उपदेशक १:१-१८
१ दाउदका छोरा, यरुसलेमका राजा,+ उपदेशकका*+ वचन:
२ उपदेशक भन्छन्, “व्यर्थ! व्यर्थ!सबै कुरा व्यर्थ छ!”+
३ संसारमा* आफूले गरेको सबै काम र कडा मेहनतको सट्टामामानिसले आखिर के पाउँछ?+
४ पुस्ताहरू आउँछन्, पुस्ताहरू जान्छन्तर पृथ्वी भने सधैँभरि रहिरहन्छ।+
५ सूर्य उदाउँछ, सूर्य अस्ताउँछअनि फेरि उदाउनलाई त्यो हतारिँदै पहिलेकै ठाउँतिर जान्छ।+
६ बतास दक्षिणतिर बहन्छ र फेरि घुमेर उत्तरतिर फर्कन्छ।त्यसले फन्को मार्न छोड्दैन; त्यसले चक्कर लगाइरहन्छ।
७ सबै खोला बगेर समुद्रमा मिसिन्छन् तैपनि समुद्र कहिल्यै भरिँदैन।+
ती जहाँबाट बग्थे, त्यतैतिर फर्कन्छन् र फेरि बग्न थाल्छन्।+
८ सबै कुरा थकाइलाग्दा छन्।कसैले ती व्याख्या गर्न सक्दैन।
जति हेरे पनि आँखा थाक्दैन;जति सुने पनि कान अघाउँदैन।
९ संसारमा* नयाँ कुरा केही पनि छैन।+जे भएको थियो, त्यो फेरि हुनेछ;जे गरिएको थियो, त्यो फेरि गरिनेछ।
१० के कुनै कुरा देखेर कसैले यसो भन्न सक्छ, “हेर त! योचाहिँ नयाँ हो”?
त्यो त उहिलेदेखि नै थियो,हाम्रो पालाभन्दा अघिदेखि नै।
११ उहिले-उहिलेका मानिसहरूलाई कसैले सम्झँदैन।पछि आउने पुस्तालाई पनि कसैले सम्झनेछैनअनि तिनीहरूलाई पनि तिनीहरूपछि आउने पुस्ताले सम्झनेछैन।+
१२ म उपदेशकले यरुसलेमबाट इस्राएलमाथि शासन गर्दै आएको छु।+
१३ मैले आफ्नो सारा हृदय अनि दिमाग लगाएर+ पृथ्वीमा मानिसहरूले के-के गर्दा रहेछन् भनेर नियालेँ।+ ती त मानिसलाई व्यस्त बनाउन परमेश्वरले दिनुभएको दिक्कलाग्दो कामबाहेक केही होइन रहेछ।
१४ मैले संसारमा* गरिएका सबै काम पनि केलाएर हेरेँतर सबै व्यर्थ रहेछन्, केवल बतासलाई खेदेजस्तो।+
१५ जे टेढो छ, त्यसलाई सीधा पार्न सकिँदैन।जे हातमा छैन, त्यसको गन्ती हुन सक्दैन।
१६ अनि मैले मनमनै सोचेँ: “मैले निकै बुद्धि हासिल गरेको छु। मजति बुद्धिमान् यरुसलेममा पहिला अरू कोही थिएन।+ मैले निकै ज्ञान र बुद्धि हासिल गरेँ।”+
१७ बुद्धि, पागलपन र मूर्खता के हो भनी थाह पाउन म मरिमेटेर लागेँ।+ तर यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ।
१८ किनकि मानिसले जति धेरै बुद्धि प्राप्त गर्छ, ऊ त्यति नै निराश हुन्छ।आफ्नो ज्ञान बढाउनेले त्यससँगसँगै दुःख पनि बढाउँछ।+
फुटनोटहरू
^ हिब्रू भाषामा कोहेलेथ। यसको अर्थ हो, “सभा बोलाउने, मानिसहरूलाई भेला पार्ने व्यक्ति।”
^ शा., “सूर्यमुनि।” यो शब्द उपदेशकको किताबमा २९ पटक प्रयोग गरिएको छ।
^ शा., “सूर्यमुनि।”
^ शा., “सूर्यमुनि।”