अय्युब ३५:१-१६

  • एलिहु अय्युबको गलत तर्कलाई औँल्याउँछन्‌ (१-१६)

    • अय्युबले आफूलाई परमेश्‍वरभन्दा असल ठहऱ्‍याए ()

    • परमेश्‍वर यत्ति उच्च हुनुहुन्छ, उहाँलाई मानिसको पापले असर गर्दैन (५, ६)

    • अय्युबले परमेश्‍वरको बाटो हेर्नुपर्छ (१४)

३५  एलिहुले अझै यसो भने:  २  “तपाईँ भन्‍नुहुन्छ, ‘म परमेश्‍वरभन्दा धर्मी छु!’आफू सही छु भन्‍ने कुरामा के तपाईँ त्यति धेरै विश्‍वस्त हुनुहुन्छ?+  ३  किनकि तपाईँ भन्‍नुहुन्छ, ‘मैले असल काम गरे पनि तपाईँलाई* के फरक पर्छ र? आखिर पाप नगर्दा पनि मलाई के फाइदा भएको छ र?’+  ४  म तपाईँलाईर तपाईँका साथीहरूलाई+ जवाफ दिनेछु।  ५  आफ्नो शिर उठाएर आकाशतिर हेर्नुहोस्‌।माथि आकाशमा बादललाई हेर्नुहोस्‌।+  ६  तपाईँले पाप गरे तापनि उहाँको के नै बिग्रन्छ र?+ तपाईँले घरीघरी अपराध गरे तापनि उहाँलाई के फरक पर्छ र?+  ७  अथवा तपाईँ धर्मी नै भए पनि उहाँलाई के फाइदा हुन्छ र?तपाईँबाट उहाँले के नै पाउनुहुन्छ र?+  ८  तपाईँको दुष्टताले र तपाईँको धार्मिकतालेतपाईँजस्तो मानिसलाई मात्रै फरक पार्छ।  ९  थिचोमिचोमा पर्दा मानिसहरू जोडले कराउँछन्‌।ठूलाबडाले अत्याचार गर्दा तिनीहरू मदतको लागि रोइकराइ गर्छन्‌।+ १०  तर कसैले पनि यसो भन्दैन, ‘मेरा परमेश्‍वर, मेरा महान्‌ रचनाकार कहाँ हुनुहुन्छ?+जसको लागि मानिसहरू राती गीत गाउँछन्‌, उहाँ कहाँ हुनुहुन्छ?’+ ११  उहाँ पृथ्वीका जनावरहरूलाई भन्दा+ हामीलाई धेरै सिकाउनुहुन्छ+र आकाशका चराचुरुङ्‌गीलाई भन्दा हामीलाई बुद्धिमान्‌ बनाउनुहुन्छ। १२  मानिसहरू ठूलठूलो स्वरमा पुकार्छन्‌ तर उहाँ जवाफ दिनुहुन्‍न।+दुष्टहरू घमन्डी भएकोले उहाँ तिनीहरूको बिन्ती सुन्‍नुहुन्‍न।+ १३  हो, परमेश्‍वर मानिसहरूको खोक्रो बिन्ती सुन्‍नुहुन्‍न।+सर्वशक्‍तिमान्‌ परमेश्‍वर त्यस्ता कुराहरूमा ध्यान दिनुहुन्‍न। १४  त्यसोभए झन्‌ उहाँले तपाईँको पुकारा सुन्‍नुहोला र? किनकि उहाँलाई तपाईँको वास्तै छैन भनेर तपाईँ गुनासो गर्नुहुन्छ।+ तपाईँको मुद्दा उहाँसामु पेस भइसकेको छ; त्यसैले उहाँको बाटो हेरेर बस्नुहोस्‌।+ १५  किनकि उहाँले तपाईँसँग रिसाउँदै लेखा लिनुभएको छैन।उहाँले तपाईँको बेलगाम बोलीलाई वास्ता गर्नुभएको छैन।+ १६  अय्युब व्यर्थैमा आफ्नो मुख खोल्नुहुन्छ।उहाँ आफूलाई थाह नभएका कुराहरूसमेत बोलेको बोल्यै गर्नुहुन्छ।”+

फुटनोटहरू

यसले परमेश्‍वरलाई जनाएको हुन सक्छ।