बाइबल के भन्छ?
परमेश्वरको राज्य के हो?
कसै-कसैलाई परमेश्वरको राज्य मानिसको मनभित्रको अवस्था हो जस्तो लाग्छ; कसैलाई चाहिं विश्वमा शान्ति ल्याउने मानव प्रयासको नतिजा हो जस्तो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ?
बाइबल के भन्छ?
“स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन . . . त्यसले यी सबै [मानव] राज्यहरूलाई चक्नाचूर पार्नेछ र तिनीहरूको अन्त गरिदिनेछ।” (दानियल २:४४) परमेश्वरको राज्य वास्तविक सरकार हो।
हामी बाइबलबाट अरू के सिक्न सक्छौं?
परमेश्वरको राज्यले स्वर्गबाट शासन गर्छ।—मत्ती १०:७; लूका १०:९.
स्वर्ग र पृथ्वीमा आफ्नो इच्छा पूरा गर्न परमेश्वरले यही राज्य प्रयोग गर्नुहुन्छ।—मत्ती ६:१०.
परमेश्वरको राज्य कहिले आउनेछ?
तपाईं के भन्नुहुन्छ?
कसैलाई पनि थाह छैन
चाँडै आउँछ
कहिल्यै आउँदैन
बाइबल के भन्छ?
“सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ती २४:१४) परमेश्वरको राज्यको सुसमाचार सारा पृथ्वीभरि प्रचार भएपछि त्यस राज्यले यस दुष्ट युगको अन्त गर्नेछ।
हामी बाइबलबाट अरू के सिक्न सक्छौं?
परमेश्वरको राज्य ठ्याक्क कहिले आउनेछ भनेर पृथ्वीमा कसैलाई पनि थाह छैन।—मत्ती २४:३६.
बाइबल भविष्यवाणीले परमेश्वरको राज्य चाँडै आउँछ भनेर देखाउँछ।—मत्ती २४:३, ७, १२.