सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“दुई जना मानिसले हाम्रो ढोका ढकढक्याए”

“दुई जना मानिसले हाम्रो ढोका ढकढक्याए”

“दुई जना मानिसले हाम्रो ढोका ढकढक्याए”

“हाम्री सानी छोरी गुमाएको दुई वर्ष भइसक्यो र अझै पनि हामीले दुःख भुल्न सकेका छैनौं।” फ्रान्सको सेन्ट-एट्यनमा प्रकाशित ला प्रोग्रे भन्‍ने समाचारपत्रमा छापिएको पत्रको सुरुमा त्यसो भनिएको छ।

“मेलीशा तीन महिनाकी हुँदा उसलाई ट्रिजोमी १८ भन्‍ने डरलाग्दो रोग लाग्यो। अति अन्याय भयो जस्तो लाग्ने यस्तो पीडाले पछिसम्म असर गरिरहन सक्छ। हामी क्याथोलिक धर्ममा हुर्किए तापनि हाम्रो मनमा अक्सर ‘हे परमेश्‍वर, यदि तपाईं हुनुहुन्छ भने किन यस्ता कुराहरू हुन दिनुहुन्छ?’ भन्‍ने सोचाइ आइरहन्थ्यो।” स्पष्टतया, उक्‍त पत्र लेख्ने आमा निकै निराश र असहाय थिइन्‌। उनले पत्रमा अझै यस्तो लेखिन्‌:

“यी घटनाहरू घटेको धेरै समय नबित्दै दुई जना मानिसले हाम्रो ढोका ढकढक्याए। उनीहरू यहोवाका साक्षीहरू हुन्‌ भन्‍ने कुरा मैले तुरुन्तै थाह पाइहालें। शिष्टतापूर्वक उनीहरूलाई बिदा गरिहाल्ने विचार गरेकी थिएँ तर त्यत्तिकैमा उनीहरूले प्रस्तुत गरिरहेको पुस्तिका देखें। त्यो पुस्तिका परमेश्‍वरले किन दुःखकष्ट हुने अनुमति दिनुहुन्छ भन्‍ने विषयमा थियो। उनीहरूको तर्कलाई गलत साबित गर्ने उद्देश्‍यले मैले उनीहरूलाई भित्र बोलाउने निर्णय गरें। दुःखकष्टको सन्दर्भमा कुरा गर्ने हो भने, मेरो परिवारले साँच्चै अचाक्ली दुःख भोगिसकेको छ भन्‍ने मलाई लाग्थ्यो अनि ‘परमेश्‍वरले हामीलाई छोरी दिनुभयो र परमेश्‍वरले नै उसलाई लैजानुभयो’ भन्‍ने थुप्रै खोक्रा भनाइहरू प्रशस्त सुनिसकेका थियौं। साक्षीहरू एक घण्टाभन्दा अलि बढी बसे। उनीहरूले ठूलो अनुकम्पा देखाउँदै मेरो कुरा सुने र उनीहरू जानेबेलामा मैले यत्ति हल्का महसुस गरें कि म पुनःभेटको लागि राजी भएँ। त्यो आजभन्दा दुई वर्षअघिको कुरा हो। म यहोवाको साक्षी भएकी छैन तर मैले उनीहरूसित बाइबल अध्ययन गर्न थालेकी छु र यथासक्दो उनीहरूका सभाहरूमा पनि उपस्थित हुन्छु।”