यो पुस्तिका कसरी प्रयोग गर्ने
यो पुस्तिका कसरी प्रयोग गर्ने
यो पुस्तिका बाइबल अध्ययनको लागि तयार पारिएको हो। यो पुस्तिका कसरी प्रयोग गर्ने? हामी यस्तो सुझाउ दिन्छौं: हरेक पाठको प्रारम्भमा प्रश्नहरू दिइएका छन्। अनि प्रत्येक प्रश्नसँगै कोष्ठक चिह्नभित्र दिइएका अनुच्छेदहरूमा जवाफहरू छन्। सर्वप्रथम प्रश्नहरू पढ्नुहोस्। अनि केही बेर मनन गर्नुहोस्। त्यसपछि प्रत्येक अनुच्छेद पढ्नुहोस् र आफ्नो बाइबल पल्टाएर शास्त्रपदहरू पनि हेर्नुहोस्। पाठ पढिसकेपछि त्यहाँ दिइएका प्रश्नहरू फेरि हेर्नुहोस् र बाइबलले प्रत्येक प्रश्नको जवाफ कसरी दिन्छ, सम्झने कोसिस गर्नुहोस्। अन्तमा सम्पूर्ण पुस्तिका पढिसक्नुभएपछि सुरुदेखि सबै प्रश्नहरू दोहोऱ्याउनुहोस्।