प्रहरीधरहरा—अध्ययन संस्करण जुलाई २०१३

यस अङ्कमा येशूको भविष्यवाणीमा उल्लिखित घटनाक्रमको समयावधिबारे हाम्रो बुझाइमा भएका केही छाँटकाँटका साथै विश्वासी र बुद्धिमान्‌ दासको परिचय दिइएको छ।

“हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्‌?”

येशूले मत्ती अध्याय २४ र २५ मा गर्नुभएको भविष्यवाणीको पूर्ति हुने समयावधिबारे हाम्रो बुझाइमा कस्तो छाँटकाँट गरिएको छ?

‘हेर, म सधैंभरि तिमीहरूसितै छु’

गहुँ र सामासम्बन्धी येशूको दृष्टान्तमा बीउ छर्ने, बाली बढ्ने र बाली काट्ने समयावधिबारे व्याख्या गरिएको छ। बाली काट्ने बेलासम्बन्धी हाम्रो बुझाइमा के छाँटकाँट गरिएको छ?

येशू थोरै मानिसमार्फत धेरैलाई खुवाउनुहुन्छ

प्रथम शताब्दीका मण्डलीहरूलाई येशूले कसरी आध्यात्मिक भोजन दिनुभयो? के येशूले आज पनि यो तरिका प्रयोग गर्दै हुनुहुन्छ?

“वास्तवमा विश्वासी र बुद्धिमान्‌ दास को हो?”

विश्वासी र बुद्धिमान्‌ दाससम्बन्धी हाम्रो बुझाइमा गरिएको छाँटकाँटबारे यस लेखमा बताइएको छ। हाम्रो आध्यात्मिक स्वास्थ्य यही माध्यममा कसरी निर्भर छ, विचार गर्नुहोस्।

परिचालक निकायको नयाँ सदस्य

सेप्टेम्बर १, २०१२ देखि मार्क स्यान्डर्सनले यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्यको रूपमा सेवा गर्न थाल्नुभयो।

जीवनी

जहाँ भए पनि यहोवाको सेवा गर्न उत्सुक

विभिन्न चुनौती र बदलिंदो परिस्थितिको बाबजुद नेदरल्याण्ड्सका एक दम्पतीले यहोवामा पूरा भरोसा राख्न कसरी सिके, पढ्नुहोस्।

“आहा! कत्ति राम्रो चित्र!”

हाम्रा प्रकाशनमा राखिएका चित्रहरूले हाम्रो मन छुन्छ र हामीलाई सोच्न लगाउँछ। यी सुन्दर चित्रहरूबाट तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ?