“हृदयलाई सुरक्षित राख्”
“हृदयलाई सुरक्षित राख्”
यहोवाले अगमवक्ता शमूएललाई यसो भन्नुभयो: “परमप्रभुले मानिसले झैं हेर्दैनन्। मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्।” (१ शमूएल १६:७) प्रतीकात्मक हृदयमा ध्यान केन्द्रित गर्दै भजनरचयिता दाऊदले यस्तो भजन गाए: “तपाईंले मेरो हृदय जाँच्नुभएको छ, तपाईंले मलाई राती दर्शन दिनुभएको छ। [यहोवा] तपाईंले मलाई जाँच्नुभएको छ, तर मभित्र केही खराबी भेट्टाउनुहुन्न। मेरो मुखबाट अपराधको कुरा निस्कनेछैन भनी मैले निश्चय गरेको छु।”—भजन १७:३.
हो, हामी वास्तवमा कस्ता व्यक्तिहरू हौं भनी जाँच्न यहोवा हाम्रो हृदय केलाउनुहुन्छ। (हितोपदेश १७:३) त्यसैकारण, पुरातन इस्राएलका राजा सुलेमानले यस्तो सल्लाह दिनु एकदमै उपयुक्त छ: “कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो।” (हितोपदेश ४:२३) हामी आफ्नो प्रतीकात्मक हृदयलाई कसरी सुरक्षित राख्न सक्छौं? हितोपदेश अध्याय ४ ले हामीलाई त्यस प्रश्नको जवाफ दिन्छ।
बुबाको अर्ती ध्यानसित सुन्नुहोस्
हितोपदेश चौथो अध्यायको सुरुमै यसो भनिएको छ: “हे मेरा छोरा हो, आफ्नो बाबुको अर्ती ध्यानसित सुन। समझ-शक्ति कसरी प्राप्त गर्नु हो सो ध्यान लगाएर विचार गर। किनभने म तिमीहरूलाई उत्तम शिक्षा दिन्छु, यसैकारण मेरो अर्तीलाई नत्याग।”—हितोपदेश ४:१, २.
जवानहरूको लागि सल्लाह हो, आफ्ना ईश्वरभीरु आमाबाबुको र विशेष गरी बुबाको अर्ती सुन्नु। आफ्नो परिवारको भौतिक तथा आध्यात्मिक आवश्यकताहरू पूरा गर्ने धर्मशास्त्रीय जिम्मेवारी बुबाको हो। (व्यवस्था ६:६, ७; १ तिमोथी ५:८) त्यस्तो डोऱ्याइबिना जवान मानिसलाई परिपक्व हुन कस्तो गाह्रो होला! त्यसकारण, छोराछोरीले आफ्नो बुबाको आदर गर्दै अर्ती पालन गर्नुपर्दैन र?
तर निर्देशन दिने बुबा नभएका केटाकेटीले के गर्ने? उदाहरणका लागि, ११ वर्षीय जेसनले, चार वर्षको उमेरदेखि नै बुबाको साथ पाएनन्। a एक जना मसीही प्राचीनले तिनलाई सबैभन्दा गाह्रो भइरहेको कुरा के हो भनेर सोध्दा, जेसनले तुरुन्तै यस्तो जवाफ दिए: “बुबा नभएकोमा साह्रै दुःख लाग्छ। कहिलेकाहीं त असाध्यै निराश हुन्छु।” यद्यपि, आमाबाबुको निर्देशन नपाउने केटाकेटीहरूको लागि पनि मदत उपलब्ध छ। जेसन र तिनीजस्तै अरू केटाकेटीहरूले मसीही मण्डलीका प्राचीन तथा अरू पाको व्यक्तिहरूबाट बुबाले दिनेजस्तै अर्ती पाउन सक्छन्।—याकूब १:२७.
आफूले पाएको शिक्षा सम्झँदै सुलेमान यसो भन्छन्: “म पनि मेरा बाबुको छोरा थिएँ, कलिलो र आफ्नी आमाको एक मात्र छोरा।” (हितोपदेश ४:३) स्पष्टतः राजालाई आफूले पाएको लालनपालनको मीठो सम्झना थियो। बुबाको अर्ती हृदयमा राख्ने “छोरा” सुलेमानको आफ्नो बुबा, दाऊदसित न्यानो र घनिष्ठ सम्बन्ध थियो होला। त्यतिमात्र होइन, सुलेमान “एक मात्र छोरा” वा प्यारो पुत्र थिए। न्यानो र आमाबाबुसित खुलस्त कुराकानी हुने वातावरणमा छोराछोरी हुर्कनु एकदमै महत्त्वपूर्ण छ!
