वैज्ञानिकहरूले कुन कुरा बताउन सकेका छैनन्?
वैज्ञानिकहरूले ब्रह्माण्डको विभिन्न पक्षबारे अध्ययन गरिसकेका छन् जस्तो देखिन्छ। तैपनि तिनीहरूले थुप्रै महत्त्वपूर्ण प्रश्नहरूको जवाफ दिन सकेका छैनन्।
के विज्ञानले ब्रह्माण्ड र जीवनको सुरुवात कसरी भयो भनेर बताउन सकेको छ? छैन। कसै-कसैको भनाइअनुसार विज्ञानको एउटा शाखा ब्रह्माण्डविज्ञानले ब्रह्माण्डको सुरुवात कसरी भयो भनेर बताउन सक्छ। तर डार्टमथ कलेजका खगोलविद्याका प्राध्यापक मार्सेलो ग्लिसर, जो अज्ञेयवादमा विश्वास गर्छन्, तिनले यसो भने: “वास्तवमा भन्ने हो भने हामीले ब्रह्माण्डको सुरुवातबारे केही पनि बताउनै सकेका छैनौँ।”
जीवनको सुरुवातबारे साइन्स न्युज पत्रिकाको एउटा लेखमा यसो भनिएको थियो: “पृथ्वीमा जीवनको सुरुवात कसरी भयो भन्ने कुरा ठ्याक्कै बताउन असम्भव छ किनभने पृथ्वी बनिँदाको सुरु-सुरुतिरका चट्टानहरू अनि जीवावशेषहरू सबै हराइसकेका छन्।” यी कुराहरूबाट के प्रस्ट हुन्छ भने विज्ञानले ‘ब्रह्माण्ड र जीवनको सुरुवात कसरी भयो?’ भन्ने प्रश्नको जवाफ दिन सकेको छैन।
तर तपाईँलाई लाग्न सक्छ: ‘यदि पृथ्वीमा जीवन कसैले सृष्टि गरेको हो भने सृष्टिकर्ता को हो त?’ तपाईँको मनमा यस्ता प्रश्नहरू पनि उठ्न सक्छन्: ‘बुद्धिमान् र मायालु सृष्टिकर्ता हुनुहुन्छ भने उहाँले किन मानिसहरूलाई दुःखकष्ट भोग्न दिइरहनुभएको होला? आज संसारमा किन यत्ति धेरै धर्म छन्? उहाँको उपासना गर्ने दाबी गर्नेहरूले खराब काम गर्दा पनि उहाँले किन सहिरहनुभएको होला?’
विज्ञानले यस्ता प्रश्नहरूको जवाफ दिन सक्दैन। तर यसको मतलब यस्ता प्रश्नहरूको चित्तबुझ्दो जवाफहरू पाउनै सकिँदैन भन्ने त होइन। थुप्रै मानिसहरूले बाइबलबाट यस्ता प्रश्नहरूको चित्तबुझ्दो जवाफहरू भेट्टाएका छन्।
केही वैज्ञानिकहरूले बाइबल अध्ययन गरेपछि सृष्टिकर्तामा विश्वास गर्न सकेका छन्। त्यसबारे बुझ्न jw.org/ne मा “जीवनको सुरुवातसम्बन्धी धारणा” खोज्नुहोस्।