निराशाविनाको संसार नजिकै
निराशाविनाको संसार नजिकै
जिन्दगी झन् झनै चुनौतीपूर्ण हुँदैछ र निराश हुने कारण थुप्रै छन्। दिक्क हुँदा आफ्ना भावनाहरू वशमा राख्न गाह्रो हुनसक्छ। आखिर जीवनलाई प्रेम गर्ने मानिसहरूसमेत अत्यन्तै दुःखी हुनसक्छन्! यस्तै केही उदाहरणहरू विचार गर्नुहोस्।
पुरातन समयमा अगमवक्ता मोशाले अत्यन्तै निराश हुँदै परमेश्वरलाई यसो भने: “मैले तपाईंको निगाह पाएको छु भने, बिन्ती छ, बरू मलाई मारिदिनुहोस्, र मैले आफ्नो दुर्दशा हेर्न नपरोस्।” (गन्ती ११:१५) आफ्ना शत्रुहरूबाट भाग्ने क्रममा अगमवक्ता एलियाले यस्तो उद्गार गरे: “बस भयो! हे परमप्रभु, अब मेरो प्राण [जीवन] लिनुहोस्।” (१ राजा १९:४) अनि अगमवक्ता योनाले यसो भने: “हे परमेश्वर, बिन्ती छ, मेरो प्राण लिनुहोस्, किनभने मेरो निम्ति बाँच्नुभन्दा ता मर्नुनै निको छ।” (योना ४:३) तर मोशा, एलिया र योना कसैले पनि आत्महत्या गरेनन्। तिनीहरू सबैलाई परमेश्वरको आज्ञा थाह थियो: “तैंले हत्या नगर्नू।” (प्रस्थान २०:१३) परमेश्वरमा बलियो विश्वास भएको कारण तिनीहरूलाई कुनै पनि परिस्थिति आशाविहीन छैन र जीवन परमेश्वरको वरदान हो भनेर थाह थियो।
अहिले हामीले सामना गरिरहेका समस्याहरू नि? भावनात्मक निराशा वा शारीरिक समस्याबाहेक हामीले कहिलेकाहीं परिवारका सदस्य, छिमेकी वा सहकर्मीहरूको दुर्व्यवहार रोमी १:२८-३१) दिनहुँ यस्तै मानिसहरू वरपर बस्नुपर्दा जीवन झनै बोझिलो हुनसक्छ। सान्त्वना र उद्धारको खाँचो परेका मानिसहरूलाई हामी कसरी मदत गर्नसक्छौं?
पनि सहनुपर्छ। “सबै अधार्मिकता, दुष्टता, लोभ, द्वेषले भरिएका डाह, हत्या, झगड़ा, छल, ईर्ष्याले पूर्ण भएका, अर्काको चर्चा गर्नेहरू, कुरा काट्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, अपमान गर्नेहरू, घमण्डीहरू, अभिमानीहरू, दुष्ट कुरा अजमाउनेहरू, आमा-बाबुलाई नमान्नेहरू, बेसमझकाहरू, करार भंग गर्नेहरू, स्वाभाविक स्नेहरहितहरू, निर्दयी” आदि मानिसहरूबारे बाइबल बताउँछ। (सुन्ने चाहना
दुःखकष्टको कारण मानिसको सुद्धिबुद्धि नै हराउनसक्छ। एक बुद्धिमान् मानिसले यसो भने: “छल गर्दा बुद्धिमान मानिसको मति बिग्रन्छ।” (उपदेशक ७:७) त्यसैले, आत्महत्याबारे कुरा गर्ने मानिसलाई गम्भीरतापूर्वक लिनुपर्छ। तिनले भोगिरहेका समस्या भावनात्मक, शारीरिक, मानसिक वा आध्यात्मिक जस्तोसुकै भए तापनि तुरुन्तै ध्यान दिनु आवश्यक हुनसक्छ। हो, पेसेवर उपचारहरू फरक फरक हुन्छन् र कुन उपचार गर्ने हो भनेर आफैले व्यक्तिगत निर्णय गर्नुपर्छ।—गलाती ६:५.
