नरकबारे येशूले के सिकाउनुभयो?
नरकबारे येशूले के सिकाउनुभयो?
येशूले भन्नुभयो: “तिम्रो आँखाले तिमीलाई बाधा दिन्छ भने, त्यसलाई झिकेर फालिदेऊ, दुई आँखा भएरै नरकमा फालिनुभन्दा ता एक आँखा भएर परमेश्वरको राज्यमा पस्नु तिम्रो निम्ति बढिया हो। जहाँ न तिनीहरूका कीरा मर्दछन्, औ न आगो निभ्दछ।”—मर्कूस ९:४७, ४८.
अर्को अवसरमा येशूले न्यायको समयबारे कुरा गर्नुभयो जतिबेला उहाँले दुष्टहरूलाई यसो भन्नुहुनेछ: “ए श्रापित हो, शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्त आगोमा मबाट दूर भइजाओ।” तिनीहरू “अनन्त दण्डमा . . . जानेछन्” भनेर पनि उहाँले भन्नुभयो।—मत्ती २५:४१, ४६.
झट्ट हेर्दा येशूले भनेका माथिका शब्दहरूले अग्निमय नरककुण्डको शिक्षालाई बढवा दिएको जस्तो देखिन सक्छ। तर स्पष्ट छ, परमेश्वरको वचनको विपरीत जाने आशय येशूको थिएन। किनभने बाइबलले स्पष्टसित यसो भन्छ: “मरेकाहरूले ता केही पनि जान्दैनन्।”—उपदेशक ९:५.
त्यसोभए “नरकमा” फालिने कुरा गर्दा येशूले केलाई संकेत गरिरहनुभएको थियो? येशूले चेतावनी दिनुभएको “अनन्त आगो” शाब्दिक हो कि लाक्षणिक? कुन अर्थमा दुष्टहरू “अनन्त दण्डमा . . . जानेछन्?” आउनुहोस्, यी प्रश्नहरूलाई एक-एक गरी केलाऔं।
“नरकमा” फालिने कुरा गर्नुहुँदा येशूले केलाई संकेत गरिरहनुभएको थियो? मर्कूस ९:४७ मा “नरक” भनी अनुवाद गरिएको मूल युनानी शब्द गेएन्ना हो। यो हिब्रू शब्द गेहिन्नोन-बाट आएको हो जसको “हिन्नोनको बेंसी” भन्ने अर्थ लाग्छ। यो प्राचीन यरूशलेमको बाहिरपट्टि पर्थ्यो। इस्राएली राजाहरूको समयमा यो ठाउँ केटाकेटीहरू बलि चढाउन प्रयोग गरिन्थ्यो। त्यो घृणित प्रचलन परमेश्वरको दृष्टिमा अत्यन्तै निन्दित थियो। यस्तो झूटो उपासनामा भाग लिनेहरूलाई मार्नेछु भनी परमेश्वरले भन्नुभएको थियो। हिन्नोनको बेंसीलाई “हत्याको बेंसी” भनिने थियो जहाँ यस्ता “प्रजाका लाश” नगाडि त्यतिकै फालिने थियो। (यर्मिया ७:३०-३४) यसरी यहोवाले हिन्नोनको बेंसी जीवितहरूलाई सास्ती दिइने ठाउँ होइन तर लाशहरू फ्याँक्ने ठाउँ हुनेछ भनी अगमवाणी गर्नुभयो।
येशूको समयमा यरूशलेमवासीले हिन्नोनको बेंसीलाई फोहोर-मैला फ्याँक्न प्रयोग गर्थे। तिनीहरूले त्यहाँ केही दुष्ट अपराधीहरूको लास फ्याँक्थे अनि फोहोर र सिनोहरू जलाउन सधैं आगो बालिराख्थे।
येशूले कीरा मर्नेछैन र आगो निभ्नेछैन भन्नुहुँदा यशैया ६६:२४ लाई संकेत गरिरहनुभएको हुनुपर्छ। “[परमेश्वर] विरुद्ध अपराध गर्ने मानिसहरूका लाश”-बारे कुरा गर्दा यशैयाले “तिनीहरूका कीरा मर्नेछैन। तिनीहरूको आगो निभ्नेछैन” भनी बताए। यशैयाका यी शब्दहरूले गाड्न योग्य नठहरिएकाहरूको लासलाई संकेत गर्छ भनी येशू र उहाँका श्रोताहरूलाई थाह थियो।
तसर्थ, येशूले हिन्नोनको बेंसी वा गेहेन्नालाई पुनरुत्थानको आशा नभएको मृत्यु बुझाउन प्रयोग गर्नु मत्ती १०:२८) गेहेन्ना अनन्त मृत्युको प्रतीक हो, अनन्त सास्तीको होइन।
