सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“मलाई यस पत्रिकाको विषयवस्तु प्रस्तुत गर्ने शैली मन पर्छ”

“मलाई यस पत्रिकाको विषयवस्तु प्रस्तुत गर्ने शैली मन पर्छ”

“मलाई यस पत्रिकाको विषयवस्तु प्रस्तुत गर्ने शैली मन पर्छ”

ब्यूँझनुहोस्‌! पत्रिकाले विषयवस्तुहरू प्रस्तुत गर्ने सन्दर्भमा मेक्सिकोका युक्काटानस्थित एक जवान सहायक व्यापार प्रबन्धकले त्यसो भने। पत्रमा तिनले आफू काम गर्ने बीमा कम्पनीमा एक सहकर्मीले पहिलो चोटि ब्यूँझनुहोस्‌! पत्रिका दिएको बताए।

ब्यूँझनुहोस्‌!-को सन्दर्भमा तिनले यसो भने: “यो साँच्चै जानकारी र सत्यको स्रोत हो। मलाई यस पत्रिकाको विषयवस्तु प्रस्तुत गर्ने शैली मन पर्छ किनभने यसले नता कुनै राजनैतिक पार्टीको पक्ष लिन्छ न कुनै मानिसलाई अरू मानिसभन्दा उच्च नै देखाउँछ। यस पत्रिका पढेर मैले समस्याहरूको समाधान पाएको छु। यो पत्रिका आकर्षक, सन्तुलित, सामयिक र स्फूर्तिदायक छ। म तपाईंहरूलाई हार्दिक बधाई दिन चाहन्छु!”

केही वर्षअघि ब्यूँझनुहोस्‌!-ले प्रिय जनको मृत्यु हुँदा सामना गर्नुपर्ने चुनौतीहरूबारे छलफल गरेको थियो। यो जानकारी पछि ह्वेन समवान यु लभ डाइज नामक पुस्तिकाको रूपमा प्रकाशित गरिएको थियो। सायद, तपाईं वा तपाईंले चिनेको कोही व्यक्‍तिले यस ३२ पृष्ठे पुस्तिकाबाट सान्त्वना पाउन सक्नुहुन्छ। यसको एक प्रति चाहनुहुन्छ भने यसमा भएको कुपन भर्नुहोस्‌ वा यस पत्रिकाको पृष्ठ ५ मा भएको तपाईंलाई पायक पर्ने ठेगानामा पत्राचार गर्नुहोस्‌।

◻ मलाई ह्वेन समवान यु लभ डाइज पुस्तिकाबारे थप जानकारी पठाइदिनुहोस्‌।

◻ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसित सम्पर्क गर्नुहोस्‌।