आत्महत्या गर्ने विचार आउनुको कारण जेसुकै भए तापनि विवेकी, सहानुभूतिशील र धीरजसाथ तिनको कुरा सुनिदियो भने धेरै फरक पर्छ। तिनको समस्या सुन्न इच्छुक परिवारका सदस्य तथा साथीहरू तिनलाई मदत गर्ने स्थितिमा होलान्। सँगी भाव तथा दयाको अलावा परमेश्वरको वचनमा पाइने प्रोत्साहनजनक विचारहरू आशाहीन व्यक्तिहरूको निम्ति मदतकारी साबित हुनसक्छ।
निराश व्यक्तिहरूलाई आध्यात्मिक मदत
बाइबल पढाइ कत्ति प्रोत्साहनजनक हुनसक्छ भनेर थाह पाउँदा तपाईं छक्कै पर्नुहोला। बाइबल कुनै मानसिक स्वास्थ्यसम्बन्धी पुस्तक नभए तापनि यसले हामीलाई जीवनको मोल बुझ्न मदत गर्छ। राजा सुलेमानले यसो भने: “जीवित छँदानै सबैभन्दा सुन्दर जीवन निर्वाह गर्नु र सुखी हुनबाहेक मानिसको निम्ति अरू केही कुरो असल छैन भनी म जान्दछु। त्यसबाहेक आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले खानु, पिउनु र आनन्द उपभोग गर्नुनै परमेश्वरको दान हो।” (उपदेशक ३:१२, १३) जीवनलाई अर्थपूर्ण बनाउने सन्तोषजनक कामहरूबाहेक हामीले आनन्द उठाउनसक्ने स्वच्छ हावा, सूर्यको किरण, फूल, रूख तथा चराचुरुंगीहरू जस्ता साधारण कुराहरू पनि परमेश्वरका वरदान हुन्।
यहोवा परमेश्वर तथा उहाँको पुत्र येशू ख्रीष्टले हाम्रो ख्याल राख्नुहुन्छ भन्ने बाइबलको आश्वासन झनै प्रोत्साहनजनक छ। (यूहन्ना ३:१६; १ पत्रुस ५:६, ७) अतः भजनरचयिताले यसो भन्नु उचितै हो: “हाम्रो बोझ दिनहुँ उठाउनुहुने परमप्रभु धन्यका होऊन्, हाम्रा परमप्रभु, हामीलाई उद्धार गर्नुहुने परमेश्वर।” (भजन ६८:१९) आफू बेकारको र महत्त्वहीन लागे तापनि परमेश्वरले हामीलाई प्रार्थना गर्न आमन्त्रित गर्नुहुन्छ। निष्कपटता साथ उहाँसित मदत माग्ने मानिसहरूलाई उहाँ तुच्छ ठान्नुहुन्न भनेर विश्वस्त हुनुहोस्।
कसैले पनि आज समस्याविनाको जीवन आशा गर्न सक्दैन। (अय्यूब १४:१) तैपनि, परमेश्वरको वचनको सत्यले थुप्रै मानिसलाई समस्याहरू समाधान गर्ने सही तरिका आत्महत्या होइन भनेर बुझ्न मदत गरेको छ। आतिएका झ्यालखानाका हाकिमलाई प्रेरित पावलले कसरी मदत गरे विचार गर्नुहोस्, “झ्यालखानका हाकिम निद्राबाट झसंग भएर ब्यूँझे, र झ्यालखानका ढोकाहरू उर्घेका देखेर कैदीहरू सबै भागिसके भन्ठानेर तिनले अपहत्या गर्ने विचारले आफ्नो तरवार थुते।” बेइज्जती र