मलाई आफैदेखि किन दिक्क लाग्छ?
अध्याय १२
मलाई आफैदेखि किन दिक्क लाग्छ?
“मलाई आफूसित त्यस्तो कुनै खास कुरा छ जस्तो लाग्दैन,” लुइस दुखेसो पोख्छन्। के तपाईंलाई पनि कहिलेकाहीं त्यस्तै लाग्छ?
वास्तवमा, सबैलाई धेरथोर आत्मसम्मान चाहिन्छ। यसलाई “मानव अस्तित्वलाई मर्यादा दिने तत्त्व” पनि भनिएको छ। यसबाहेक, बाइबल यसो भन्छ: “आफ्ना छिमेकीलाई आफूलाई झैं प्रेम गर्नू।” (मत्ती १९:१९) तर तपाईंलाई आफू नै नराम्रो लाग्छ भने शायद अरू पनि नराम्रै लाग्ला।
‘म कुनै पनि काम ठीकसित गर्न सक्दिनँ!’
आफूबारे यस्ता नकारात्मक भावनाहरू हुनुको कारण के हो? एउटा त, तपाईं आफ्ना सीमितताहरूले गर्दा दिक्क हुनुहोला। तपाईं हुर्कंदै हुनुहुन्छ। अनि ढंग नपुगेर मालताल खसाउँदा वा कतै ठक्कर खाँदा दिनहुँजसो अप्ठ्यारो परिस्थिति भोग्नु परिरहेको हुनसक्छ। त्यसमाथि, निराशाजनक अनुभवलाई मात्र सम्झि नरहेर जीवनमा अघि बढ्न ठूलो मान्छेको जस्तो अनुभव पनि छैन। अनि “प्रयोगबाट” तपाईंको “ज्ञानेन्द्रिय” राम्ररी अभ्यास नभएको हुँदा तपाईंले गर्नुभएका निर्णयहरू सधैंजसो बुद्धिमतापूर्ण नहोलान्। (हिब्रू ५:१४) कहिलेकाहीं त आफूले कुनै पनि काम ठीकसित गर्न नसकेको जस्तो लाग्ला!
आफ्ना आमाबाबुको इच्छा आकांक्षाहरू पूरा गर्न नसक्नु पनि आत्मसम्मान कम हुनुको एउटा कारण हुनसक्छ। एक युवाले यसो भने, “मैले स्कूलमा ७०% अंक ल्याएँ भने मेरा आमाबाबुले ७५% किन नल्याएको भनेर सोध्नुहुन्छ र म त बेकामको रहेछु भन्नुहुन्छ।” निस्सन्देह, आमाबाबुले आफ्ना छोराछोरीलाई एकदमै राम्रो गर्न जोड दिनु त हितोपदेश १:८, ९) निरुत्साहित हुनुको साटो हाँसीहाँसी आलोचनाहरू स्वीकार्नुहोस् र त्यसबाट पाठ सिक्नुहोस्।
स्वाभाविक हो। अनि उहाँहरूले चाहेजस्तो गर्न नसक्दा तपाईंले त्यस्ता भनाइहरू त अवश्य सुन्नुपर्नेछ। तर बाइबल यस्तो सल्लाह दिन्छ: “हे मेरो छोरो [वा छोरी], आफ्ना बाबुको शिक्षा ध्यानसित सुन् र आफ्नी आमाको अर्ती इन्कार नगर्।” (तर आमाबाबुले पक्षपाती कुराहरू गरेर तुलना गर्न थाल्नुभयो भने नि? (“तिमी दाइले जस्तो किन गर्न सक्दैनौ? ऊ त पढाइमा जहिलेपनि प्रथम हुन्थ्यो।”) त्यस्तो तुलना गरेको सुन्दा कहिलेकाहीं चित्त दुखे तापनि कुरा साँचो हुन्छ। यति हो, आमाबाबु तपाईंको सर्वोत्तम हित चाहनुहुन्छ। अनि उहाँहरूले अचाक्ली माग गर्नुभएजस्तो लागेमा शान्तपूर्वक उहाँहरूसित छलफल गरे कसो होला?
आत्मसम्मान बढाउने
आत्मसम्मानको कमी छ भने कसरी आत्मसम्मान बढाउन सक्नुहुन्छ? सर्वप्रथम, आफ्ना सद्गुण तथा दुर्गुणहरूलाई ढाकछोप नगरी केलाउनुहोस्। त्यसो गर्दा आफूलाई दुर्गुणजस्तो लागेका थुप्रै कुराहरू त असाध्यै मामुली रहेछन् भनेर थाह पाउनुहुनेछ। झरंग रीस उठ्ने वा स्वार्थजस्ता गम्भीर दुर्गुणहरू नि? यस्ता दुर्गुणहरू हटाउने प्रयास गर्नुहोस् र तपाईंको आत्मसम्मान अवश्य बढ्नेछ।
यसबाहेक, आफ्ना खूबीहरू पनि नबिर्सनुहोस्! तपाईं सोच्नुहोला, खाना पकाउन वा पन्चर टाल्न जान्नु कुन ठूलो कुरा हो र। तर भोकाएको मानिस वा बाटोमा अलपत्र परेको मोटर चालकले तपाईंको त्यस्तो सीपको
तारिफ गर्नेछन्! तपाईंका सद्गुणहरूलाई पनि विचार गर्नुहोस्। के तपाईं मेहनती हुनुहुन्छ? धीरजी हुनुहुन्छ? समानुभूतिशील हुनुहुन्छ? उदार हुनुहुन्छ? दयालु हुनुहुन्छ? आफ्ना स-साना त्रुटिहरूभन्दा यस्ता गुनहरू निकै मूल्यवान् हुन्छन्।यो छोटो सूची केलाउनु पनि मदतकारी हुनसक्छ:
व्यवहारिक लक्ष्यहरू राख्नुहोस्: सधैं आकासको तारा छुने लक्ष्यहरू राख्नुभयो भने असाध्यै निराशा भोग्नु पर्नसक्छ। आफूले पूरा गर्नसक्ने खालका लक्ष्यहरू राख्नुहोस्। टाइप गर्न सिके कसो होला? कुनै बाजा बजाउन वा अर्को भाषा बोल्न सिक्नुहोस्। पढ्ने क्षमता विकास गर्नुहोस् वा विभिन्न विषयहरू पढ्ने बानी बसाल्नुहोस्। कुनै उपलब्धि हासिल गरेपछि प्राप्त हुने एउटा गतिलो परिणाम आत्मसम्मान हो।
असल काम गर्नुहोस्: ठीकसित काम गर्नुभएन भने आफैलाई चित्त बुझ्दैन। परमेश्वरले सृष्टि गर्नुहुँदा आफूले गर्नुभएको काममा रमाउनुभयो र काम पूरा भएपछि उहाँले हरेक कार्यलाई “असल” ठान्नुभयो। (उत्पत्ति १:३-३१) तपाईंले पनि स्कूल वा घरमा जुनसुकै काम गर्दा लगनशील भएर निपुणतापूर्वक गर्नुहोस् अनि त्यसबाट आनन्द लिन सक्नुहुन्छ।—हितोपदेश २२:२९ हेर्नुहोस्।
अरूको लागि काम गर्नुहोस्: जाँगर न साँगर, खाने बेलामा आँ गरेर मात्र आत्मसम्मान प्राप्त हुँदैन। येशूले भन्नुभयो, “जो . . . ठूलो हुने इच्छा गर्दछ, त्यो . . . सेवक” हुनुपर्छ अर्थात् अरूको चाकर हुनुपर्छ।—मर्कूस १०:४३-४५.
उदाहरणका लागि, १७ वर्षीया किमले गर्मीको छुट्टीमा हरेक महिना ६० घण्टा अरूलाई बाइबल सत्यहरू सिकाउन अलग्गै छुट्याइन्। उनी यसो भन्छिन्: “यसो गर्दा म यहोवासित अझ घनिष्ठ हुन सकेकी छु। मानिसहरूप्रति साँचो प्रेम विकास गर्न पनि मलाई मदत गरेको छ।” यस आनन्दित युवतीसित आत्मसम्मानको कमी होला जस्तो लाग्दैन!
आफ्ना साथीहरू छान्दा होशियार हुनहोस्: “म आफू देखेर पटक्कै खुशी छैन,” १७ वर्षीया बार्बराले भनिन्। “मलाई पत्याउने मानिसहरूसित हुँदा म राम्रै काम गर्छु। मलाई मेसिनको एउटा पाटपूर्जा मात्र ठान्ने मानिसहरूबीच हुँदा मबाट उल्पट्याङ कामहरू हुन जान्छ।”
आफूलाई बढ्तै महत्त्वपूर्ण ठान्ने वा अरूको अपमान गर्ने मानिसहरूले तपाईंलाई आफूबारे नराम्रो महसुस गराउनसक्छ। त्यसकारण तपाईंको भलो चाहने साथीहरू छान्न होशियार हुनुहोस्।—परमेश्वरलाई आफ्नो सबैभन्दा घनिष्ठ मित्र बनाउनुहोस्: “परमप्रभु मेरो चटान, मेरो गढ़ी . . . हुनुहुन्छ” भनी भजनरचयिता दाऊदले घोषणा गरे। (भजन १८:२) तिनले आफ्नै योग्यताहरूमा नभई यहोवासितको घनिष्ठ मित्रतामा भरोसा राखे। यसकारण पछि तिनले दुःखद अनुभव भोग्नुपर्दा वाक्कब्याक्क नभई अरूको कठोर आलोचनालाई पनि सहन सके। (२ शमूएल १६:७, १०) तपाईं पनि “परमेश्वरको नजीक” हुन सक्नुहुन्छ र आफूमा नभई यहोवामा “घमण्ड” गर्न सक्नुहुन्छ।—याकूब २:२१-२३; ४:८; १ कोरिन्थी १:३१.
कतै उम्कने बाटो नै नभएको परिस्थिति
एक लेखकले यसो भने: “आफ्नो दृढ अडान नभएको वा आत्मसम्मानको कमी भएको युवाले कहिलेकाहीं झूटो नकाब धारण गर्छ।” कसैकसैले धारण गर्ने रूपहरू हामीलाई पनि थाह छ, जस्तै “महसुर केटो,” छाडा व्यक्ति, जथाभावी लुगा पहिरने पंक इत्यादि। बाहिरबाट महसुर देखिए तापनि ती युवाहरूलाई हीन भावनाले भने छाडेको हुँदैन।—हितोपदेश १४:१३.
उदाहरणका लागि, त्यस्ता युवाहरूलाई विचार गर्नुहोस् जो “नैराश्य विरुद्ध संघर्ष गर्न [अरूले आफ्नो आवश्यकता महसुस गरोस् भनेर],
आत्मसम्मान बढाउन घनिष्ठताको अनुभूतिको लागि छाडा जीवनशैली अपनाउँछन्। कोही कोही त अर्को मानव अर्थात् बच्चाको प्रेम अनि निष्कपट स्वीकृतिको लागि जानाजानी गर्भवतीसमेत हुन्छन्। (किशोरकिशोरीहरूको नैराश्य विरुद्ध संघर्ष [अंग्रेजी]) त्यस्तै रनभुल्लमा परेकी एउटी युवतीले यसप्रकार लेखिन्: “मैले सृष्टिकर्तासित बलियो सम्बन्ध गाँस्नुको साटो यौनसम्बन्धबाट सान्त्वना प्राप्त गर्न खोजें। तर मैले खोक्रो, एक्लो महसुस गर्न थालें र झन् झन् निराशाको खाडलमा डुब्न थालें।” उम्कनै नसकिने त्यस्ता परिस्थितिहरूबाट होशियार रहनुहोस्।होशियारीको खाँचो
चाखलाग्दो कुरा, आफूलाई बढ्तै महत्त्वपूर्ण ठान्ने खतरादेखि जोगिन धर्मशास्त्रले बारम्बार चेताउनी दिन्छ! किन? किनभने आत्मसम्मान हासिल गर्ने प्रयासमा हामीमध्ये प्रायजसो अचाक्ली गर्न खोज्छौं। थुप्रै त अहंकारी हुन्छन् र आफ्नो सीप तथा योग्यताहरूको असाध्यै बढाइचढाइ गर्छन्। कतिपय चाहिं अरूलाई होच्याएर आफूलाई उचाल्छन्।
प्रथम शताब्दीताक यहूदी तथा अन्यजातिहरूबीचको (गैरयहूदी) कटु दुस्मनीले रोमको मसीही मण्डलीलाई असर गऱ्यो। अतः परमेश्वरको “उदारताले” गर्दा मात्रै तिनीहरू परमेश्वरको अनुग्रह पाउन ‘कलमी बाँधिएका’ थिए भनी प्रेरित पावलले अन्यजातिहरूलाई सम्झाउनुपऱ्यो। (रोमी ११:१७-३६) आत्मधर्मी यहूदीहरूले पनि आफ्ना असिद्धताहरू विरुद्ध संघर्ष गर्नुपऱ्यो। “किनभने सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्” भनी पावलले बताए।—रोमी ३:२३.
पावलले तिनीहरूको आत्मसम्मानलाई छिन्नभिन्न गरेनन् बरु यसो भने: “किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म भन्दछु, जसले आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढ़ी नसम्झ।” (रोमी १२:३) केही हदसम्म आत्मसम्मान हुनु “आवश्यक” देखिए तापनि अचाक्ली भने गर्नु हुँदैन।
डा. एलेन फ्रोम यस्तो टिप्पणी गर्छन्: “आफूबारे ठिक्कको सोचाइ राख्ने व्यक्ति दुःखी हुँदैन तर त्यसो भन्दैमा सीमा नाघेरै खुशी हुनुपर्छ भन्ने पनि छैन। . . . ऊ निराश हुँदैन तर उसको आशावादी मनोभाव बेलगाम घोडाजस्तो पनि हुँदैन। आवेगमा आएर कुनै मूर्खतापूर्ण कार्यहरू गर्दैन नता कुनै कुरादेखि नडराउने सुराहा नै हुन्छ . . . सधैं उल्लेखनीय सफलता हासिल गर्ने व्यक्ति होइन तर त्यसो भन्दैमा जहिलेपनि [सधैंजसो] असफल हुने नालायक पनि होइन भनेर उसले बुझेको हुन्छ।”
त्यसकारण आफ्नो सीमा बुझ्नुहोस्। “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (याकूब ४:६) आफ्ना सद्गुणहरू चिन्नुहोस् तर आफ्ना दोषहरूको पनि बेवास्ता नगर्नुहोस्। बरु त्यसलाई सुधार्ने प्रयास गर्नुहोस्। यसो गर्दागर्दै पनि समय समयमा शंका उपशंका त भई नै रहन्छ। तर आफ्नो आत्मसम्मानबारे वा परमेश्वरले चासो लिनुहुन्छ कि हुँदैन भनेर अचाक्ली चिन्तित हुनुपर्ने खाँचो भने छैन। “कसैले परमेश्वरलाई प्रेम गर्दछ भने त्यो उहाँबाट चिनिएको हुन्छ।”—१ कोरिन्थी ८:३.
छलफलका लागि प्रश्नहरू
◻ केही युवाहरू किन आफूबारे नकारात्मक सोचाइ राख्छन्? के तपाईंले पनि त्यस्ता युवाहरूजस्तै महसुस गर्नुभएको छ?
◻ आफ्ना आमाबाबुका मागहरूलाई तपाईं के गर्न सक्नुहुन्छ?
◻ आत्मसम्मान बढाउने केही तरिकाहरू के हुन्?
◻ आत्मसम्मान बढाउने नाउँमा गरिने केही गलत कार्यहरू के हुन्?
◻ आफूलाई अचाक्ली महत्त्वपूर्ण नठान्न किन होशियार हुनुपर्छ?
[पृष्ठ ९८-मा भएको ठूलो अक्षरको क्याप्सन]
आत्मसम्मानलाई “मानव अस्तित्वलाई मर्यादा दिने तत्त्व” भनिएको छ
[पृष्ठ ९९-मा भएको चित्र]
के तपाईं दिक्क, तुच्छ महसुस गर्नु- हुन्छ? त्यसको उपाय छ
[पृष्ठ १०१-मा भएको चित्र]
हीन भावनाको समाधान धाक दिनु वा बढाइचढाइ कुरा गर्नु होइन
[पृष्ठ १०२-मा भएको चित्र]
के तपाईं कहिलेकाहीं आफूले कुनै पनि काम ठीकसित गर्न नसकेको महसुस गर्नुहुन्छ?