इजकिएल २:१-१०
२ तब उहाँले मलाई यसो भन्नुभयो: “हे मानिसको छोरा,* उठ। तिमीसित कुरा गर्नु छ।”+
२ उहाँले मसित बोल्नुहुँदा ममाथि पवित्र शक्ति आयो र मैले उहाँको कुरा सुन्न सकूँ भनेर त्यसले मलाई उभिन बल दियो।+
३ उहाँले मलाई अझै यसो भन्नुभयो: “हे मानिसको छोरा, म तिमीलाई इस्राएलीहरूकहाँ+ अर्थात् मेरो विद्रोह गर्ने जातिकहाँ+ पठाउँदै छु। तिनीहरूले पुस्तौँदेखि मेरो नियम उल्लङ्घन गर्दै आएका छन्।+
४ म तिमीलाई अटेरी र कठोर+ मानिसहरूकहाँ पठाउँदै छु र तिमीले तिनीहरूलाई ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ’ भन।
५ तर तिनीहरूले चाहे सुनून् या नसुनून्—किनकि तिनीहरू विद्रोही हुन्+—तिनीहरूमाझ एक जना भविष्यवक्ता रहेछन् भनेर तिनीहरूले थाह पाउनेछन्।+
६ “तर हे मानिसको छोरा, तिमीचाहिँ तिनीहरूसित नडराउनू।+ तिम्रो वरपर काँडैकाँडाको झाडी भए पनि*+ र तिमी बिच्छी नै बिच्छी भएको ठाउँमा बस्नुपरे पनि तिनीहरूको कुरा सुनेर नडराउनू।+ हो, तिनीहरूले जेसुकै भने पनि नडराउनू। तिनीहरूलाई देखेर नतर्सनू+ किनकि तिनीहरू विद्रोही जाति हुन्।
७ तिनीहरूले चाहे सुनून् या नसुनून्, तिमीले तिनीहरूलाई मेरो कुरा सुनाउनू किनकि तिनीहरू विद्रोही मानिस हुन्।+
८ “तर हे मानिसको छोरा, तिमीचाहिँ मैले भनेको कुरा सुन। तिमी यी मानिसहरूजस्तै विद्रोही नहुनू। अब आफ्नो मुख खोल र म जे दिन्छु, त्यो खाऊ।”+
९ मैले हेर्दा एउटा हात मतिर पसारिएको देखेँ+ र हातमा एउटा मुठा थियो, जसमा केही लेखिएको थियो।+
१० उहाँले मेरै अगाडि त्यो मुठा खोल्नुभयो। त्यसको दुवैपट्टि लेखिएको थियो।+ त्यसमा शोकगीत अनि पीडा र विलापका शब्दहरू लेखिएका थिए।+
फुटनोटहरू
^ इजकिएलको पुस्तकभरि “हे मानिसको छोरा” भन्ने अभिव्यक्ति ९३ पटक प्रयोग गरिएको छ र यो पहिलो हो।
^ वा सम्भवतः “मानिसहरू हठी भए पनि र तिमीलाई घोच्ने काँडाजस्तै भए पनि।”