सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यो हावासँगसँगै आयो

यो हावासँगसँगै आयो

यो हावासँगसँगै आयो

एक जना भलादमी भारतको मुम्बई शहरको सडकमा हिडिंरहँदा हावाले एउटा सानो टुक्रा कागज हुऱ्‍याएर तिनको खुट्टामा ल्यायो। त्यो “नयाँ सहस्राब्दी—अनि तपाईंको भविष्य” विषयक राज्य सन्देश न. ३६ थियो। यस विषयले तिनको ध्यानाकर्षण गऱ्‍यो। तिनले तुरुन्तै त्यो टिपेर पढ्‌न थालिहाले। तिनको चासो जाग्यो र अझ बढी जान्‍न मन लागेकोले बाइबल र अन्य साहित्यहरूको लागि आग्रह गरे।

यहोवाका साक्षीहरूद्वारा प्रकाशित पर्चामा विश्‍वास सुदृढ पार्ने विचारहरू समावेश छन्‌। यसमा हामीले सामना गर्ने समस्याहरू जस्तै: बिमारी, गरिबी र युद्धको जड, “लोभ, अविश्‍वास, स्वार्थ हुन्‌—जुन वैज्ञानिक अनुसन्धान, प्रविधि वा राजनीतिले मात्र निर्मूल पार्न सक्दैन” भनेर स्पष्टसित बताइएको छ। त्यस पर्चामा परमेश्‍वरले चाँडै सबै दुष्टतालाई हटाउनुहुनेछ भनेर पनि बताइएको छ।

के तपाईं भविष्यबारे बाइबलको प्रतिज्ञा अझ बढी जान्‍न चाहनुहुन्छ? यहोवाका साक्षीहरूले लाखौंको घर-घरमा गएर परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? भन्‍ने पुस्तिकालगायत बाइबल आधारित प्रकाशनहरूबाट बाइबलका कुराहरू सिकाउँछन्‌। यस पुस्तिकाले निम्न प्रश्‍नहरूको जवाफ दिन्छ: परमेश्‍वर को हुनुहुन्छ? परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो? परमेश्‍वरको राज्य के हो? बाइबलले कसरी तपाईंको पारिवारिक जीवन राम्रो पार्न सक्छ?

परमेश्‍वरले निकट भविष्यमै के गर्नुहुन्छ भनी बुझ्ने मदत दिनको लागि यहोवाका साक्षीहरू तपाईंको घरमा आएको चाहनुहुन्छ भने तिनीहरू खुसीसाथ आएर तपाईंलाई परमेश्‍वरको राज्यबारे अझ बढी जानकारी दिनेछन्‌। तपाईंलाई मदत गर्नको लागि कृपया तल दिइएको कुपन भर्नुहोस्‌ र यस पत्रिकाको पृष्ठ ५ मा दिइएको ठेगानाहरूमध्ये उपयुक्‍त ठेगानामा पठाउनुहोस्‌। (g03 1/22)

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाबारे थप जानकारी मलाई पठाइदिनुहोस्‌।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।