इजकिएल १९:१-१४

  • इस्राएलका कुलनायकहरूको लागि शोकगीत (१-१४)

१९  “इस्राएलका कुलनायकहरूबारे एउटा शोकगीत गाऊ। २  यसो भन,‘ओहो! तिम्री आमा, सिंहहरूसँगसँगै हिँड्‌ने सिंहनी! जवान सिंहहरूबीच ढल्कने र डमरुहरू हुर्काउने सिंहनी!  ३  सिहंनीले डमरुहरूमध्ये एउटालाई हुर्काई अनि त्यो डमरु बलियो जवान सिंह भयो।+ त्यसले सिकार गर्न सिक्यो, मानिसहरूलाई समेत फहराउन थाल्यो।  ४  जातिजातिका मानिसहरूले त्यसबारे सुने र त्यसलाई खाल्टोमा पासो थापेर पक्रे अनि त्यसको नाकमा अङ्‌कुस लगाएर मिश्र देशमा ल्याए।+  ५  सिंहनीले आफ्नो डमरु फर्केला कि भनेर पर्खिई तर त्यो फर्केन र सिंहनीको आशा मऱ्‍यो। त्यसैकारण त्यसले अर्को डमरुलाई हुर्काउन थाली र त्यसलाई पनि बलियो जवान सिंह बनाई।  ६  त्यो पनि अरू सिंहसँगसँगै हिँड्‌न थाल्यो र बलियो जवान सिंह भयो। त्यसले पनि सिकार गर्न सिक्यो र मानिसहरूलाई समेत फहराउन थाल्यो।+  ७  मानिसहरूका बलिया किल्लाहरूमा त्यो चाल मारेर पस्यो र सहरहरू तहसनहस पाऱ्‍यो। त्यसको गर्जन उजाड देशभरि सुनियो।+  ८  त्यसलाई पक्रन चारैतिरबाट जातिजातिका मानिसहरू आए। तिनीहरूले जाल बिछ्याए र त्यो खाल्टोमा पऱ्‍यो।  ९  तिनीहरूले त्यसलाई अङ्‌कुसले तानेर खोरमा हाले र बेबिलोनका राजाकहाँ लगे। अनि इस्राएलका डाँडाहरूमा त्यसको गर्जन फेरि कहिल्यै नसुनियोस्‌ भनेर तिनीहरूले त्यसलाई थुने। १०  तिम्री आमा खोलाको छेउमा रोपेको अङ्‌गुरको बोटजस्तै* थिई।+ प्रशस्त पानी भएकोले त्यसले फल फलायो र त्यसका हाँगाबिँगा फैलिए। ११  राजदण्ड नै बनाउन मिल्नेगरि त्यसका हाँगाहरू बलिया भए। अङ्‌गुरको बोट बढ्‌यो र बढ्‌दै गएर त्यो अरू रूखभन्दा अग्लो भयो, अग्लो भएकोले र झ्याम्म परेकोले टाढैबाट त्यो छर्लङ्‌गै देखिन्थ्यो। १२  तर रिसको झोँकमा त्यसलाई उखेलियो+ र जमिनमा फ्याँकियो, पूर्वीय बतासले गर्दा त्यसको फल सुक्यो। त्यसका बलिया हाँगाहरू भाँचिए र सुके+ अनि आगोले ती खरानी भए।+ १३  त्यसलाई फेरि उजाड भूमिमा रोपियो, पानी नभएको सुक्खा ठाउँमा त्यो रोपियो।+ १४  त्यसका हाँगाहरूबाट आगो फैलियो र त्यसका कलिला हाँगाहरू अनि फलहरू खरानी भए। त्यसका बलिया हाँगाहरू एउटै बाँकी रहेन, शासकको राजदण्ड बनाउन लायकको हाँगासमेत बाँकी रहेन।+ “‘यो शोकगीत हो र शोकगीत नै रहिरहनेछ।’”

फुटनोटहरू

शा., “तिम्रो रगतमा भएको अङ्‌गुरको बोटजस्तै।”