बुद्धि र समझ-शक्ति प्राप्त गर्नुहोस्
आफ्नो बुबाको मायालु सल्लाह सम्झँदै सुलेमान यसो हितोपदेश ४:४-७.
भन्छन्: “उहाँले मलाई शिक्षा दिनुभयो र भन्नुभयो, ‘तेरो पूरा हृदयले मेरो वचन पक्रिराख्। मेरो आज्ञा पालन गर्, र तैंले जीवन पाउनेछस्। मैले भनेको कुरालाई नभूल्, अथवा नसुनेको जस्तो नगर्। त्यसलाई [बुद्धि] नत्याग् र त्यसले तँलाई सुरक्षित राख्नेछ, त्यसलाई प्रेम गर् र त्यसले तेरो रक्षा गर्नेछ। सर्वप्रथम कुरा बुद्धि प्राप्त गर्नु हो। तँसँग भएका सबै कुरा त्याग्नु परे तापनि समझ-शक्ति प्राप्त गर्।’ ”—बुद्धि किन “सर्वप्रथम कुरा” हो? किनभने बुद्धि भनेको असल परिणाम ल्याउन ज्ञान र समझको सदुपयोग गर्नु हो। हेरेर अनि अनुभवद्वारा वा पढेर अनि अध्ययन गरेर हासिल गरेको ज्ञान, बुद्धिको लागि अपरिहार्य छ। तर हामीले आफ्नो ज्ञानको सदुपयोग गर्न सकेनौं भने त्यो बेकार हुन्छ। हामीले बाइबल अनि “विश्वासी र बुद्धिमान दास[ले]” प्रबन्ध गरेका बाइबल आधारित प्रकाशनहरू दिनहुँ पढ्ने मात्र होइन तर त्यसबाट सिकेका कुराहरू व्यवहारमा उतार्ने प्रयास पनि गर्नुपर्छ।—मत्ती २४:४५.
समझ प्राप्त गर्नु पनि अत्यावश्यक छ। समझ छैन भने, के हामी आफूले पढेको एउटा कुराको अन्य कुराहरूसित सम्बन्ध अनि छलफल भइरहेको विषयवस्तुलाई पूर्णतया बुझ्न सक्छौं र? समझ नै छैन भने कुनै पनि कुरा हुनुको कारण कसरी बुझ्ने अनि अन्तर्दृष्टि र समझशक्ति कसरी पाउने? हो, आफूले थाह पाएका कुराहरूको कारण बुझेर सही निष्कर्षमा पुग्न हामीलाई समझ चाहिन्छ।—दानियल ९:२२, २३.
सुलेमान आफ्नो बुबाका अर्तीहरू अझै यसरी बताउँछन्: “त्यसलाई [बुद्धिलाई] कदर गर् र त्यसले तँलाई आदर दिनेछ, त्यसलाई अङ्गालो हाल्दा त्यसले तँलाई सम्मानमा पुऱ्याउनेछ। त्यसले तेरो शिरमा शोभाको मुकुट पहिराइदिनेछ, र तँलाई महिमाको शिरपेच दिनेछ।” (हितोपदेश ४:८, ९) ईश्वरीय बुद्धि स्वीकार्ने व्यक्तिलाई त्यसले रक्षा गर्छ। यसबाहेक, त्यसले आदर दिन्छ र सम्मान गर्छ। त्यसोभए, आउनुहोस्, हामी जसरी हुन्छ बुद्धि प्राप्त गरौं।
“अर्तीलाई . . . कहिल्यै नछोड्”
आफ्नो बुबाबाट पाएको अर्ती झल्काउँदै इस्राएलका राजा अझ यसो भन्छन्: “हे मेरो छोरो, सुन्। मेरो वचन हृदयमा राख्, र तँ दीर्घायु हुनेछस्। म तँलाई बुद्धिको बाटोमा डोऱ्याउनेछु, र सोझो बाटोमा हिंड़ाउनेछु। तँ हिंड्दा चिप्लनेछैनस्, औ तँ दगुरिस् भने पनि केही कुराले तँलाई लड़ाउनेछैन। अर्तीलाई समातिराख् र त्यसलाई कहिल्यै नछोड्, त्यसलाई राम्ररी पालन गर्, किनभने त्यो तेरो जीवन हो।”—हितोपदेश ४:१०-१३.
