरूले किन सधैँ मनमा राख्नुपर्छ?
१३ आफ्ना छोराछोरी अनि बाइबल विद्यार्थीहरूलाई उनीहरूले चाल्नुपर्ने आवश्यक कदमहरूबारे सिकाउँदा हामीले एउटा कुरा सधैँ मनमा राख्नुपर्छ, येशूको साँचो चेला बन्न चाहनेहरूले बप्तिस्मा गर्नै पर्छ। यो कुरा मनमा राखेका छौँ भने हामी उनीहरूसित बप्तिस्माको महत्त्वबारे अझ प्रभावकारी ढङ्गमा कुरा गर्न सक्नेछौँ। साथै समर्पण र बप्तिस्माको अर्थबारे उपयुक्त समयहरूमा उनीहरूसित कुरा गर्न हिचकिचाउनेछैनौँ। हो, हामी आफ्ना छोराछोरीले अनि बाइबल विद्यार्थीहरूले बप्तिस्मा गर्ने निर्णय गरेको हेर्न चाहन्छौँ!
१४. हामी किन कसैलाई पनि बप्तिस्मा गर्न दबाब दिँदैनौँ?
१४ बप्तिस्मा गर्न छोराछोरी वा बाइबल विद्यार्थीलाई कसैले दबाब दिनु हुँदैन, न आमाबुबाले, न अध्ययन गराउने व्यक्तिले न त मण्डलीका अरू कुनै सदस्यले। त्यसरी दबाब दिएको यहोवा चाहनुहुन्न। (१ यूह. ४:८) बरु उनीहरूलाई बाइबलको कुरा सिकाउँदा यहोवासितको व्यक्तिगत सम्बन्ध बलियो बनाउन जोड दिनुपर्छ। सत्यप्रति मनैदेखि कृतज्ञ भएपछि अनि ख्रीष्टको चेलाले बहन गर्नुपर्ने जिम्मेवारी स्विकार्न तयार भएपछि बप्तिस्मा गर्न उनीहरू आफै उत्प्रेरित हुनेछन्।—२ कोरि. ५:१४, १५.
१५, १६. (क) बप्तिस्माको लागि के कुनै निश्चित उमेर तोकिएको छ? व्याख्या गर्नुहोस्। (ख) पहिला अर्कै धर्म मान्दा बप्तिस्मा गरिसकेको भए तापनि बाइबल विद्यार्थीहरूले किन फेरि यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्नुपर्छ?
१५ बप्तिस्मा गर्न कुनै निश्चित उमेर तोकिएको छैन। सबै बाइबल विद्यार्थी एकैनासका हुँदैनन् अनि सबै जना एउटै समयमा परिपक्व हुन्छन् भन्ने पनि छैन। धेरैले सानै उमेरमा बप्तिस्मा गर्छन् अनि यहोवाप्रति पछिसम्मै वफादार भइरहन्छन्। अरू कतिपयले भने उमेर निकै चढिसकेपछि बाइबलको कुरा सिक्छन् र बप्तिस्मा गर्नुको महत्त्वबारे बुझ्छन्। कोही-कोहीले त १०० वर्ष नाघिसकेपछि पनि बप्तिस्मा गरेका छन्।
१६ एक जना पाको उमेरकी बाइबल विद्यार्थीले अध्ययन गराउने बहिनीलाई ‘फेरि बप्तिस्मा गर्नुपर्छ र’ भनेर सोधिन्। किनभने तिनले अर्कै धर्म मान्दा निकै वर्षअघि बप्तिस्मा गरिसकेकी थिइन्। त्यसपछि तिनलाई अध्ययन गराउने बहिनीले यो प्रश्नको जवाफ दिने केही शास्त्रपदहरू देखाइन्। तब तिनले बप्तिस्मा गर्नु आवश्यक रहेछ भनेर स्पष्टसित बुझिन्। त्यतिबेला ८० वर्ष पुग्न लागिसकेको भए तापनि तिनले बप्तिस्मा गरिन्। हो, यहोवाको इच्छाबारे सही ज्ञान हासिल गरेर बप्तिस्मा गरेका छौँ भने मात्र उहाँ त्यसलाई स्विकार्नुहुन्छ। त्यसैले पहिला अर्कै धर्म मान्दा बप्तिस्मा गरिसकेको भए तापनि बाइबल विद्यार्थीहरूले फेरि बप्तिस्मा गर्नुपर्छ।—प्रेषित १९:३-५ पढ्नुहोस्।
१७. आफूले बप्तिस्मा गर्ने दिन कुन कुराबारे गहिरिएर सोच्नुपर्छ?
१७ बप्तिस्माको दिन सबैको लागि साँच्चै हर्षको समय हो। साथै आफ्नो समर्पण र बप्तिस्माबारे गहिरिएर सोच्नुपर्ने समय पनि हो। आफ्नो समर्पणअनुसारै जिउनु भनेको सजिलो कुरा होइन, त्यसको लागि कडा मेहनत गर्नुपर्छ। त्यसैले चेला बन्ने कुरालाई येशूले जुवा बोक्नुसित तुलना गर्नुभयो। उहाँका चेलाहरू “आफ्नो लागि होइन तर उहाँकै लागि” बाँच्नुपर्छ, “जो तिनीहरूका लागि मर्नुभयो र ब्यूँताइनुभयो।”—२ कोरि. ५:१५; मत्ती १६:२४.
१८. हामी अर्को लेखमा कस्ता प्रश्नबारे छलफल गर्नेछौँ?
१८ बप्तिस्मा गर्नु भनेको गम्भीर निर्णय हो। त्यसैले यस लेखमा सुरुमा उल्लेख गरिएकी मारियाकी आमाको मनमा केही प्रश्न उब्जिएका थिए। तपाईँ आमाबुबा हुनुहुन्छ भने आफैलाई यस्ता प्रश्न पक्कै सोध्नुभएको होला: ‘के मेरो छोरा वा छोरी बप्तिस्मा गर्न साँच्चै तयार भइसक्यो? यहोवालाई जीवन समर्पण गर्न के उसले पर्याप्त ज्ञान हासिल गरिसक्यो? उसले राम्रो शिक्षा हासिल गरेर करिअर बनाइसकेपछि मात्र बप्तिस्मा गर्नु ठीक हो कि? उसले बप्तिस्मा त गऱ्यो तर पछि गम्भीर पाप गऱ्यो भने के गर्ने?’ यी विषयबारे हामी अर्को लेखमा छलफल गर्नेछौँ। अनि बप्तिस्माप्रति आमाबुबाले कसरी सन्तुलित दृष्टिकोण राख्न सक्छन् भन्नेबारे सिक्नेछौँ।