के त्यो शैतानको शताब्दी थियो?
के त्यो शैतानको शताब्दी थियो?
“दुष्टताको पराकाष्ठालाई विचार गर्दा त्यस शताब्दीलाई शैतानको शताब्दी भन्नु एकदमै उपयुक्त छ। जाति, धर्म वा वर्गको कारण एक-अर्कालाई मार्ने यति धेरै झुकाव र प्रवृत्ति मानिसहरूमा पहिला कहिल्यै देखा परेको थिएन।”
नाजी मृत्यु शिविरमा कैद गरिएका निर्दोषहरूले मुक्ति पाएको ५० औं वार्षिकोत्सवको अवसरमा जनवरी २६, १९९५ को न्यु योर्क टाइम्स-ले आफ्नो सम्पादकीयमा माथि उल्लिखित टिप्पणीहरू लेखे। इतिहासमा सबैभन्दा चर्चित जातीय संहार भनेर चिनिने होलोकस्टले ६० लाख यहूदीहरूको संहार गऱ्यो। त्यस नरसंहारमा ज्यान गुमाएका तीस लाख गैर-यहूदी पोलिस नागरिकहरूको त चर्चासम्म गरिएको छैन र यसलाई “होलोकस्टमा बिर्सिएकाहरू” भन्ने संज्ञा दिइएको छ।
आफ्नो पुस्तक ह्युम्यानिटी—अ मोरल हिस्ट्री अफ द ट्वेन्टिइथ सेन्चुरी-मा जोनाथन ग्लोभर यस्तो लेख्छन्, “सन् १९०० देखि १९८९ सम्ममा युद्धले ८ करोड ६० लाख मानिसहरूको ज्यान लिएको अनुमान गरिएको छ।” उनी अझै यसो भन्छन्, “बीसौं शताब्दीमा युद्धमा मरेकाहरूको संख्या कल्पनासमेत गर्न सकिंदैन।” दुईवटा विश्व युद्धहरूमा मात्र दुई तिहाइ (५ करोड ८० लाख) मानिसहरू मारिएका हुनाले मर्नेहरूको औसत संख्या अझसम्म पुष्टि हुन सकेको छैन। तर यी सबै मरेका मानिसहरूको संख्यालाई हरेक दिनमा भाग लगाउने हो भने, बीसौं शताब्दीमा हरेक दिन लगभग २,५०० मानिसहरू मारिए अर्थात् नब्बे वर्षको अवधिमा हरेक घण्टा १०० जना भन्दा बढी मानिसहरू मारिए।”
त्यसैकारण, २० औं शताब्दीलाई सबैभन्दा धेरै रक्तपात भएको शताब्दी भनिएको छ। होप अगेन्स्ट होप-मा नाडिज्डा म्यानडेलस्टामले यस्तो लेखिन्: “मानवीय मूल्यमान्यताहरूको धज्जी उडेको र कुल्चिमिल्चीपछि हामीले खराबीको विजयोत्सव देखेका छौं।” असल र खराबको द्वन्द्वमा के खराबीको साँच्चै जीत भएको छ?
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
COVER: Mother and daughter: J.R. Ripper/SocialPhotos
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
U.S. Department of Energy photograph