बुबाको साक्खै छोरा भएको नाताले सुलेमानले
निर्देशन दिने र सच्याउने मायालु अनुशासनको महत्त्वलाई मूल्यवान् ठानेका हुनुपर्छ। सन्तुलित निर्देशनबिना के हामी आध्यात्मिक तवरमा परिपक्व हुने वा आफ्नो जीवनको गुणस्तर बढाउने आशा गर्नसक्छौं र? हामीले आफ्नो गल्तीबाट पाठ सिकेनौं वा गलत धारणाहरू सच्याउन सकेनौं भने हाम्रो आध्यात्मिक प्रगति साँच्चै नगण्य हुनेछ। व्यवहारिक अनुशासनले ईश्वरीय आचरणको खेती गर्न र ‘सोझो बाटोमा हिंड्न’ मदत गर्छ।अर्को प्रकारको अनुशासनले गर्दा हामी “दीर्घायु” पनि हुनेछौं। कसरी? येशू ख्रीष्टले यसो भन्नुभयो: “जो थोरै कुरामा विश्वासी हुन्छ, त्यो धेरैमा पनि विश्वासी हुन्छ, औ जो सानो कुरोमा अविश्वासी हुन्छ, त्यो धेरैमा पनि अविश्वासी हुन्छ।” (लूका १६:१०) सानो कुरामा अनुशासित भयौं भने, आफ्नो जीवन नै निर्भर हुने ठूलो कुरामा पनि अनुशासन स्वीकार्न सजिलो हुँदैन र? उदाहरणका लागि, “स्त्रीलाई खराब इच्छाले” नहेर्न अनुशासित छौं भने हामी अनैतिकतामा फस्ने सम्भावना पनि कम हुन्छ। (मत्ती ५:२८) यो सल्लाह स्वतः पुरुष र स्त्री दुवैलाई लागू हुन्छ। ‘हरेक विचारलाई अधीनमा पार्न’ आफ्नो मनलाई अनुशासित गऱ्यौं भने हामीले बोली वा वचनमा गम्भीर गल्ती गर्ने खतरा कम हुन्छ।—२ कोरिन्थी १०:५.
हो, अनुशासन स्वीकार्न प्रायजसो गाह्रो हुन्छ र रोकटोक गरेजस्तो लाग्नसक्छ। (हिब्रू १२:११) यद्यपि, हामीले अनुशासनलाई पक्रिराख्यौं भने प्रगतिको बाटो सुगम हुनेछ भनेर बुद्धिमान् राजा आश्वासन दिन्छन्। सही प्रशिक्षण पाएको खण्डमा धावक बाटोमा नलडी वा चोटपटक नलागी बेसरी दौडन सकेझैं अनुशासनलाई पक्रिराख्दा हामी जीवनको बाटोमा ठेस नखाई अघि बढिरहन सक्छौं। निस्सन्देह, हामीले छान्ने मार्गबारे होसियार हुनुपर्छ।
“दुष्टको चाल” त्याग्नुहोस्
सुलेमान यस्तो अपरिहार्य चेताउनी दिन्छन्: “दुष्टको चालमा नहिंड्, अथवा दुष्ट मानिसहरूको मार्गलाई नपछ्या। त्यसमा तेरो पाइलाले नटेक्, तर त्यसलाई छोड़िदे, त्यसबाट तर्केर आफ्नै बाटो लाग्। किनभने दुष्टहरू खराब काम नगरूञ्जेल सुत्नैसक्तैनन्, कसैको पतन नगरूञ्जेल तिनीहरूलाई निद्रै लाग्दैन। दुष्टता तिनीहरूको भोजन औ उपद्रव र अत्याचार तिनीहरूको पिउने पदार्थ हो।”—हितोपदेश ४:१४-१७.