उपयुक्त थियो। परमेश्वरले “आत्मा र शरीर दुवैलाई नरकमा [अर्थात् युनानी शब्द गेहेन्नामा] नाश गर्न” सक्नुहुन्छ भन्नुहुँदा येशूले यो कुरा स्पष्ट पार्नुभयो। (येशूले चेतावनी दिनुभएको “अनन्त आगो” शाब्दिक हो कि लाक्षणिक? याद गर्नुहोस्, मत्ती २५:४१ मा लिपिबद्ध येशूले उल्लेख गरेको “अनन्त आगो” “शैतान र त्यसका दूतहरूका लागि” तयार पारिएको हो। शाब्दिक आगोले आत्मिक प्राणीलाई जलाउन सक्छ जस्तो के तपाईंलाई लाग्छ? वा यहाँ येशूले “आगो” शब्दलाई लाक्षणिक अर्थमा चलाउनुभएको हो? येशूको त्यही उपदेशमा बताइएको “भेडा” र “बाख्रा” अवश्यै शाब्दिक होइनन्। ती त दुई खाले मानिसहरू बुझाउन चलाइएका दृष्टान्त मात्र हुन्। (मत्ती २५:३२, ३३) येशूले भनेको त्यो अनन्त आगोले प्रतीकात्मक अर्थमा दुष्टहरूलाई पूरै भस्म गर्नेछ।
कुन अर्थमा दुष्टहरू “अनन्त दण्डमा . . . जानेछन्?” धेरैजसो बाइबल अनुवादहरूले मत्ती २५:४६ मा “दण्ड” शब्द प्रयोग गरेको भए पनि युनानी शब्द कोलासिन-को मुख्य अर्थ “रूखको वृद्धि रोक्नु” वा अनावश्यक हाँगाहरू छाँट्नु तथा काट्नु हो। तसर्थ, भेडाखाले नम्र व्यक्तिहरूले अनन्त जीवन पाउँछन् भने अपश्चत्तापी बाख्राखाले व्यक्तिहरूले चाहिं फेरि कहिल्यै जीवन नपाउने गरी “अनन्त दण्ड” भोग्छन्।
तपाईंको विचार कस्तो छ?
येशूले कहिल्यै सिकाउनुभएन कि मानिसमा अमर प्राण हुन्छ। बरु उहाँले अक्सर मरेकाहरूको पुनरुत्थान हुन्छ भनी सिकाउनुभयो। (लूका १४:१३, १४; यूहन्ना ५:२५-२९; ११:२५) प्राण मर्दैन भनेर येशूले विश्वास गर्नुभएको भए किन मरेकाहरूको पुनरुत्थान हुन्छ भन्नुहुन्थ्यो र?
येशूले सिकाउनुभएन कि परमेश्वरले अहित चिताएर दुष्टहरूलाई सास्ती दिनुहुन्छ। बरु उहाँले यसो भन्नुभयो: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) येशूले उहाँमा विश्वास नगर्नेहरू मर्नेछन् भनी किन भन्नुहुन्थ्यो र? नरकको अग्निकुण्डमा दुःख खेप्दै सदा बाँचिरहने कुरा गर्नुभएको हो भने उहाँले त्यसै भन्नुहुने थिएन र?
नरक सास्ती दिने ठाउँ हो भन्ने शिक्षा बाइबल आधारित होइन। बरु, यो त गैर-ख्रीष्टियान शिक्षा हो जसलाई ख्रीष्टियान शिक्षाको रूपमा पेस गरिन्छ। ( पृष्ठ ६ को “नरकको संक्षिप्त इतिहास” भन्ने पेटी हेर्नुहोस्।) हो, परमेश्वर मानिसहरूलाई नरकमा अनन्त सास्ती दिनुहुन्न। नरकबारे यथार्थ कुरा सिक्दा परमेश्वरप्रतिको तपाईंको मनोवृत्तिमा असर पर्छ, कसरी? (w 08 11/1)
[पृष्ठ ६-मा भएको पेटी]
नरकको संक्षिप्त इतिहास
मूर्तिपूजकहरूको विश्वासबाट आएको: प्राचीन मिश्रीहरूले अग्निमय नरककुण्डमा विश्वास गर्थे। ईसापूर्व १३७५ को एउटा पुस्तक द बुक आमतोत-ले ती व्यक्तिहरूबारे बताउँछ जो “उँधोमुन्टो पारेर अग्निकुण्डमा फालिनेछन्; अनि . . . त्यहाँबाट उम्कनेछैनन्; . . . दन्किरहेको आगोबाट भाग्न सक्नेछैनन्।” युनानी दार्शनिक प्लुटार्कले (इस्वी संवत् ४६-१२० तिरका) पातालमा हुनेहरूबारे यसरी लेखे: “दर्दनाक सास्ती खानुका साथै लज्जास्पद र खतरनाक दण्ड भोग्नुपर्दा [तिनीहरू] विलाप गर्दै चिच्याए।”
यहूदी धर्ममा पनि फैलियो: इतिहासकार जोसेफसको (इस्वी संवत् ३७-१०० तिरका) रिपोर्टअनुसार एउटा यहूदी गुट एसेनसले “प्राण अमर हुन्छ, सधैं बाँचिरहन्छ” भनेर विश्वास गर्थ्यो। उनले अझ भन्यो: “यो विश्वास युनानीहरूको धारणासित मिल्छ . . . तिनीहरूको सोचाइमा खराब प्राणलाई अँध्यारो र डरलाग्दो ठाउँमा कैद गरिन्छ जहाँ दण्डको अन्त कहिल्यै हुँदैन।”
