सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | एक्कासि समस्या आउँदा—कसरी सामना गर्ने?

एक्कासि समस्या आउँदा

एक्कासि समस्या आउँदा

ढिलो होस् वा चाँडो, सबै मानिसको जीवनमा समस्याहरू आउँछन्‌। सुखी र सम्पन्न जीवन बिताइरहेका मानिसहरू पनि यसबाट अछुतो छैनन्‌।

बाइबल यसो भन्छ:

“वेग कुदाइले दौड जित्नसक्तैन, औ शक्तिले लडाइँ जित्नसक्तैन। भोजन बुद्धिमानको निम्ति, धन-सम्पत्ति समझदारको निम्ति, सफलता निपुण मानिसको निम्ति हुँदैन। समय र अवसरले नै सबैलाई अधीन गरेको हुन्छ।”—उपदेशक ९:११.

त्यसकारण तपाईंको जीवनमा पनि समस्याहरू त अवश्य आउँछन्‌। तर समस्याहरू आउँदा तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? उदाहरणको लागि:

  • प्राकृतिक प्रकोपमा तपाईंले आफ्नो सारा सरसम्पत्ति गुमाउनुपऱ्यो भने तपाईं के गर्नुहुन्छ?

  • तपाईंलाई कहिल्यै निको नहुने रोग लाग्यो भने नि?

  • तपाईंले माया गर्ने व्यक्तिको मृत्यु भयो भने?

बाइबलले समस्याहरू आउँदा सहन मदत गर्नुका साथै भविष्यको लागि साँचो आशा पनि दिन्छ भनी यस पत्रिकाका प्रकाशक यहोवाका साक्षीहरू विश्वास गर्छन्‌। (रोमी १५:४) तिनीहरूले यस्तो विश्वास गर्नुको कारण के हो? तीनवटा अनुभव विचार गर्नुहोस्। (g14-E 07)