अय्युब ३२:१-२२
३२ आफू धर्मी छु भन्ने कुरामा अय्युब विश्वस्त भएकोले*+ तिनका तीन जना साथीले तिनीसित विवाद गरिरहन चाहेनन्।
२ तर एलिहु भने रिसले चूर भए। उनी रामको वंशका बुजको+ सन्तान बाराकेलका छोरा थिए। अय्युबले परमेश्वरको सट्टा आफैलाई सही साबित गर्न खोजेकोले एलिहु तिनीसित खुब रिसाए।+
३ साथै अय्युबका तीन जना साथीसित पनि उनलाई साह्रै रिस उठ्यो किनकि तिनीहरूले अय्युबलाई कुनै जवाफ दिन सकेनन् र यसरी तिनीहरूले पनि परमेश्वरलाई नै दोषी ठहराए।+
४ अय्युबका तीन जना साथी एलिहुभन्दा जेठा थिए।+ त्यसैले अय्युबलाई जवाफ दिन उनी आफ्नो पालो कुरेर बसिरहेका थिए।
५ अय्युबको कुराले तिनका साथीहरूको मुखमा बुजो लागेको देखेर एलिहुको पारो तात्यो।
६ त्यसैले बुजको सन्तान बाराकेलका छोरा एलिहुले यसरी आफ्नो कुरा सुरु गरे:
“म त कलिलै छुतर तपाईँहरू पाको उमेरको हुनुहुन्छ।+
त्यसैले तपाईँहरूको अनादर नहोस् भनेर म चुपचाप बसेँ+र आफ्नो कुरा तपाईँहरूलाई बताउने आँट गरिनँ।
७ मलाई लाग्यो, ‘बुज्रुगहरूले बोल्नुर उमेर खाएकाहरूले बुद्धि प्रकट गर्नु नै उचित हुन्छ।’
८ तर वास्तवमा परमेश्वरको शक्तिले,उहाँको सासले मानिसलाई समझदार बनाउँदो रहेछ।+
९ उमेर खाँदैमा मानिस बुद्धिमान् हुँदैन रहेछअनि बूढो हुँदैमा सही कुरा थाह हुन्छ भन्ने छैन रहेछ।+
१० त्यसैले मेरो कुरा सुन्नुहोस्;आफूले जानेको कुरा म पनि बताउन चाहन्छु।
११ तपाईँहरूले केही बोल्नुहोला कि भनेर मैले पर्खेँ।तपाईँहरूको तर्क मैले कान थापेर सुनिरहेँ।+‘अब के बोलौँ’ भनेर तपाईँहरूले सोचिरहेको बेलामा समेत मैले आफ्नो मुख खोलिनँ।+
१२ मैले तपाईँहरूको कुरा ध्यान दिएर सुनेँतर तपाईँहरूले न अय्युबलाई गलत साबित गर्न* सक्नुभयोन त उहाँका प्रश्नहरूको जवाफ दिन सक्नुभयो।
१३ त्यसैले यसो नभन्नुहोस्, ‘हामीलाई बुद्धिका कुरा थाह छ;अय्युबलाई सच्याउने हामी होइनौँ, परमेश्वर नै हुनुहुन्छ।’
१४ अय्युबले मविरुद्ध केही पनि बोल्नुभएको छैन।त्यसैले म उहाँसित तपाईँहरूले जस्तो तर्क गर्नेछैनँ।
१५ तपाईँहरू त अक्क न बक्क पर्नुभएको छ, नाजवाफ हुनुभएको छ।बोल्नलाई तपाईँहरूसित कुनै शब्द छैन।
१६ मैले पर्खेर हेरेँ तर तपाईँहरू बोल्नुभएन।तपाईँहरू केही नबोली ठिङ्ग उभिरहनुभयो।
१७ त्यसैले अब म बोल्छु,म पनि आफूले जानेको कुरा बताउँछु।
१८ भन्नुपर्ने धेरै कुरा मसित छन्।परमेश्वरको शक्तिले मलाई बोल्न बाध्य पारेको छ।
१९ अब त मलाई उकुसमुकुस हुन थालिसक्यो।मेरो मन रक्सी हालेर फुट्नै लागेको नयाँ मशकझैँ* भएको छ।+
२० अब मलाई बोल्न दिनुहोस् र मैले चैनको सास फेर्न पाऊँ।
म आफ्नो मुख खोलेर जवाफ दिनेछु।
२१ म कसैको पक्ष नलिईकन बोल्नेछु।+म कसैलाई फुर्काउनेछैनँ।*
२२ किनकि म कसैलाई फुर्काउन जान्दिनँ।मैले त्यसो गरेँ भने त मेरो सृष्टिकर्ताले तुरुन्तै मलाई नाश गर्नुहुनेछ।
फुटनोटहरू
^ वा “अय्युब आफ्नै नजरमा धर्मी भएकोले।”
^ वा “सच्याउन।”
^ जनावरको छालाबाट बनेको थैलो।
^ वा “कुनै पदवीले सम्बोधन गर्नेछैनँ।”