सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुई नदीको कथा

दुई नदीको कथा

दुई नदीको कथा

भारतका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

भारतीय उपमहाद्वीपको दुई प्रमुख नदीबाट करोडौं मानिसहरूको जीविका चलिरहेको छ। विश्‍वको सर्वोच्च हिमश्रृंखला नजिकैको हिमनदी इलाकाबाट सुरु हुने यी विशाल नदीहरू मुख्यतया दुई देश भएर बग्छ। यसको लम्बाइ २,४०० किलोमिटरभन्दा लामो छ। यी दुई नदी भिन्‍नाभिन्‍नै समुद्रमा मिल्न जान्छन्‌। अनि यी दुइटै नदी पुरातन सभ्यताको जन्मथलो हुन्‌। यी दुवैबाट विश्‍वको प्रमुख धर्म पनि सुरु भयो। यी दुवैले दिएको उपहारको मानिसहरूले मूल्यांकन गर्छन्‌ र एउटाको त आजसम्म पनि उपासना गरिन्छ। तिनीहरूको नाउँ के हो? सिन्धु र गंगा।

मानिसजातिलाई बाँच्न र फस्टाउन पानी चाहिने भएकोले प्राचीन सभ्यताहरू नदी छेउछाउ नै विकास भए। नदीलाई कहिलेकाहीं देवदेवीहरूको प्रतिरूपको रूपमा लिइने भएकोले प्राचीन रेकर्डहरू मिथ्याले भरिएको हुनसक्छ। सिन्धु र गंगाको इतिहासबारे पनि त्यस्तै भन्‍न सकिन्छ। गंगा नदीलाई भारतमा गंगा माँ पनि भनिन्छ।

हिन्दू र बौद्ध धर्मावलम्बीहरू दुवैको निम्ति ६,७१४ मिटर अग्लो कैलास पर्वत र नजिकैको मनासाभोर ताल देवहरूको बासस्थान हो। लामो समयसम्म चारवटा मुख्य नदीहरू पशुहरूको मुखबाट बग्छ भन्‍ने धारणा राखिन्थ्यो। सिंह नदी, सिन्धु थियो भने मुजुर नदीचाहिं गंगा थियो।

तिब्बतीहरूले विदेशी अन्वेशकहरूलाई देशभित्र छिर्न दिंदैनथे। तथापि, सन्‌ १८११ मा इस्ट इन्डिया कम्पनीका कर्मचारी अंग्रेज पशु शल्यचिकित्सक विभिन्‍न भेष बदलेर त्यहाँ गए। तिनले मनासाभोरबाट कुनै पनि नदी सुरु भएको छैन तर केही खोल्साहरू चाहिं तालमा गएर मिलेका छन्‌ भनेर रिपोर्ट गरे। सिन्धु र गंगाको मूल २० औं शताब्दीको सुरुतिर मात्र फेला पारिएको हो। सिन्धुको मूल, हिमश्रृंखलाको उत्तरतिर तिब्बतमा पर्छ भने गंगा उत्तरी भारतमा हिउँका गुफाहरू हिमाली भीरहरूबाट सुरु हुन्छ।

पुरातन सभ्यता सुरु भएको ठाउँ

भनिन्छ, भारतीय उपमहाद्वीपका सुरु सुरुका बासिन्दाहरू पूर्वतिर सिन्धु घाटीमा बसाइँ सर्न थाले। पुरातत्त्वविद्‌हरूले हरप्पा र महेनजोदारो जस्ता ठाउँहरूमा प्रगतिशील सभ्यताका अवशेषहरू फेला परेका थिए। बीसौं शताब्दीको सुरुका दशकमा यी अवशेषहरू फेला पारेपछि भारतका प्रथम बासिन्दाहरू पुरातन घुमन्ते जातिहरू थिए भन्‍ने विचारधारामा परिवर्तन आयो। चार हजार वर्षअघि सिन्धु सभ्यता मेसोपोटामिया सभ्यता जत्तिकै र सायद, अझ श्रेष्ठ थियो। व्यवस्थित सडक, अग्ला भवन, अपार्टमेन्ट घर, उत्कृष्ट ढलनिकास व्यवस्था, विशाल अन्‍न भण्डार, मन्दिर र स्नानघरहरू सबैले प्रगतिशील शहरिया सभ्यतालाई औंल्याउँछ। मेसोपोटामिया र मध्यपूर्वसित व्यापारिक सम्बन्ध भएको प्रमाणहरू पनि फेला पारिएका छन्‌। सिन्धु भएर सयौं किलोमिटर भित्र अरब सागर पुग्न सकिन्थ्यो।

शताब्दीयौंको दौडान भुइँचालो वा ठूलो बाढीजस्ता प्राकृतिक प्रकोपहरूको कारण सिन्धु घाटीको शहरी सभ्यतालाई कमजोर तुल्याएको जस्तो देखिन्छ। यसले गर्दा तिनीहरूले मध्य एसियाका घुमन्ते जातिहरूको आक्रमणको प्रतिरोध गर्न सकेनन्‌ जसलाई साधारणतया आर्य भनिन्छ। तिनीहरूले शहरियाहरूलाई नदी छेउछाउबाट भगाए र यसरी सिन्धु छेउछाउ विकास भएको पुरातन संस्कृति दक्षिण भारततिर सऱ्‍यो र यो आजसम्म पनि द्रविड जातिको रूपमा छ अनि भारतको प्रमुख जातिहरूमध्ये एक हो।

