भाग ३
अदनको बगैँचामा जीवन कस्तो थियो?
यहोवा परमेश्वरले आदम र हव्वालाई थुप्रै असल कुरा दिनुभयो। उत्पत्ति १:२८
यहोवा परमेश्वरले पहिलो स्त्री हव्वा बनाउनुभयो र आदमलाई पत्नीको रूपमा हव्वा दिनुभयो।—उत्पत्ति २:२१,२२.
यहोवा परमेश्वरले उनीहरूलाई बनाउनुहुँदा त्रुटिरहित मन र शरीर दिनुभएको थियो।
अदनको बगैँचा उनीहरूको घर थियो। यो बगैँचा नदीहरू, फलफूलका रूखहरू र पशुपक्षीले गर्दा निकै सुन्दर थियो।
यहोवा परमेश्वर उनीहरूसित कुरा गर्नुहुन्थ्यो र उनीहरूलाई सिकाउनुहुन्थ्यो। उहाँको कुरा सुनेका भए उनीहरू पृथ्वीमा भएको प्रमोदवनमा (सुन्दर बगैँचा) सधैँभरि बाँच्न सक्थे।
उत्पत्ति २:१६,१७
परमेश्वरले एउटा रूखको फल नखानू भन्नुभयो।यहोवा परमेश्वरले आदम र हव्वालाई बगैँचामा भएको फलफूलको एउटा रूख देखाउनुभयो। त्यसको फल खाएमा उनीहरू मर्नेछन् भनेर उहाँले बताउनुभयो।
एउटा स्वर्गदूतले परमेश्वरको विरोध गऱ्यो। त्यो दुष्ट स्वर्गदूत सैतान हो।
आदम र हव्वाले यहोवा परमेश्वरको कुरा सुनेको सैतान चाहँदैन थियो। त्यसैकारण सैतानले सर्पलाई चलाएर परमेश्वरले नखानू भनेको फल खायो भने मरिँदैन बरु परमेश्वरजस्तै होइन्छ भनेर हव्वालाई भन्यो। तर त्यसले झूट बोलिरहेको थियो।—उत्पत्ति ३:१-५.