भरपर्दो इतिहास
भरपर्दो इतिहास
“सुरुदेखिका सबै घटना ठीक-ठीक पत्ता लगाएको” छु।—लूका १:३.
बाइबल किन भिन्न? कथा तथा मिथ्या सुन्दा रमाइलो भए तापनि तिनमा घटना भएको खास ठाउँ, मिति र ऐतिहासिक व्यक्तिहरूको नाम खुलाइएको हुँदैन। यसको ठीक विपरीत बाइबलमा भएका अनगिन्ती ऐतिहासिक विवरणसित सम्बन्धित “सम्पूर्ण वचनहरू सत्य छन्” भनेर पाठकहरू निर्धक्क हुन सक्छन्।—भजन ११९:१६०, NRV.
एउटा उदाहरण: “[बाबेलका राजा] नबूकदनेसर[ले] . . . [यहूदाका राजा] यहोयाकीनलाई कैद गरेर बाबेलमा लगे।” पछि “बाबेलका राजा एबील-मरोदकले आफ्नो राज्याभिषेकको वर्षमा यहूदाका राजा यहोयाकीनमाथि दया देखाए। उनले तिनलाई कैदबाट निकाले।” साथै “राजाले तिनको [यहोयाकीनको] भरण-पोषणको निम्ति दैनिक भत्ता तिनको जीवनभरिनै दिए।”—२ राजा २४:११, १५; २५:२७-३०.
पुरातत्त्वविद्हरूले के पत्ता लगाएका छन्? पुरातत्त्वविद्हरूले बेबिलोनको भग्नावशेषमा नबूकदनेसर द्वितीयको शासनकालको प्रशासनिक शिलालेखहरू फेला पारेका छन्। तिनमा भरण-पोषणको निम्ति राजकीय घरानामा भर पर्ने कैदी तथा अरू व्यक्तिको नामावली छ। यस नामावलीमा “यहूदका (यहूदा) राजा” “यौकिनको [यहोयाकीनको]” र तिनको घरानाबारे पनि उल्लेख गरिएको छ। नबूकदनेसरका उत्तराधिकारी एबील-मरोदकको अस्तित्वबारे के भन्न सकिन्छ? सुसा सहरनजिकै भेटिएको फूलदानीमा यस्तो लेखिएको थियो: “बाबेलका राजा नबूकदनेसरका छोरा, राजा अमिल-मार्डुकको [एबील-मरोदकको] महल।”
तपाईंलाई कस्तो लाग्यो? ऐतिहासिक विवरणको सन्दर्भमा अर्को कुन धार्मिक ग्रन्थ यति विशेष अनि भरपर्दो छ? अथवा बाइबल नै उत्कृष्ट छ? (w12-E 06/01)
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
“कुनै घटना भएको समय र ठाउँबारे बाइबलले दिएको जानकारी अरू कुनै पनि शिलालेखको जानकारीभन्दा सही अनि भरपर्दो छ।”—पुरानो करारको वैज्ञानिक अनुसन्धान, रोबर्ट डि. विलसनको अङ्ग्रेजी पुस्तक
[पृष्ठ ५-मा भएको चित्र]
यहूदाका राजा यहोयाकीनबारे उल्लेख गरिएको बेबिलोनी शिलापत्र
[पृष्ठ ५-मा भएको चित्रको स्रोत]
© bpk Berlin/Vorderasiatisches Museum SMB/Olaf M. Tessmer/Art Resource NY