चर्चहरूमा घुस्यो: इस्वी संवत् दोस्रो शताब्दीमा एउटा अप्रमाणिक किताब एपोक्यास्पी अफ पिटर-ले दुष्टहरूबारे यसो भन्यो: “त्यहाँ तिनीहरूका लागि कहिल्यै ननिभ्ने आगो दन्किरहेको हुन्छ।” उक्त किताब यसो पनि भन्छ: “क्रोधको दूत एज्रियलले आधा शरीर जलिरहेको पुरुष-स्त्रीहरूलाई ल्याएर मानिसहरूको नरक अर्थात् अँध्यारो ठाउँमा हाल्छ र त्यहाँ तिनीहरूलाई क्रोधको दूतले दण्ड दिन्छ।” त्यही समयको दौडान एन्टिओकका लेखक थियोफिलसले युनानी अगमवादिनी सिबिलको भविष्यवाणी उद्धृत गर्छन्। उक्त अगमवादिनीले दुष्टहरूले पाउने दण्डबारे यस्तो भविष्यवाणी गरेकी थिइन्: “तिमीहरूमाथि बल्दो आगो खनिनेछ र तिमीहरू अग्निज्वालामा सधैंभरि जलिरहनेछौ।” थियोफिलसले यसो पनि भने: “यो सबै मानिसका लागि साँचो, उपयोगी, सही र लाभदायी छ।”
मध्ययुगमा मच्चिएको हिंसालाई सही ठहऱ्याउन अग्निमय नरककुण्डको शिक्षा प्रयोग गरियो: झन्डै ३०० जना प्रोटेस्टेन्टहरूलाई खाँबोमा जिउँदै जलाएकोले “रक्तपिपासु मेरी” भनी चिनिएका बेलायतकी रानी मेरी प्रथमले (१५५३-१५५८) यसो भनेकी थिइन् भनिन्छ: “मरेपछि धर्मविरोधीहरूको प्राणले नरकको आगोमा सदासर्वदा सास्ती खाने भएकोले परमेश्वरले लिने बदलाको अनुकरण गर्दै पृथ्वीमा तिनीहरूलाई जलाउनु मेरो निम्ति सबैभन्दा उचित कुरा हो।”
हालको परिभाषा: हालका वर्षहरूमा कतिपय धार्मिक संगठनहरूले नरकबारे आफ्नो शिक्षालाई संशोधन गरेका छन्। उदाहरणको लागि, चर्च अफ इङ्गल्यान्डको सैद्धान्तिक नियोगले जारी गरेको रिपोर्टले यसो भन्यो: “नरक अनन्त यातना होइन तर परमेश्वरबाट पूर्णतया विमुख रहने जीवनशैली हो, यसको परिणाम सदाको लागि अस्तित्वबाट मेटिनु हो।”
[पृष्ठ ७-मा भएको पेटी
‘आगोको कुण्ड’ के हो?
प्रकाश २०:१० भन्छ, शैतानलाई ‘आगोको कुण्डमा’ फालिनेछ र त्यसले “दिनरात सदासर्वदै शासना भोग्नेछन्।” यदि शैतानलाई सदासर्वदै सास्ती दिने हो भने परमेश्वरले त्यसलाई जीवितै राख्नुपर्ने हुन्छ। तर बाइबल बताउँछ, येशूले त्यसलाई “नष्ट” गर्नुहुनेछ। (हिब्रू २:१४, NRV ) लाक्षणिक अग्निकुण्डले “दोस्रो मृत्यु”-लाई बुझाउँछ। (प्रकाश २१:८) यो मृत्यु, बाइबलमा उल्लिखित आदमको पापले गर्दा आएको पहिलो मृत्यु होइन जसबाट पुनरुत्थानद्वारा मुक्त हुन सकिन्छ। (१ कोरिन्थी १५:२१, २२) किनभने ‘आगोको कुण्डले’ यसमा भएकाहरूलाई मुक्त गर्छ भनेर बाइबल बताउँदैन। त्यसैले, “दोस्रो मृत्यु” अर्कै प्रकारको कहिल्यै उल्टाउन नसकिने मृत्यु हो।
‘आगोको कुण्डमा’ भएकाहरूले कुन अर्थमा अनन्त सास्ती भोग्छन्? कहिलेकाहीं “सास्ती दिनु”-ले कसैलाई “रोक्नु” भन्ने अर्थ दिन सक्छ। एक पटक प्रेतहरू येशूको सामु पर्दा तिनीहरू यसरी कराए: “के तपाईं बेला नपुग्दै हामीहरूलाई सताउन [अर्थात् अगाध भड्खालोमा कैद गर्न] यहाँ आउनुभएको हो?” (मत्ती ८:२९; लूका ८:३०, ३१) त्यसैले, त्यस “कुण्डमा” हुनेहरू सबैले अनन्त रोकावट वा “दोस्रो मृत्यु”-को “सास्ती” भोग्नेछन्।