अय्युब २५:१-६
२५ बिल्दद+ सुहीले यस्तो जवाफ दिए:
२ “उहाँसित शासन गर्ने अधिकार र अथाह शक्ति छ।उहाँले स्वर्गमा शान्ति कायम गर्नुहुन्छ।
३ कसले पो उहाँको फौज गन्न सक्छ र?
कोमाथि पो उहाँको ज्योति चम्कँदैन र?
४ त्यसोभए मरणशील मानिस कसरी परमेश्वरको नजरमा धर्मी ठहरिन सक्छ?+अथवा स्त्रीबाट जन्मेको मानिस कसरी निर्दोष ठहरिन सक्छ?+
५ उहाँको नजरमा जूनसमेत चहकिलो छैनर ताराहरू पनि बेदाग छैनन्।
६ झन् मानिसको त के कुरा?मानिस त केवल एउटा औँसाबराबर अनि मानिसको छोरा किराबराबर छ।”