भारतको पूर्व हुँदै केही आर्य जातिहरू गंगाको फाँटमा बसोबास गर्न थाले। यसप्रकार, उपमहाद्वीपका आर्य जातिले उत्तरी भारतमा आफ्नो अनुपम संस्कृति सुरु गरे जुन खास गरी गंगा नदीसित सम्बन्धित छ र यो आज पनि यथावत्‌ छ।

दुई नदी, दुई धर्म

उत्खननका क्रममा भेटिएका चीजहरूबाट सिन्धु घाटी र मेसोपोटामियाका धार्मिक विधिहरूमा केही समानता पाइन्छ। लामो समयदेखि आर्यहरूको धर्म मानिंदै आएको हिन्दू धर्मसित सम्बन्धित कुनै कुनै प्रतिमाहरू सिन्धु शहरको भग्नावशेषमा पाइयो। आर्यपूर्व र आर्य देवहरू तथा धार्मिक विश्‍वासको मिश्रणबाट हिन्दू धर्मको जन्म भएको थियो। आर्यहरूले पहिला सिन्धुलाई पवित्र ठान्थे तर पछि तिनीहरू जसै पूर्वतिर सर्दै गए, गंगाको किनारमै बसोबास गर्न थाले र गंगालाई नै उपासना गर्न थाले। शताब्दीयौंको दौडान गंगा छेउछाउ हरिद्वार, अल्लाहबाद र बनारसजस्ता शहरहरूको विकास भयो। यिनीहरू हिन्दू धर्ममा केन्द्रित थिए। निको गर्ने र चोख्याउने शक्‍ति भएको विश्‍वास गरिने गंगामा नुहाउन आज लाखौं मानिसहरू ओइरो लाग्छन्‌।

हिन्दू धर्म सिन्धु छेउछाउबाट विकास भयो भने बौद्ध धर्मको सुरुआत पनि गंगा नजिकैबाट भयो। बुद्ध कहलिएका सिद्धार्थ गौतमले आफ्नो पहिलो उपदेश बनारससँगै सर्नाटमा दिएका थिए। भनिन्छ, ७९ वर्षको उमेरमा तिनले गंगाको विशाल चौडाइ पौडेर तरेका थिए।

आज नदीको कस्तो अवस्था छ?

आज भन्दा ४,००० वर्षअघि मानिसहरू आफ्नो जीविका चलाउन सिन्धु र गंगा नदीको किनारतर्फ आकर्षित हुँदा नदीको पानी जत्तिको आवश्‍यकता थियो अहिले त्योभन्दा धेरै आवश्‍यक भइसक्यो। भारत, पाकिस्तान र बंगलादेशको विशाल जनसंख्यालाई धान्‍न होसियारी साथ नदीको नियन्त्रण गर्नुपर्छ। (पृष्ठ १६-१७ को मानचित्र हेर्नुहोस्‌।) नदी एउटा देशबाट मात्र नबग्ने भएकोले अन्तरराष्ट्रिय सहमति आवश्‍यक भएको छ। पाकिस्तानले अन्य थुप्रैमध्ये ३ किलोमिटर लामो र १४३ मिटर उचाइ भएको तर्बेला बाँध निर्माण गरेको छ। यो संसारकै सबैभन्दा ठूलो बाँधहरूमध्ये एउटा हो र यसमा १४,८५,००,००० घन अर्थ फिल छ। गंगामा फरक्का बाँधले चाहिं कलकत्ताको बन्दरगाह नजिकै बढ्‌दो जहाजहरूलाई पर्याप्त पानी आपूर्ति गर्छ।

अन्य सबै नदीहरूको जस्तै गंगा नदीको पनि प्रमुख समस्या प्रदूषण हो। अतः १९८४ मा भारतीय सरकारले एउटा महत्त्वाकांक्षी समिति, गंगा एक्सन प्लान गठन गऱ्‍यो। फोहरमैलालाई मल वा जैविक ग्यासमा परिणत गर्ने, नदीमा ढलको निकास नगरेर अर्कैतिर मोड्‌ने र रासायनिक फोहरका लागि प्रशोधन संयन्त्र निर्माण गर्नेतर्फ ध्यान दिइयो।

तथापि, पृथ्वीका नदीहरूलाई पुनः सुरुको जस्तो सुन्दर र स्वच्छ अवस्थामा पुऱ्‍याउनु मानव योग्यताभन्दा बाहिरको कुरा प्रमाणित भएको छ। तर परमेश्‍वरले अब चाँडै परिस्थिति सुधार्नुहुनेछ। उहाँको राज्य अन्तर्गत ‘बाढ़हरूले ताली बजाउनेछन्‌’ र सम्पूर्ण पृथ्वी प्रमोदवनमा परिणत हुनेछ।—भजन ९८:८.

[नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

तिब्बत

पाकिस्तान

सिन्धु

झेलुम

चेनाब

सुट्‌लेज

हरप्पा

महेनजोदारो

भारत

गंगा

यमुना

ब्रह्‍मपुत्र

अल्लाहबाद

बनारस

पटना

कलकत्ता

बंगलादेश

नेपाल

भुटान

[स्रोत]

Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

[चित्र]

हिन्दूहरू गंगामा नुहाउँछन्‌

[स्रोत]

Copyright Sean Sprague/Panos Pictures