सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पवित्र शास्त्रबाट सिक्नुहोस्‌

न्यायको दिनमा के हुनेछ?

न्यायको दिनमा के हुनेछ?

यस लेखमा मानिसहरूको मनमा उठेका केही प्रश्‍नबारे छलफल गरिएको छ र बाइबलले दिने जवाफबारे पनि बताइएको छ। यी प्रश्‍नहरूबारे तपाईँसित छलफल गर्न यहोवाका साक्षीहरू खुसी हुनेछन्‌।

१. न्यायको दिन के हो?

दायाँपट्टिको चित्रमा देखाइएजस्तै मरिसकेका अरबौँ मानिस न्याय गरिनको लागि परमेश्‍वरसामु खडा हुनेछन्‌ भनेर थुप्रैले सोच्छन्‌। तिनीहरूको विचारमा विगतमा असल काम गरेका मानिसहरूले स्वर्ग जाने इनाम पाउनेछन्‌ भने खराब काम गर्नेहरूले नरकमा सास्ती भोग्नेछन्‌। तर न्यायको दिनको उद्देश्‍य भनेको मानिसहरूलाई अन्यायबाट छुटकारा दिनु हो भनेर बाइबल बताउँछ। (भजन ९६:१३) परमेश्‍वरले येसु ख्रिष्टलाई न्यायकर्ता नियुक्‍त गर्नुभएको छ, जसले मानिसजातिमाझ न्याय पुनर्स्थापित गर्नुहुनेछ।यसैया ११:१-५; प्रेषित १७:३१ पढ्‌नुहोस्‌।

२. न्यायको दिनमा कसरी न्याय पुनर्स्थापित गरिनेछ?

पहिलो मानिस आदमले जानाजानी परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे। त्यसले गर्दा तिनका सबै सन्तानमा पाप, दुःखकष्ट र मृत्यु व्याप्त भयो। (रोमी ५:१२) यस्तो अन्यायलाई हटाउन येसुले मरिसकेका अरबौँ मानिसलाई जीवित पार्नुहुनेछ। प्रकाशको किताबमा यो काम हजार वर्षको दौडान हुनेछ भनेर बताइएको छ।प्रकाश २०:४, ११, १२ पढ्‌नुहोस्‌।

फेरि जीवित भएकाहरूको न्याय तिनीहरूले आफ्नो मृत्युअघि गरेका कामहरूको आधारमा हुनेछैन। बरु तिनीहरूले प्रकाश अध्याय २० मा उल्लेख गरिएका “पुस्तकहरू” खोलिएपछि के गर्नेछन्‌, त्यसको आधारमा हुनेछ। (रोमी ६:७) फेरि जीवित भएकाहरूमध्ये “धर्मी र अधर्मी दुवै”-ले परमेश्‍वरबारे सिक्ने मौका पाउनेछन्‌ भनेर प्रेषित पावलले बताए।प्रेषित २४:१५ पढ्‌नुहोस्‌।

३. न्यायको दिनमा अरू के गरिनेछ?

यहोवालाई चिन्‍ने र उहाँको सेवा गर्ने मौका नपाएकाहरू फेरि जीवित हुनेछन्‌ र तिनीहरूले यहोवाबारे जान्‍ने र राम्रो काम गर्ने मौका पाउनेछन्‌। त्यसो गर्नेहरू “जीवन पाउनको लागि फेरि जीवित” भएकाहरूमध्येका हुनेछन्‌। तर यहोवाको स्तरअनुसार आफ्नो जीवन परिवर्तन गर्न नचाहनेहरू भने “न्याय गरिनको लागि फेरि जीवित” भएकाहरूमध्येका हुनेछन्‌।युहन्‍ना ५:२८, २९; यसैया २६:१०; ६५:२० पढ्‌नुहोस्‌।

हजार वर्षिय न्यायको दिनको अन्तमा यहोवाले आज्ञाकारी मानिहरूलाई त्रुटिपूर्ण अवस्थाबाट मुक्‍ति दिनुहुनेछ। (१ कोरिन्थी १५:२४-२८) कस्तो अद्‌भुत आशा नि, होइन र? हजार वर्षको अन्तमा सैतानलाई अगाध खाडलबाट मुक्‍त गरिएपछि मानिसजातिको अन्तिम जाँच हुनेछ। सैतानले मानिसहरूलाई यहोवाबाट टाढा लैजाने कोसिस गर्नेछ। तर सैतानको कुरा सुन्‍न इन्कार गर्नेहरूले यसै पृथ्वीमा सधैँभरि जीवनको आनन्द उठाउनेछन्‌।यसैया २५:८; प्रकाश २०:७-९ पढ्‌नुहोस्‌।

४. न्याय हुने अर्को दिनले मानिसहरूलाई कस्तो फाइदा पुऱ्‍याउनेछ?

बाइबलमा अर्को ‘न्याय हुने दिनबारे’ पनि बताइएको छ, जसले यस दुष्ट युगको अन्त गर्नेछ। नुहको समयमा अचानक आएको जलप्रलयले दुष्ट पुस्तालाई नाश गरेझैँ न्याय हुने दिन पनि अचानक आउनेछ। “भक्‍तिहीन मानिसहरूको” विनाशले नयाँ मानवसमाजको लागि बाटो तयार गर्नेछ जहाँ “धार्मिकताले बास गर्नेछ।”२ पत्रुस ३:६, ७, १३ पढ्‌नुहोस्‌।