साथीहरू मलाई किन दिक्क पार्छन्?
अध्याय १९
साथीहरू मलाई किन दिक्क पार्छन्?
त्यो केटो लरखराउँदै हिंडिरहेको छ। के गर्ने के नगर्ने, ऊ अन्योलमा छ, आफू वरपर के भइरहेको छ, त्यो पनि उसलाई पत्तो छैन होला। ठूलो कक्षाका विद्यार्थीहरूलाई यो नयाँ केटो रहेछ भनेर थाह भइहाल्यो। छिनभरमै ती केटाकेटीहरूले उसलाई घेरा हालेर अपशब्द बोल्न तथा छाडा व्यवहार गर्न थाले! अनुहार रातोपिरो बनाउँदै ऊ नजीकैको आश्रयस्थल अर्थात् शौचालयतिर भाग्छ। तिनीहरू सबै गलल्ल हाँस्न थाल्छन्।
थुप्रै युवकयुवतीहरू अरूलाई हैरान पार्नु, जिस्क्याउनु अनि अरूको अपमान गर्नु असाध्यै रमाइलो मान्छन्। बाइबलकालीन केही युवाहरूले यस्तै छुच्चो व्यवहार देखाएका थिए। उदाहरणका लागि, केटाहरूको एउटा हूलले एकचोटि अगमवक्ता एलीशालाई हैरान पारे। उसको कामको अनादर गर्दै ती केटाहरूले यसो भन्दै जिस्क्याए: “ए मुडुले, जाऊ, जाऊ।” (२ राजा २:२३-२५) आज पनि थुप्रै युवाहरू अरूको अपमान गर्न, अरूको चित्त दुखाउन तम्सिरहेका हुन्छन्।
कक्षाकोठाका पीडाहरू (अंग्रेजी) पुस्तकका लेखकहरूमध्ये एक जना यसो भन्छन्, “म नौ कक्षाको सबैभन्दा फुच्चे केटो थिएँ। पढाइमा तेजिलो अनि सबैभन्दा फुच्चे हुँदा त जिस्काउन सबै मसला पुगिहाल्यो नि। फुच्चे भएको हुँदा नजिस्क्याउनेहरूले पनि मलाई तेजिलो विद्यार्थी भएकोमा जिस्क्याउने निहुँ पाइहाल्थे। मलाई ‘चार आँखे’ भन्नुको अलावा ‘घुमन्ते शब्दकोश’ र त्यस्तै अन्य ८०० वटा [अपमानजनक] उपनाउँहरू दिएका थिए।” केटाकेटीहरूको एकाकीपन (अंग्रेजी) पुस्तकका लेखक अझ यसो पनि भन्छन्: “अपांग, बोली लरबराउने, अकमकिंदै बोल्ने वा शारीरिक त्रुटि वा अनौठो स्वभावका केटाकेटीहरूलाई अरू केटाकेटीहरूले तारो बनाएर जिस्क्याइहाल्छन्।”
कहिलेकाहीं युवाहरू आफूलाई जोगाउने प्रयासमा एउटा क्रूर प्रतियोगि
तामा भाग लिइरहेका हुन्छन्: एकअर्कामाथि कटु अपशब्दहरू (प्रायजसो एकअर्काको आमाबाबुबारे) प्रहार गर्ने। तर धेरैजसो युवाहरू त्यसरी साथीभाइले हैरान गर्दा लाचार हुन्छन्। एउटा केटोले भनेअनुसार उनका साथीहरूले जिस्क्याएको अनि हैरान गरेको सहन नसकेर तिनी यति डराउँथे र दुःखी हुन्थे कि ‘बान्ता नै होला जस्तो हुन्थ्यो।’ अरू विद्यार्थीहरूले के गर्लान्, के भन्लान् भनेर दिमागमा घुमिरहने हुँदा उनी पढाइमा ध्यानै दिन सक्दैन थिए।हाँसोमा उडाउने कुरा होइन
के तपाईं साथीहरूको क्रूर उपहासको शिकार हुनुभएको छ? त्यसो हो भने परमेश्वरले यसलाई हाँसोमा उडाउने कुरा ठान्नुहुन्न भनी थाह पाउनुहुँदा सान्त्वना पाउनुहुन्छ होला। अब्राहामको छोरा, इसहाकलाई दूध छुटाउँदा मनाइएको उत्सवबारे बाइबलको विवरणलाई विचार गर्नुहोस्। इसहाकले पाउने पैतृक सम्पत्तिको डाह गरेर अब्राहामको जेठो छोरा, इश्माएलले इसहाकको “ठट्टा” गर्न थाले। तथापि, यो सामान्य हाँसोठट्टा मात्र हुनुको साटो ‘खेदोको’ रूप लियो। (गलाती ४:२९) इसहाककी आमा, साराले यसरी जिस्क्याउनुमा वैमनस्य महसुस गरिन्। आफ्नो छोरा, इसहाकद्वारा आउने “वंश” वा मसीह पैदा गर्ने यहोवाको उद्देश्यलाई नै चुनौती दिएजस्तो लाग्यो। साराको अनुरोधअनुरूप इश्माएल र उनकी आमालाई अब्राहामको घरानाबाट छुट्याइयो।—उत्पत्ति २१:८-१४.
त्यसरी नै, ठिटाठिटीहरूले हैरान गरेर तपाईंलाई वाक्कै बनाउन हिब्रू ११:३६) त्यस्ता आलोचनाहरू सहने आँटको लागि तिनीहरूको तारिफ गर्नैपर्छ।
खोज्छन् भने त्यो हाँसोमा उडाउने कुरा होइन। र विशेषगरि बाइबलको स्तरअनुरूप जीवन बिताउने प्रयास गर्दा त्यसरी जिस्क्याउँछन् भने त झनै गम्भीर कुरा हो। उदाहरणका लागि, आफ्नो विश्वासबारे अरूसित कुरा गर्ने हुँदा मसीही युवाहरू अलग्गै चिनिन्छन्। तर यहोवाका साक्षीहरूको एउटा समूहले यसो भन्यो: “हामी घरघरमा गएर प्रचार गर्ने हुँदा स्कूलका केटाकेटीहरू हाम्रो खिसी गर्छन् र हामीलाई हेप्छन्।” हो, परमेश्वरको पुरातन समयका विश्वासी सेवकहरूले जस्तै थुप्रै मसीही युवाहरूले “गिल्ला” सहन्छन्। (तिनीहरू किन त्यसो गर्छन्
तर जेसुकै भएपनि त्यसरी नसताइन के गर्ने होला भनी सोचिरहनुभएको हुनसक्छ। सर्वप्रथम, जिस्क्याउनुको कारण विचार गर्नुहोस्। बाइबलको हितोपदेश १४:१३ यसो भन्छ: “मुखमा हाँसो भए पनि मनमा पीर होला।” कुनै एउटा समूहले कसैलाई जिस्क्याउँदा गलल्ल हाँस्छन्। तर तिनीहरू ‘हृदयमा आनन्द भएकाले गाएका’ अर्थात् हाँसेका चाहिं होइनन्। (यशैया ६५:१४) प्रायजसो हाँसोले भित्री वेदनालाई ढाकछोप गरिरहेको हुन्छ। त्यसरी सताउनेहरूले आफूलाई बहादुरजस्तो देखाए तापनि मनमनै यसो भनिरहेका हुनसक्छन्: ‘हामीलाई आफू मन पर्दैन तर अरूलाई होच्याउँदा रमाइलो लाग्छ।’
ईर्ष्याले गर्दा पनि त्यसरी गिज्याउँछन्। किशोर यूसुफबारे बाइबलको विवरण सम्झनुहोस् त। तिनी बुबाको सबैभन्दा मन परेको छोरो भएको हुँदा दाजुहरूले द्वेष भाव राखेका थिए। असाध्यै डाह गरेको हुँदा अपशब्द बोल्ने मात्र होइन तर मार्ने षड्यन्त्रसमेत गरे! (उत्पत्ति ३७:४, ११, २०) त्यसरी नै आज पनि, असाध्यै तेजिलो वा शिक्षकहरूको प्रिय विद्यार्थीले साथीहरूको डाह खप्नुपर्छ। यसरी अरूको अपमान गरेर ‘सेख झार्न खोजेजस्तो’ देखिन्छ।
असुरक्षा, डाह, आत्मसम्मानको कमीले गर्दा प्रायजसो खिसी गरिन्छ। आत्मसम्मान नभएको युवाले त्यसो गऱ्यो भन्दैमा तपाईं बेकारमा किन खिन्न हुने?
हैरानीलाई रोक्ने
भजनरचयिता यसो भन्छन्, “त्यो मानिस धन्य हो, जो . . . गिल्ला गर्नेहरूको बैठकमा” बस्दैन। (भजन १:१) आफू गिल्लाको पात्र नहोस् भनेर अरूसँगसँगै मिलेर खिसी गर्दा अपमान गर्ने चक्र केवल लम्बिन्छ। “कसैलाई खराबको बदला खराब नगर। . . . खराबीलाई भलाइले जित” भन्ने ईश्वरप्रेरित सल्लाह पालन गर्नुहोस्।—रोमी १२:१७-२१.
उपदेशक ७:९ अझ यसो भन्छ: “रीस देखाउन छिटो नगर्, किनभने रीस मूर्खको मनमा हुन्छ।” अरूले जिस्क्यायो भन्दैमा किन रीसले चूर हुने? हो, कसैले तपाईंको शारीरिक बनोट वा अनुहारको दाग हेरेर जिस्क्याउन थाल्यो भने चित्त दुख्छ। त्यस्ता टीकाटिप्पणीहरू खल्लो भए तापनि त्यसमा कुनै कुभावनाहरू नहुनसक्छ। अतः अन्जानमा वा जानाजानी नै किन नहोस्, तपाईंलाई चसक्क घोच्ने कुराहरू गर्छन् भने किन रीसाउने? तिनीहरूको कुरा फोहर वा अभद्र छैन भने त्यसलाई हाँसोमा उडाइदिनुहोस्। “हाँस्ने एउटा समय” छ, त्यसैले सानोतिनो ख्यालठट्टामा पनि रीसाउनु असाध्यै संवेदनशील हुनु हो—उपदेशक ३:४.
तर जिस्काउनुको मनसाय क्रूर वा घातक छ भने नि? नबिर्सनुहोस्, त्यसरी जिस्क्याउने व्यक्ति तपाईं रीसाउनुभएको देखेर झन् रमाइलो गर्न चाहन्छ, तपाईंको दुःखमा रमाउन चाहन्छ। मुख फर्काउँदा, आफ्नो कुरा माथि पार्न खोज्दा वा आँसु बगाउँदा तिनीहरूले झन् झन् जिस्क्याउने साहस पाउनसक्छन्। आफू रीसले चूर भएको देखाएर उसलाई सन्तुष्टि किन दिने? अपमानको प्रतिरोध गर्ने सर्वोत्तम तरिका तिनीहरूको वास्तै नगर्नु हो।
राजा सुलेमानले यसो पनि भने: “त्यसबाहेक, मानिसहरूले भनेका सबै कुरामा ध्यान नदेऊ, नत्रता तिम्रै नोकरले तिम्रो निन्दा गरेको तिमीले सुन्नेछौ। किनभने तिमीले पनि कति चोटि अरूहरूको निन्दा गरेका छौ भनी तिमीलाई राम्रै थाह होला।” (उपदेशक ७:२१, २२) जिस्क्याउनेहरूको नमीठो टीकाटिप्पणी ‘सुन्न’ उत्सुक हुनुको मतलब तपाईंप्रति अरूको कस्तो दृष्टिकोण छ, त्यसबारे अचाक्ली चिन्तित हुनु हो। के तिनीहरूको त्यस्तो दृष्टिकोणमा कुनै सत्यता छ? प्रेरित पावलका डाही मित्रहरूले गलत निहुँमा तिनीमाथि मौखिक प्रहार गरे तर तिनले यस्तो जवाफ दिए: “तिमीहरूबाट, या मानिसहरूको न्यायअनुसार मेरो इन्साफ हुनु यो ता मेरो निम्ति अति सानो कुरो छ, . . . मेरो इन्साफ गर्ने प्रभुनै हुनुहुन्छ।” (१ कोरिन्थी ४:३, ४) परमेश्वरसित बलियो सम्बन्ध भएको हुँदा पावलमा आत्मविश्वास थियो र गलत आरोपहरू सहने मनोबल थियो।
तपाईंको ज्योति चम्काउने
तपाईंको मसीही जीवनशैलीले गर्दा पनि कहिलेकाहीं गिल्ला गरिन्छ। येशू ख्रीष्टले पनि त्यस्ता “विवादहरू” सुन्नुपऱ्यो। (हिब्रू १२:३) यर्मिया पनि “दिनभरिनै . . . हाँसोको पात्र” बने किनभने तिनी यहोवाको सन्देश सुनाउन निर्भयी भए। तिनले यति धेरै हैरानी सहनुपऱ्यो कि केही छिनको लागि तिनको जोस हरायो। तिनले यस्तो अठोट गरे, “म [यहोवाको] चर्चा गर्नेछैनँ, म फेरि कहिल्यै उहाँको नाउँ लिन्नँ।” तथापि, परमेश्वर र सच्चाइप्रतिको प्रेमले अन्ततः तिनको डरमाथि विजय हासिल गऱ्यो।—यर्मिया २०:७-९.
त्यसरी नै केही मसीही जवानहरू निरुत्साहित भएका छन्। अरूले जिस्क्याउन छोडोस् भनेर कसै कसैले आफू मसीही हुँ भन्ने तथ्यलाई लुकाउन खोजेका छन्। तर आखिरमा परमेश्वरप्रतिको प्रेमले तिनीहरूलाई निर्भयी हुन र ‘ज्योति चम्काउन’ प्रेरित गर्छ। (मत्ती ५:१६) उदाहरणका लागि, एक किशोरले यसो भने: “मेरो सोचाइ परिवर्तन भयो। मसीही हुनु बोझ होइन तर गर्व गर्नुपर्ने कुरा हो भनी बुझ्न थालें।” परमेश्वरलाई चिन्न अनि अरूलाई मदत गर्न पाउनुभएकोमा तपाईं पनि “घमण्ड” गर्न सक्नुहुन्छ।—१ कोरिन्थी १:३१.
तथापि, सधैं अरूको आलोचना गरेर वा आफू श्रेष्ठ छु भन्ने जस्तो देखाएर अरूसित दुस्मनी नमोल्नुहोस्। आफ्नो विश्वासबारे अरूलाई बता१ पत्रुस ३:१५) असल आचरणको कारण तपाईंले कमाउनुभएको नाउँ नै स्कूलमा छँदा तपाईंको लागि सबैभन्दा ठूलो सुरक्षा हुनसक्छ। आफ्नो अडानमा त्यस्तो निर्भयी हुनुभएको अरूलाई मन नपर्ला तर तिनीहरू तपाईंको आदर गर्न करमा पर्नेछन्।
उने मौका मिल्दा भन्नुहोस् तर “नम्रता” र गहिरो आदरसित। (भानिसा नाउँकी केटीलाई केटीहरूको हूलले हैरान पार्थ्यो। तिनीहरूले उसलाई हिर्काउने, घचेट्ने, उसको हातका किताबहरू खसालिदिने गर्थे। तिनीहरू भानिसाले जोरी खोजोस् भन्ने चाहन्थे। तिनीहरूले उसको टाउको र सुकिलो सेतो लुगामा चकलेट मिल्कशेकसमेत खन्याइदिए। तैपनि उसले चुपो लागेर सही। केही समयपछि यहोवाका साक्षीहरूको जिल्ला अधिवेशनमा त्यस समूहको नाइकेलाई भेटी! पहिले गुन्डागर्दी गर्ने त्यस केटीले यसो भनी: “मलाई तिमी पटक्कै मन पर्दैनथियो . . . तिमी एक चोटि भए पनि रीसाओस् जस्तो लाग्थ्यो।” तथापि, भानिसाले कसरी सहन सकेकी होला भन्ने कौतूहलताले गर्दा यो केटी यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न राजी भएकी रहिछे। त्यस केटीले अझै यसो भनी, “सिकेको कुरा सबै मन पऱ्यो। म भोलि बप्तिस्मा लिंदैछु।”
अतः साथीहरूले “नमिल्ने कुरा” गर्दा हतास नहुनुहोस्। उपयुक्त भएमा त्यसलाई हाँसोमा उडाउनुहोस्। खराबीको बदला भलाइ गर्नुहोस्। दन्केको आगोमा घिउ नथप्नुहोस् अनि समयमा त्यसरी जिस्क्याउनेहरू तपाईंलाई तारो बनाउन वाक्क हुनेछन् किनभने “दाउरा बिना आगो निभ्छ।”—हितोपदेश २६:२०.
छलफलका लागि प्रश्नहरू
◻ अरूलाई क्रूरतापूर्वक जिस्क्याउनेहरूप्रति परमेश्वर कस्तो दृष्टिकोण राख्नुहुन्छ?
◻ जवानहरूले त्यसरी जिस्क्याउनुको कारण प्रायजसो के हो?
◻ जिस्काइ कम गर्न वा रोक्न के गर्न सक्नुहुन्छ?
◻ अरूले जिस्क्याए तापनि स्कूलमा तपाईंले ‘ज्योति चम्काउनु’ किन महत्त्वपूर्ण छ?
◻ स्कूलमा हुने हिंसाबाट तपाईं कसरी जोगिन सक्नुहुन्छ?
[पृष्ठ १५५-मा भएको ठूलो अक्षरको क्याप्सन]
त्यसरी सताउनेहरूले आफू बहादुरजस्तो देखाए तापनि मनमनै यसो भनिरहेका हुनसक्छन्: ‘हामीलाई आफू मन पर्दैन तर अरूलाई होच्याउँदा रमाइलो लाग्छ’
[पृष्ठ १५२-मा भएको पेटी]
कुटाइ खानबाट म कसरी बच्नसक्छु?
‘स्कूल जाँदा ज्यानको खतरा मोल्नुपर्छ।’ थुप्रै विद्यार्थीहरू त्यसै भन्छन्। तर हातहतियार भिरेर हिंड्नु मूर्खता हो र त्यसले समस्यालाई निम्त्याउँछ। (हितोपदेश ११:२७) त्यसोभए तपाईं आफूलाई कसरी जोगाउन सक्नुहुन्छ?
खतरनाक ठाउँहरू चिन्नुहोस् र त्यसबाट टाढै बस्नुहोस्। कक्षाकोठा बाहिरको बरण्डा, भऱ्याङतिर र लकररूमहरूजस्ता ठाउँ केही स्कूलहरूमा समस्याका थलोहरू हुन्। अनि शौचालयहरू, झैझगडा गर्ने तथा लागू पदार्थ खाने अखडा नै हुने हुँदा केही युवाहरू शौचालय नजानु नै बेस ठान्छन्।
साथीसंगति कस्तो छ, विचार गर्नुहोस्। कहिलेकाहीं सरसंगत नराम्रो भएकोले मात्रै पनि कतिपय युवाहरू झगडामा फस्छन्। (हितोपदेश २२:२४, २५ हेर्नुहोस्।) निस्सन्देह, सहपाठीहरूको पटक्कै वास्ता नगर्दा तपाईं तिनीहरूबाट टाढा हुन वा तिनीहरूले तपाईंसित वैरभाव राख्नसक्छन्। तिनीहरूसित व्यवहार गर्दा मित्रैलो तथा भद्र हुनुभयो भने तपाईंलाई दिक्क पार्न छाड्लान्।
झगडा भएको ठाउँबाट उठेर गइहाल्नुहोस्। “एउटाले अर्कोसित पाखुरा सुर्काउने” नगर्नुहोस्। (गलाती ५:२६) झगडा जित्नुभए तापनि तपाईंको विरोधीले अर्को चोटि फेरि झगडा गर्ने दाऊ खोज्नसक्छ। अतः सर्वप्रथम त तिनीहरूसित कुरा गर्ने प्रयास गर्नुहोस्। (हितोपदेश १५:१) कुरा गरेर पनि केही लागेन भने त्यो हूलदंगाबाट निस्कनुहोस्, कहिलेकाहीं त भाग्नुसमेत पर्ला। नबिर्सनुहोस्, “जिउँदो कुकुर मरेको सिंहभन्दा असल हो।” (उपदेशक ९:४) आखिर कुनै सीप लागेन भने आफूलाई जोगाउन जस्तोसुकै व्यवहारिक कदम चाल्नुपर्छ, चाल्नुहोस्।—रोमी १२:१८.
आमाबाबुसित कुरा गर्नुहोस्। युवाहरू आफूले “स्कूलमा सहनुपर्ने धम्कीबारे प्रायः आफ्नो आमाबाबुलाई बताउँदैनन् किनभने आमाबाबुले दादागिरीसित तर्सिने कातर ठान्ला वा गाली गर्ला भनी डराउँछन्।” (केटाकेटीहरूको एकाकीपन) तर आमाबाबुले हस्तक्षेप गरेपछि मात्र अक्सर समस्या रोकिन्छ।
परमेश्वरसित प्रार्थना गर्नुहोस्। तपाईंले कुनै पनि प्रकारको शारीरिक नोक्सानी भोग्नुपर्नेछैन भनी परमेश्वरले ग्यारेन्टी दिनुहुन्न। तर मुठभेड सहने साहस तथा त्यस्तो परिस्थितिलाई शान्त पार्न बुद्धि दिन सक्नुहुन्छ।—याकूब १:५.
[पृष्ठ १५१-मा भएको चित्र]
थुप्रै युवाहरू साथीहरूको गिल्लाको शिकार हुन्छन्
[पृष्ठ १५४-मा भएको चित्र]
जिस्क्याउने व्यक्ति तपाईंको दुःखमा रमाउन चाहन्छ। मुख फर्काउँदा वा आँसु बगाउँदा झन् झन् जिस्क्याउने साहस पाउनसक्छन्
[पृष्ठ १५६-मा भएको चित्र]
कसैले जिस्क्याउँदा त्यसलाई हाँसोमा उडाइदिन खोज्नुहोस्