अय्युब १६:१-२२

  • अय्युबको जवाफ (१-२२)

    • ‘सान्त्वना दिनुको साटो तपाईँहरू मेरो पीडा बढाउनुहुन्छ!’ ()

    • परमेश्‍वरले आफ्नो तारो बनाउनुभयो भनेर दाबी गर्छन्‌ (१२)

१६  तब अय्युबले यस्तो जवाफ दिए:  २  “यस्ता कुराहरू मैले निकै सुनेको छु। मलाई सान्त्वना दिनु त कहाँ हो कहाँ, तपाईँहरू उल्टै मेरो पीडा बढाउनुहुन्छ!+  ३  तपाईँहरूको वाहियात कुराको के कुनै अन्त छैन? तपाईँहरू किन मसँग यसरी कुरा गर्नुहुन्छ?  ४  म पनि तपाईँहरूले जस्तै नानाभाँती कुरा गर्न सक्थेँ। तपाईँहरूको ठाउँमा भएको भए,म तपाईँहरूको आलोचना गर्न सक्थेँ र आफ्नो मुन्टो हल्लाएर तपाईँहरूको खिसी गर्न सक्थेँ।+  ५  तर म त्यसो गर्ने थिइनँ। बरु तपाईँहरूलाई आफ्नो बोलीले हौसला दिने थिएँ।+तपाईँहरूलाई सान्त्वना दिने कुरा गर्ने थिएँ।  ६  म बोले पनि मेरो पीडा कम हुँदैन।+चुप लागे पनि कष्टले पिरोल्न छोड्‌दैन।  ७  परमेश्‍वरले मलाई हैरान पार्नुभएको छ।+उहाँले मेरो पूरै घरपरिवारलाई* नामेट पारिदिनुभएको छ।  ८  तपाईँले मलाई पक्रनुभएको छ र अरूले यो देखेका छन्‌।म हाडछाला मात्र भएको छु र मेरो यस्तो हालतले मविरुद्ध गवाही दिइरहेको छ।  ९  उहाँ रिसमा मलाई छिन्‍नभिन्‍न पार्नुहुन्छ र मसित दुस्मनी राख्नुहुन्छ।+ उहाँ मलाई हेरेर दाह्रा किट्‌नुहुन्छ; मेरो शत्रु मलाई आँखा तरेर हेर्छ।+ १०  मानिसहरू मलाई सिङ्‌गै निल्न मुख बाएर बसेका छन्‌।+मेरो खिसी गर्दै मेरा दुवै गालामा तिनीहरूले थप्पड हानेका छन्‌।तिनीहरू हुल बाँधेर ममाथि आइलाग्छन्‌।+ ११  परमेश्‍वर मलाई केटाहरूको जिम्मा लगाउनुहुन्छर मलाई घोक्राएर दुष्टहरूको हातमा सुम्पनुहुन्छ।+ १२  म त चिन्तामुक्‍त थिएँ तर उहाँले मेरो जीवन उथलपुथल पारिदिनुभयो।+उहाँले मलाई घोक्रेठ्‌याक लगाउनुभयो र मलाई कुल्चीमिल्ची गर्नुभयो।त्यसपछि उहाँले मलाई आफ्नो तारो बनाउनुभयो। १३  उहाँका धनुर्धारीहरूले मलाई चारैतिरबाट घेरे;+मप्रति रतीभर दया नदेखाई उहाँले मेरो मिर्गौला छेड्‌नुभयो;+उहाँले मेरो पित्त भुईँमा पोखाइदिनुभयो। १४  उहाँ ममाथि बारम्बार खनिनुभयो;योद्धाजस्तै ममाथि आइलाग्नुभयो। १५  मैले भाङ्‌ग्रा ओढेँ;+मैले आफ्नो मानसम्मान सबै धुलोमा मिलाएँ।+ १६  रुँदा-रुँदा मेरो अनुहार रातो भइसक्यो+र मेरो आँखाको डिल कालो भइसक्यो। १७  मैले कसैको केही बिगार गरेको छैनँ;मेरा प्रार्थनाहरू निष्कपट छन्‌ तैपनि उहाँले मलाई यस्तो हालतमा पुऱ्‍याउनुभयो। १८  हे पृथ्वी! मेरो रगतलाई नछोप!+ मेरो रोदनले विश्राम नपाओस्‌। १९  अहिले पनि मेरा साक्षी स्वर्गमै हुनुहुन्छ;मेरो पक्षमा गवाही दिन सक्ने माथि हुनुहुन्छ। २०  मैले परमेश्‍वरसामु धरधरी आँसु झार्दा*+मेरा साथीहरू मेरो खिसी गर्छन्‌।+ २१  मानिसहरूबीचको मुद्दा छिनफान गरिदिएझैँकसैले परमेश्‍वर र मबीचको मुद्दा छिनफान गरिदेओस्‌।+ २२  किनकि अब मसित धेरै दिन छैन।म फेरि कहिल्यै नफर्किनेगरि जाँदै छु।+

फुटनोटहरू

वा “मसित भेला हुनेहरू सबैलाई।”
वा सम्भवतः “मैले अनिदो रहेर परमेश्‍वरको बाटो हेर्दा।”