सुलेमान हामीलाई दुष्टहरूको मार्ग त्याग्न आग्रह गर्छन् किनभने ती दुष्टहरू पतित कामकुरामा चुर्लुम्मै डुबेका छन्। खराब काम गर्नु तिनीहरूको लागि दालभात सरह भएको छ। कुनै उपद्रव नगरेसम्म तिनीहरूलाई निद्रै लाग्दैन। तिनीहरूको व्यक्तित्व नै भ्रष्ट भइसकेको छ! के हामी तिनीहरूसँग सरसंगत गर्दा आफ्नो हृदयलाई सुरक्षितै राख्न सक्छौं त? वर्तमान संसारको मनोरञ्जनमा छ्यासछ्यासती पाइने हिंसाको आनन्द लिएर “दुष्ट मानिसहरूको मार्गलाई” पछ्याउनु कस्तो मूर्खता हो! टेलिभिजन वा चलचित्रमार्फत खराब दृश्यहरू प्रचुर मात्रामा हेर्नु अनि अर्कोतिर दयालु हुन खोज्नु पटक्कै नमिल्ने कुरा हो।
ज्योतिमा रहनुहोस्
फेरि पनि एउटा बाटोको उदाहरण प्रयोग गर्दै सुलेमान यस्तो घोषणा गर्छन्: “धर्मीको चाल बिहानको उज्यालोजस्तै हितोपदेश ४:१८) बाइबल अध्ययन गरेर त्यसमा बताइएका कुराहरू व्यवहारमा उतार्नु भनेको झिसमिसे उज्यालोमा यात्रा थाल्नुझैं हो। उज्यालो हुने हुने बेलाको अँध्यारो आकाशमा हामी केही पनि देख्न सक्दैनौं। तर फेरि बिस्तारै उज्यालो हुन थालेपछि हामी आफू वरपरका कुराहरू अलिअलि देख्न थाल्छौं। घाम चहकिलो भएपछि अन्ततः हामी सबै कुरा स्पष्टसित देख्न सक्छौं। हो, हामी धीरजी अनि लगनशील भएर धर्मशास्त्र अध्ययन गर्दै गयौं भने सत्य झन् झन् स्पष्ट हुन थाल्छ। आफ्नो हृदयलाई गलत तर्कबाट सुरक्षित राख्न आध्यात्मिक पोषण अत्यावश्यक छ।
हो, त्यो मध्य-दिन नहोउञ्जेल झन् झन् चहकिलो हुँदैजान्छ।” (बाइबल भविष्यवाणीहरूको अर्थ वा महत्त्व पनि क्रमिक रूपमा प्रकट हुन्छ। यहोवाले भविष्यवाणीहरूमा पवित्र आत्माले ज्योति प्रकट गर्नुहुँदा र विश्व घटना वा परमेश्वरका जनहरूको अनुभवमा पूरा हुँदा भविष्यवाणीहरू अझ स्पष्ट हुन्छन्। आफ्नो धैर्य गुमाएर भविष्यवाणीहरूको पूर्तिबारे अडकल काट्नुको साटो हामीले ‘झन् झन् चहकिलो हुँदै जाने’ ज्योति पर्खनुपर्छ।
ज्योतिमा हिंड्न इन्कार गरेर परमेश्वरको डोऱ्याइ तिरस्कार गर्नेहरू नि? सुलेमान भन्छन्, “दुष्टको चाल रातको अन्धकारजस्तै हो, आफ्नो पतन केमा हुँदैछ सो तिनीहरू जान्दैनन्।” (हितोपदेश ४:१९) दुष्ट भनेको त्यो मानिसजस्तो हो, जो अन्धकारमा ठेस खाँदा कुन कुराले ठेस लागेको हो भनेर जान्दैन। यी दुष्ट मानिसहरूको अधार्मिकताले गर्दा फलिफाप भएजस्तो देखिए तापनि त्यो सफलता क्षणिक हुन्छ। त्यस्ता व्यक्तिहरूबारे भजनरचयिताले यस्तो भजन गाए: “निश्चय तपाईंले तिनीहरूलाई चिप्ला ठाउँहरूमा राख्नुहुन्छ, [यहोवा] तपाईंले तिनीहरूलाई सर्वनाशमा फाल्नुहुन्छ।”—भजन ७३:१८.
चनाखो भईरहनुहोस्
इस्राएलका राजा अझ यसो भन्छन्: “हे मेरो छोरो, मेरो वचनमा ध्यान दे, मेरा कुरामा कान थाप्। ती तेरो मनबाट उम्केर जान नदे, ती तेरो हृदयमा लिइराख्। किनभने त्यसलाई पाउनेको निम्ति त्यो जीवन हो, र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो। कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो।”—हितोपदेश ४:२०-२३.
