सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं साँचो धर्म कसरी चिन्‍न सक्नुहुन्छ?

तपाईं साँचो धर्म कसरी चिन्‍न सक्नुहुन्छ?

पवित्र शास्त्रबाट सिक्नुहोस्‌

तपाईं साँचो धर्म कसरी चिन्‍न सक्नुहुन्छ?

यस लेखमा तपाईंको मनमा उठ्‌न सक्ने प्रश्‍नहरूको छलफल गरिएको छ। साथै ती प्रश्‍नहरूको जवाफ बाइबलमा कहाँ पाउन सक्नुहुन्छ भनेर पनि यसमा बताइएको छ। यहोवाका साक्षीहरू यी प्रश्‍नका जवाफहरू तपाईंसित छलफल गर्न खुसी हुनेछन्‌।

१. के साँचो धर्म एउटा मात्र छ?

येशूले आफ्ना चेलाहरूलाई एउटा मात्र धर्म अर्थात्‌ साँचो धर्मबारे सिकाउनुभयो। यसलाई जीवनतर्फ डोऱ्‍याउने बाटोसित तुलना गर्न सकिन्छ। त्यस बाटोबारे येशूले भन्‍नुभयो: “यो भेट्टाउने थोरै हुन्छन्‌।” (मत्ती ७:१४) परमेश्‍वरले आफ्नो सत्य वचनमा आधारित उपासना मात्र स्वीकार्नुहुन्छ। सबै साँचो उपासक एउटै विश्‍वासमा एकताबद्ध छन्‌।यूहन्‍ना ४:२३, २४; १४:६; एफिसी ४:४, ५ पढ्‌नुहोस्‌।

२. ख्रीष्टियनहरू किन यति थरि-थरिका छन्‌?

झूटा भविष्यवक्‍ताहरूले ख्रीष्टियनधर्मलाई भ्रष्ट बनाएका छन्‌ अनि यसलाई आफ्नै फाइदाको लागि प्रयोग गरेका छन्‌। येशूले भविष्यवाणी गर्नुभएझैं तिनीहरू “भेडाको” भेषमा आउँछन्‌ तर भोका ब्वाँसाहरूजस्तो व्यवहार गर्छन्‌। (मत्ती ७:१३-१५, २१, २३) झूटो ख्रीष्टियनधर्म विशेषगरि येशूका प्रेषितहरूको मृत्युपछि देखा पर्न थाल्यो।प्रेषित २०:२९, ३० पढ्‌नुहोस्‌।

३. साँचो धर्मका केही विशेषता के हुन्‌?

साँचो उपासकहरूले बाइबललाई परमेश्‍वरको वचनको रूपमा आदर गर्छन्‌। तिनीहरू बाइबलका सिद्धान्तअनुसार जीवन बिताउने प्रयास गर्छन्‌। त्यसैले साँचो धर्म र मानिसको धारणामा आधारित धर्मबीच भिन्‍नता छ। (मत्ती १५:७-९) साँचो उपासकहरू एउटा कुरा प्रचार गर्ने अनि व्यवहारमा भने अर्कै कुरा गर्ने गर्दैनन्‌।यूहन्‍ना १७:१७; २ तिमोथी ३:१६, १७ पढ्‌नुहोस्‌।

साँचो धर्मले परमेश्‍वरको नाम यहोवाको आदर गर्छ। येशूले परमेश्‍वरको नामबारे अरूलाई बताउनुभयो। उहाँले मानिसहरूलाई परमेश्‍वरबारे थाह पाउन मदत गर्नुभयो अनि तिनीहरूलाई परमेश्‍वरको नाम पवित्र पारियोस्‌ भनी प्रार्थना गर्न पनि सिकाउनुभयो। (मत्ती ६:९) तपाईंको इलाकामा कुन धर्मले परमेश्‍वरको नाम प्रयोग गर्न सिकाउँछ?यूहन्‍ना १७:२६; रोमी १०:१३, १४ पढ्‌नुहोस्‌।

४. तपाईं साँचो धर्मका उपासकहरू कसरी चिन्‍न सक्नुहुन्छ?

साँचो ख्रीष्टियनहरूले परमेश्‍वरको राज्यबारे प्रचार गर्छन्‌। परमेश्‍वरले येशूलाई उहाँको राज्यबारे प्रचार गर्न पठाउनुभयो। मानिसजातिको एक मात्र आशा परमेश्‍वरको राज्य हो। यसबारे येशूले आफ्नो मृत्यु हुने दिनसम्मै बताइरहनुभयो। (लूका ४:४३; ८:१; २३:४२, ४३) उहाँले आफ्ना चेलाहरूलाई परमेश्‍वरको राज्यबारे प्रचार गर्नू भन्‍नुभयो। यदि कोही तपाईंसित परमेश्‍वरको राज्यबारे कुरा गर्न आउँछ भने ऊ सम्भवत: कुन धर्मको होला?मत्ती १०:७; २४:१४ पढ्‌नुहोस्‌।

येशूका चेलाहरू यस दुष्ट संसारको भाग होइनन्‌। तिनीहरू राजनीतिक मामिला वा सामाजिक मतभेदमा कसैको पक्ष लिंदैनन्‌। (यूहन्‍ना १७:१६) साथै, तिनीहरू यस संसारको हानिकारक प्रचलन र मनोभावको अनुकरण गर्दैनन्‌।याकूब १:२७; ४:४ पढ्‌नुहोस्‌।

५. साँचो ख्रीष्टियनधर्मको मुख्य चिनारी के हो?

साँचो ख्रीष्टियनहरूले एकअर्काप्रति उल्लेखनीय प्रेम देखाउँछन्‌। परमेश्‍वरको वचनले सिकाएअनुसार तिनीहरूले सबै जातीय समूहका मानिसहरूलाई आदर गर्न सिकेका छन्‌। झूटो धर्मले अक्सर संसारका युद्धहरूलाई जोडतोडले समर्थन गर्छ तर साँचो उपासकहरू यसो गर्न इन्कार गर्छन्‌। (मीका ४:१-४) साँचो धर्मका सदस्यहरू अरूलाई मदत गर्न अनि प्रोत्साहन दिन आफ्नो समय र स्रोतसाधन प्रयोग गर्न कन्जुस्याइँ गर्दैनन्‌।यूहन्‍ना १३:३४, ३५; १ यूहन्‍ना ४:२०, २१ पढ्‌नुहोस्‌।

एउटा समूहको रूपमा लिंदा यहोवाका साक्षीहरूको सबै शिक्षा परमेश्‍वरको वचनमा आधारित छन्‌, तिनीहरू परमेश्‍वरको नामको आदर गर्छन्‌ अनि मानिसजातिको एक मात्र आशा परमेश्‍वरको राज्य हो भनी घोषणा गर्छन्‌। तिनीहरू एकअर्कालाई प्रेम देखाउँछन्‌ अनि युद्धलाई समर्थन गर्दैनन्‌।—१ यूहन्‍ना ३:१०-१२. (w11-E 08/01)

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय १५ हेर्नुहोस्‌।

[पृष्ठ १६-मा भएको चित्र]

“परमेश्‍वरलाई चिनेका छौं भनेर तिनीहरू खुलेआम घोषणा गर्छन्‌ तर आफ्ना कामहरूद्वारा भने उहाँलाई इन्कार गर्छन्‌।”—तीतस १:१६.