अय्युब २४:१-२५

  • अय्युब अझै जवाफ दिन्छन्‌ (१-२५)

    • ‘परमेश्‍वर किन समय तोक्नुहुन्‍न?’ ()

    • परमेश्‍वर दुष्टता रहन दिनुहुन्छ भनी बताउँछन्‌ (१२)

    • पापीहरू अन्धकार मन पराउँछन्‌ (१३-१७)

२४  “सर्वशक्‍तिमान्‌ले किन समय तोक्नुहुन्‍न?+ उहाँलाई चिन्‍नेहरूले किन उहाँको दिन* देख्न पाउँदैनन्‌?  २  मानिसहरू अरूको सिमाना मिच्छन्‌।+अर्काको बगाल चोरेर आफ्नो चरनमा ल्याउँछन्‌।  ३  तिनीहरू अनाथहरूको* गधा खोस्छन्‌र विधवाको गोरुलाई जबरजस्ती बन्धकीको रूपमा लिन्छन्‌।+  ४  गरिबलाई तिनीहरू बाटोबाट लखेट्‌छन्‌।असहायहरू तिनीहरूदेखि लुकी-लुकी हिँड्‌न बाध्य छन्‌।+  ५  जङ्‌गली गधा निर्जनभूमिमा खानेकुरा खोज्न भौँतारिएझैँ +छोराछोरीको लागि खानेकुरा खोज्न गरिबहरू मरुभूमिमा भौँतारिन्छन्‌।  ६  उनीहरू अरूको खेतमा कटनी गर्न* जानुपर्ने हुन्छ।उनीहरू दुष्टको अङ्‌गुर बगानमा बाँकी रहेका अङ्‌गुर बटुल्न जान्छन्‌।  ७  लुगाफाटा नभएकोले उनीहरू नाङ्‌गै रात काट्‌न बाध्य हुन्छन्‌;+चिसोबाट जोगिन उनीहरूसित ओढ्‌ने नै हुँदैन।  ८  पहाडी भेगमा हुने वर्षाले उनीहरू निथ्रुक्क भिज्छन्‌;ओत लाग्ने ठाउँ नभएकोले उनीहरू चट्टानमा आड लिन्छन्‌।  ९  दुष्टहरू अनाथलाई* आमाको काखबाट खोसेर लैजान्छन्‌;+गरिबको लुगाफाटा बन्धकीको रूपमा लिन्छन्‌+ १०  र उनीहरूलाई नाङ्‌गै हिँड्‌न बाध्य पार्छन्‌;अन्‍नको बिटा बोकाएर पनि उनीहरूलाई भोकभोकै राख्छन्‌। ११  टन्टलापुर घाममा उनीहरू खेतको कान्लामा खट्‌छन्‌;*उनीहरू कोलमा अङ्‌गुर पेल्छन्‌ तैपनि तिर्खाले छटपटिन्छन्‌।+ १२  मर्न लागेकाहरूको रोदन सहरभरि गुञ्जन्छ।सख्त घाइते भएकाहरू गुहार माग्छन्‌।+तर परमेश्‍वर भने तमासा हेरेर बस्नुहुन्छ।* १३  उज्यालोलाई घृणा गर्नेहरूलेउज्यालो बाटो चिन्दैनन्‌+र तिनीहरू ज्योतिको मार्गमा हिँड्‌दैनन्‌। १४  हत्यारा झिसमिसेमै उठ्‌छअनि गरिब र असहायको ज्यान लिन्छ।+रातीचाहिँ त्यो चोरी गर्न जान्छ। १५  व्यभिचार* गर्ने मानिस कहिले साँझ पर्ला भनेर कुरिरहन्छ।+त्यसले ‘मलाई कसैले देख्दैन’ भनेर सोच्छ+ र आफ्नो अनुहार छोप्छ। १६  अन्धकार छाएपछि तिनीहरू घर फोर्छन्‌।दिनमा चाहिँ तिनीहरू लुकेर बस्छन्‌। तिनीहरू उज्यालोलाई मनै पराउँदैनन्‌।+ १७  किनकि बिहानीको उज्यालो तिनीहरूको लागि अन्धकारबराबर छ।घोर अन्धकारको त्रासदेखि तिनीहरू डराउँदैनन्‌। १८  तर तिनीहरूलाई पानीले स्वात्तै बगाइहाल्छ। तिनीहरूको भागमा परेको जमिनलाई सराप लाग्नेछ।+ तिनीहरू आफ्नो अङ्‌गुर बगानमा फर्केर जान पाउनेछैनन्‌। १९  जसरी खडेरी र चर्को घामले पानीलाई* सुकाउँछ,त्यसैगरि चिहानले* पनि दुष्टहरूलाई कप्लक्कै निल्छ।+ २०  त्यसकी आमाले पनि त्यसलाई बिर्सनेछिन्‌। त्यसको शरीरमा स्याउँस्याउँती किरा पर्नेछ। त्यसलाई सबैले बिर्सनेछन्‌।+ दुष्ट मानिस रूख भाँचिएझैँ भाँचिनेछ। २१  त्यसले बाँझी स्त्रीलाई आफ्नो सिकार बनाउँछर विधवालाई दुर्व्यवहार गर्छ। २२  ठूलाबडालाई परमेश्‍वरले आफ्नो शक्‍तिले नाश गर्नुहुनेछ।तिनीहरूको फलिफाप भए पनि तिनीहरूको जीवनको कुनै ठेगान हुँदैन। २३  तिनीहरूलाई ढुक्क र सुरक्षित रहन दिनुभए तापनि+परमेश्‍वरले तिनीहरूको एक-एक काम याद गर्नुहुन्छ।+ २४  तिनीहरूले केही बेर मानसम्मान पाउँछन्‌ तर अन्तमा बिलाएर जान्छन्‌।+ तिनीहरू सबैको नजरमा गिर्छन्‌+ र आम मानिसझैँ जम्मा गरिन्छन्‌।अन्‍नको बाला काटिएझैँ तिनीहरू काटिन्छन्‌। २५  मेरो कुरा झूटो हो भनेर कसले भन्‍न सक्छ?मलाई कसले गलत साबित गर्न सक्छ?”

फुटनोटहरू

अर्थात्‌, परमेश्‍वरले न्याय गर्नुहुने दिन।
वा “बुबा गुमाएका बच्चाहरूको।”
वा सम्भवतः “वस्तुभाउको लागि घाँसपात जम्मा गर्न।”
वा “बुबा गुमाएको बच्चालाई।”
वा सम्भवतः “उनीहरू खेतको कान्लामा तेल पेल्छन्‌।”
वा सम्भवतः “परमेश्‍वर कसैलाई दोषी ठहराउनुहुन्‍न।”
शब्दावली हेर्नुहोस्‌।
वा “पग्लेको हिउँलाई।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।