सायद असफलताको कारण ज्यानसजाय पाउनुभन्दा आत्महत्या गर्नु नै बेस हो भन्ने विचार झ्यालखानाका हाकिमले तुरुन्तै गरे। तर प्रेरितले चर्को स्वरमा यसो भने: “तपाईंले आफूलाई केही नोक्सानी नगर्नुहोस्, किनकि हामी सबै यहीं छौं।” पावलले त्यतिमै आफ्नो कुरा टुंग्याएनन्। वास्तवमा तिनी र सिलासले झ्यालखानाका हाकिमलाई सान्त्वना दिए र तिनले यस्तो प्रश्न गरे: “हजूर हो, मैले के गरेदेखि उद्धार पाउनसक्छु?” तिनीहरूले यस्तो जवाफ दिए: “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ, तपाईं र तपाईंका परिवारले।” त्यसपछि, तिनीहरूले उनी अनि उनका परिवारलाई यहोवाको वचन सुनाए। फलस्वरूप, “उनी र उनका परिवारले उत्तिखेरै बप्तिस्मा लिए।” झ्यालखानाका हाकिम र उनका परिवार सबै अत्यन्तै आनन्दित हुनुका साथै उनीहरूले जीवनको नयाँ अर्थ पाए।—प्रेरित १६:२७-३५.
आज, दुष्टताको निम्ति परमेश्वर जिम्मेवार हुनुहुन्न भनेर थाह पाउनु कत्ति सान्त्वनादायी छ! उहाँको वचनले “दियाबल र शैतान भनिने” दुष्ट आत्माले ‘सारा संसारलाई ठग्दैछ’ भनेर बताउँछ। तर त्यसको समय अल्प छ। (प्रकाश १२: ९, १२) चाँडै ईश्वरीय हस्तक्षेपद्वारा शैतान तथा त्यसका प्रेतहरूले सारा संसारमा ल्याएको समस्यालाई हटाइनेछ। त्यसपछि, परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारले आशाहीनता र आत्महत्या पछाडिका कारणहरू सधैंका लागि हटाउनेछ।—२ पत्रुस ३:१३.
मदतको निम्ति पुकार गरिरहेकाहरूलाई सान्त्वना
निराश व्यक्तिहरूले अहिले पनि धर्मशास्त्रबाट सान्त्वना पाउनसक्छन्। (रोमी १५:४) भजनरचयिता दाऊदले यस्तो भजन गाए: “हे परमेश्वर, चूर्ण र पूरा पश्चतापी हृदयलाई तपाईंले तुच्छ ठान्नुहुन्न।” (भजन ५१:१७) हो, हामी परीक्षाहरूबाट भाग्न सक्दैनौं र असिद्धताको असरहरू महसुस गर्छौं। तर स्वर्गमा हुनुहुने मायालु र व्यावहारिक पिताबारे सही ज्ञान लिंदा हामी उहाँको नजरमा मूल्यवान् छौं भन्ने आश्वासन पाउँछौं। परमेश्वर हाम्रो सबैभन्दा महत्त्वपूर्ण मित्र र निर्देशक बन्न सक्नुहुन्छ। हामीले यहोवा परमेश्वरसित घनिष्ठ सम्बन्ध विकास गऱ्यौं भने उहाँले हामीलाई कहिल्यै निराश तुल्याउनु हुन्न। हाम्रो सृष्टिकर्ता यसो भन्नुहुन्छ: “म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्याउँछ।”—यशैया ४८:१७.