सुलेमानको आफ्नै उदाहरणले हृदयलाई सुरक्षित राख्ने सल्लाहको महत्त्वलाई पुष्टि गर्छ। हो, सानो छँदा तिनले आफूलाई “बाबुको छोरा” प्रमाणित गरे अनि १ राजा ११:४) हरबखत चनाखो भएन भने एकदमै राम्रो हृदयसमेत खराब कुरातिर प्रलोभित हुनसक्छ। (यर्मिया १७:९) हामीले परमेश्वरको वचनमा दिइएका सम्झौटाहरू आफ्नो हृदयमा राख्नुपर्छ। यसमा हितोपदेश चौथो अध्यायमा दिइएको डोऱ्याइ पनि समावेश छ।
वयस्क हुँदासमेत यहोवाप्रति विश्वासी रहे। यद्यपि, बाइबल यसो भन्छ: “तिनी वृद्ध हुँदा तिनका [विदेशी] पत्नीहरूले तिनको मन अरू देवताहरूतर्फ लगाइदिए, र तिनी आफ्ना पिता दाऊदझैं परमप्रभु आफ्ना परमेश्वरका सम्पूर्ण रीतिले भक्त भएनन्।” (आफ्नो हृदयको अवस्था जाँच्नुहोस्
के हामी आफ्नो प्रतीकात्मक हृदय सुरक्षित राख्न सफल भएका छौं? हामी आफ्नो भित्री मानिसको अवस्था कसरी थाह पाउन सक्छौं? येशू ख्रीष्टले भन्नुभयो, “हृदयमा भरिएका कुरानै मुखले बोल्दछ।” (मत्ती १२:३४) उहाँले यसो पनि भन्नुभयो: “हृदयबाटनै दुष्ट विचार, हत्या, जारी, व्यभिचार, चोरी, झूटो साक्षी, निन्दा बाहिर निस्कन्छन्।” (मत्ती १५:१९, २०) हो, हाम्रो कार्य अनि वचनले हाम्रो हृदयमा भएका कुरा सबै बताउँछन्।
यसैकारण, सुलेमानले यस्तो सल्लाह दिनु एकदमै उपयुक्त छ: “तेरो मुखबाट दुर्वाच्य ननिकाल् र तेरो ओंठबाट छल-कपटको कुरो ननिस्कोस्। तेरो आँखाले तेरो अगि सीधा हेरोस्, सामनेतिर के छ सो तेरो आँखाले एक टक लाएर हेरोस्। तैंले हिड़नुपर्ने बाटोको खोजिगर्, र तेरो मार्ग सुरक्षित रहनेछ। दाहिने देब्रेतिर नलाग्, र सबै खराब कुराबाट अलग बस्।”—हितोपदेश ४:२४-२७.
सुलेमानको सल्लाहलाई ध्यानमा राख्दै हामीले आफ्नो बोली र वचन केलाउनुपर्छ। हामी आफ्नो हृदय सुरक्षित राखेर परमेश्वरलाई खुसी तुल्याउन चाहन्छौं भने, दुर्वाच्य र छलकपट त्याग्नुपर्छ। (हितोपदेश ३:३२) अतः हाम्रो वचन अनि कार्यले हामीबारे के बताउँछ, त्यसलाई प्रार्थनापूर्वक केलाउनुपर्छ। त्यसपछि आफ्नो कमीकमजोरी सच्याउन यहोवाको मदत मागौं।—भजन १३९:२३, २४.
सबैभन्दा महत्त्वपूर्ण कुरा, ‘हाम्रो आँखाले सीधा अगि हेरोस्।’ हाम्रो स्वर्गमा हुनुहुने पितालाई पूरा मनतनले सेवा चढाउने हाम्रो लक्ष्यमा त्यो केन्द्रित होस्। (कलस्सी ३:२३) तपाईंले व्यक्तिगत तवरमा त्यस्तो सोझो मार्ग पछ्याउनुहुँदा यहोवाले तपाईंको सारा “मार्ग[मा]” सफलता दिऊन् अनि “हृदय सुरक्षित राख्” भन्ने प्रेरित सल्लाह पालन गर्नुभएकोमा प्रशस्त आशिष् दिऊन्।
[फुटनोट]
a उनको वास्तविक नाउँ होइन।
[पृष्ठ २२-मा भएको ठूलो अक्षरको क्याप्सन]
के तपाईं हिंसात्मक मनोरञ्जनबाट अलग्गै बस्नुहुन्छ?
[पृष्ठ २१-मा भएको चित्र]
अनुभवीको सल्लाहबाट लाभ उठाउनुहोस्
[पृष्ठ २३-मा भएको चित्र]
अनुशासनले तपाईंको बाटोमा अवरोध खडा गर्दैन
[पृष्ठ २४-मा भएको चित्र]
लगनशील भएर बाइबल अध्ययन गर्नुहोस्