सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘म आफ्नो धर्मबारे अझ बढी सिक्न चाहन्थें’

‘म आफ्नो धर्मबारे अझ बढी सिक्न चाहन्थें’

‘म आफ्नो धर्मबारे अझ बढी सिक्न चाहन्थें’

संयुक्‍त राज्य अमेरिकाको फ्लोरिडाकी १२ वर्षीया स्याराले स्कूलमा दिइएको इतिहास विषयको आफ्नो प्रोजेक्टको लागि एउटा रोचक विषय छानिन्‌—नाजी जर्मनीमा यहोवाका साक्षीहरूले भोगेको सतावट। “मैले यो शीर्षक छानें किनभने म आफ्नो धर्मको इतिहासबारे अझ बढी सिक्न चाहन्थें। नाजी विध्वंसको बेला यहोवाका साक्षीहरूले कस्तो महसुस गरे भन्‍ने कुरा म थाह पाउन चाहन्थें” भनी तिनी बताउँछिन्‌।

निकै अनुसन्धान गरिसकेपछि, शिविरमा यहोवाका साक्षीहरूलाई चिनाउनको लागि तिनीहरूको पोसाकमा सिलाइने गरेको बैजनी रङको त्रिकोणलाई सङ्‌केत गर्न स्याराले काठको एउटा पिरामिड बनाइन्‌ र त्यसमा बैजनी रङ लगाइन्‌। स्याराले पिरामिडको छेउ-छेउमा क्याप्सनसहितका चित्रहरू टाँसिन्‌। आफूलाई मृत्युदण्ड दिइनुभन्दा एकैछिन अगाडि एक जना यहोवाको साक्षी, भोल्फग्याङ कुसेरोले लेखेको मर्मस्पर्शी तर विश्‍वासलाई दह्रो बनाउने पत्र पनि टाँसिएको थियो। —द वाचटावर, सेप्टेम्बर १, १९८५, पृष्ठ १४ हेर्नुहोस्‌।

अरू कैदीहरू जस्तो नभई साक्षीहरूले छनोट गर्न सक्थे भन्‍ने कुरा स्याराको प्रदर्शनले स्पष्ट पाऱ्‍यो: आफ्नो विश्‍वास त्यागेको कुरा स्वीकार्दै एउटा कागजमा सही गरेको खण्डमा तिनीहरू मुक्‍त हुन सक्थे। बहुसंख्यक साक्षीहरूले सही नगरेको तथ्य यहोवाका साक्षीहरूको निष्ठाको प्रमाण हो।

आफ्नो प्रोजेक्टको लागि यो शीर्षक छानेर आफूले लाभ उठाएको कुरा स्यारा बताउँछिन्‌। पक्कै पनि यसले तिनलाई आफ्नो धर्मबारे अझ बढी सिक्न मदत गऱ्‍यो। तिनी यसो भन्छिन्‌: “त्यतिबेला जर्मनीमा एउटा सानो समूह भईकन पनि यहोवाका साक्षीहरूको विश्‍वास दह्रो थियो, जसले तिनीहरूलाई आफूमाथि आइपरेका सतावटहरूमाथि विजयी हुन मदत गऱ्‍यो।”

तपाईं स्कूल पढ्‌दै गरेको जवान साक्षी हुनुहुन्छ भने तपाईंले पनि आफ्नो विश्‍वासको इतिहासबारे बताउन सक्ने कुनै तरिका छ कि? (g05 5/8)