साथीहरूको दबाउको तिनीहरूले कसरी विरोध गर्नसके
साथीहरूको दबाउको तिनीहरूले कसरी विरोध गर्नसके
साथीहरू नगुमाउने इच्छाले थुप्रैलाई ती साथीहरूले जस्तै सोच्न र गर्न बाध्य पार्छ। त्यसैकारण, विशेष गरी जवान ठिटाठिटीहरूलाई लागू पदार्थको दुर्व्यसन र यौन अनैतिकताजस्ता खराब बानीमा सामेल हुन इन्कार गर्न बल चाहिन्छ। त्यसोभए, तिनीहरूले कसरी साथीहरूको दबाउको विरोध गर्नसक्छन् त?
पोल्याण्डकी दुइटी केटीहरूले हालै यसो लेखे: “हाम्रा थुप्रै साथीहरूमाझ सांसारिक झुकाउ प्रस्टै देखिन्छ। तिनीहरू जाँचमा चिट चोर्छन्, फोहर बोली बोल्छन् र उटपटाङे लुगाफाटा तथा जंगली र अनैतिक संगीत असाध्यै मन पराउँछन्। हामी जवानहरूलाई सम्बोधन गर्दै र हामीलाई असन्तुष्ट अनि विद्रोही ठिटाठिटीहरूको प्रभावबाट जोगाउन लेखिएका लेखहरूका लागि हामी साह्रै कृतज्ञ छौं!
“हामी जवानहरू पनि काम लाग्ने मानिस हौं र हाम्रो मूल्यांकन गरिएको छ भनेर व्यक्त गरिएका प्रहरीधरहरा-का लेखहरूले हामीमा अमेट छाप पारेका छन् र ती लेखहरूका लागि कृतज्ञता जाहेर गर्ने शब्द नै हामीसित छैन। हामीले पाएका बाइबलका सल्लाहहरूले हामीलाई निरन्तर यहोवा परमेश्वरलाई प्रसन्न तुल्याउन हाम्रो पाइलालाई ठीक मार्गमा हिंडाउने मदत दिएका छन्। यहोवाप्रति वफादार भई सेवा गर्नु नै जीवनको सर्वोत्तम मार्ग हो भन्ने कुरामा हामी विश्वस्त छौं।”
हो, जवानहरूले साथीहरूको दबाउको विरोध गर्नसक्छन्। आफ्ना “ज्ञानेन्द्रियको” अभ्यास गर्दै मसीही जवानहरूले “संसारको आत्मा होइन” तर ‘परमेश्वरको आत्मा’ प्रतिबिम्ब गर्ने बुद्धिमानी निर्णयहरू गर्न सिकेका छन्।—हिब्रू ५:१४; १ कोरिन्थी २:१२.