प्रहरीधरहरा—अध्ययन संस्करण मार्च २०१३

यस अङ्कले सबै ख्रीष्टियनहरूलाई जीवनको दौड कसरी दौडिरहने भनी सम्झाउँछ। अनि यसले कसरी आफ्नै हृदयलाई र हाम्रा परमेश्वर यहोवालाई चिन्ने भनेर अन्तरदृष्टि पनि दिन्छ।

यहोवालाई प्रेम गर्नेहरूका लागि “ठेस खाने कुनै कारणै रहँदैन”

यहोवाको व्यवस्था पालन गर्नेहरूका लागि कुन अर्थमा ठेस खाने कुनै कारण छैन? जीवनको दौड दौडिरहन केले मदत गर्न सक्छ, बुझ्नुहोस्।

के तपाईंसित यहोवालाई “चिन्ने हृदय” छ?

भविष्यवक्ता यर्मियाका शब्दहरूले स्वस्थ हृदय प्राप्त गर्न र कायम राख्न मदत गर्छ।

‘परमेश्वरलाई चिन्नुभएको छ’—अब के गर्नुपर्छ?

परमेश्वरप्रतिको विश्वास र भक्ति कत्तिको बलियो छ भनेर जाँचिरहनु किन महत्त्वपूर्ण छ, थाह पाउनुहोस्।

सान्त्वना पाउनुहोस्, सान्त्वना दिनुहोस्

हामी सबैले रोगबिमारको सामना गर्नुपरेको छ, केही त सिकिस्त बिरामीसमेत परेका छन्‌। त्यस्ता कठिन परिस्थिति भोग्नुपर्दा त्यसको सामना कसरी गर्न सक्छौं?

यहोवा हाम्रो वासस्थान

हामी दुष्ट संसारमा बाँचिरहेका छौं तर यहोवाले आफ्ना जनहरूलाई सुरक्षित राख्नुहुनेछ भनेर किन विश्वस्त हुन सक्छौं?

यहोवाको महान्‌ नामको आदर गर्नुहोस्

यहोवाको नाम प्रयोग गर्न पाएको सुअवसरलाई तपाईं कुन दृष्टिले हेर्नुहुन्छ? परमेश्वरको नाम थाह पाउनु र उहाँको नाममा हिंड्नुको अर्थ के हो?

के यो जोसेफसले नै लेखेका थिए?

टेस्टिमोनियम फ्लेभियनम भनिने ग्रीक अंश यहूदी इतिहासकार फ्लेभियस जोसेफसले नै लेखेका थिए?

कहिल्यै आशा नमार्नुहोस्!

कहिल्यै आशा नमार्नुहोस् किनकि कसैले पछि सत्य स्वीकार्न सक्छन्‌। पछि सत्य स्वीकारेका केही व्यक्तिबारे पढ्नुहोस्, साथै तिनीहरूले किन सत्य स्वीकारे, त्यसबारे पनि बुझ्नुहोस्।