परमेश्वरमा भर पर्दा थुप्रै मानिसले मदत पाएका छन्। उदाहरणका लागि, मारेलाई विचार गर्नुहोस्। आफ्नो एक मात्र छोरालाई सवारी दुर्घटनामा गुमाएको कारण, निराशाको सिकार भएको धेरै समय भइसकेको थियो।। a छोराको मृत्यु हुँदा तिनी अतालिन् र आत्महत्या गर्ने कोसिस गरिन्। तथापि, उनी अहिले हरेक बिहान घरको काम गर्न उठछिन्। उनी संगीत सुन्न र अरूलाई मदत गर्न पाउँदा आनन्दित हुन्छिन्। “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ” भन्ने आशाले तिनको छोराको दुःखद् मृत्युको वेदना केही हदसम्म कम हुनुका साथै परमेश्वरमाथिको विश्वास बलियो भएको छ। (प्रेरित २४:१५) मारेको स्वर्गदूतजस्तो हुने कहिल्यै इच्छा नभएकोले भजन ३७:११ मा लिपिबद्ध शब्दहरूले उनको हृदय छोयो: “नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।”
ब्राजिलकी अर्की एक स्त्री सान्ड्रा तीन छोराछोरीकी आदर्श आमा हुन निकै मेहनत गर्थिन्। उनी स्वीकार्छिन्: “म अति व्यस्त भएकोले मेरो बुबाको अकस्मात् मृत्यु भएको समयमै मेरो श्रीमान्को अर्की स्त्रीसित नाजायज सम्बन्ध भएको थाह पाउँदा परमेश्वरलाई मदतको निम्ति प्रार्थना गर्ने विचारसमेत गरिनँ।” निराश भएर सान्ड्राले आफ्नो ज्यान लिने
कोसिस गरिन्। उनलाई निको हुन कुन कुराले मदत गऱ्यो? आध्यात्मिक कुराहरूको निम्ति उनको मूल्यांकनले। “हरेक रात म सुत्नुअघि बाइबल पढ्छु र पढिरहेको मानिसको परिस्थितिमा आफूलाई राख्ने प्रयास गर्छु। म प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका पनि पढ्छु र मलाई विशेष गरी जीवन कथाहरू पढ्न मनपर्छ किनभने त्यसले मलाई आफ्नो जीवनसँग सन्तुष्ट हुन मदत गर्छ।” आफ्नो सबैभन्दा असल मित्र यहोवा हुनुहुन्छ भनेर थाह पाएपछि सान्ड्राले खुलेर प्रार्थना गर्न सिकेकी छिन्।निराशाविनाको भविष्य
मानव दुःखकष्ट अस्थायी हो भनेर थाह पाउनु साह्रै सान्त्वनादायी छ! परमेश्वरको राज्यको शासनअन्तर्गत अहिले अपराध, अन्याय वा पूर्वाग्रहको सिकार भएका केटाकेटी तथा वयस्कहरू आनन्दित हुनेछन्। भविष्यसूचक भजनमा भविष्यवाणी गरिएझैं यहोवाले नियुक्त गर्नुभएको राजा येशू ख्रीष्टले “दरिद्रहरूको पुकारा सुनेर . . . छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई उसले छुटकारा दिनेछ।” यसबाहेक, “कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ।” निस्सन्देह, “अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ। र उसको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।”—भजन ७२:१२-१४.
यी भविष्यसूचक वचनहरू पूरा हुने समय नजिकै छ। के त्यस्तो अवस्थामा अनन्त जीवनको आनन्द उठाउने विचार तपाईंलाई आकर्षक लाग्दैन र? लाग्छ भने, जीवनलाई परमेश्वरले दिनुभएको वरदानको रूपमा लिएर आनन्द उठाउन सक्नुहुन्छ। अनि यी सान्त्वनादायी धर्मशास्त्रीय प्रतिज्ञाहरू अरूलाई पनि बताउनुभयो भने, यस भावशून्य प्रेमरहित संसारमा मदतको निम्ति पुकार गरिरहेका मानिसहरूको जीवन आनन्दले प्रफुल्लित पार्न सक्नुहुनेछ।
[फुटनोट]
a केही नाउँ परिवर्तन गरिएका छन्।
[पृष्ठ ६-मा भएको चित्र]
आज आनन्दित हुने थुप्रै अवसर छन्
[पृष्ठ ७-मा भएको चित्र]
के तपाईं निराशारहित संसारमा बस्न उत्सुक हुनुहुन्छ?