उपदेशक ११:१-१०

  • मौका छोप (१-८)

    • आफ्नो रोटी पानीमा फालिदेऊ ()

    • बिहानदेखि साँझसम्मै बिउ छर ()

  • युवास्थामा रमाऊ तर विचार पुऱ्‍याऊ (९, १०)

११  आफ्नो रोटी पानीमा फालिदेऊ+ किनकि धेरै दिनपछि तिमीले त्यो फिर्ता पाउनेछौ।+ २  आफूसित भएको कुरा सात-आठ जनासित बाँड+ किनकि पृथ्वीमा पछि के-कस्तो विपत्ति आइपर्नेछ, तिमीलाई थाह छैन। ३  जब बादल पानीले भरिन्छ, तब त्यो पृथ्वीमा बर्सन्छ। रूख चाहे दक्षिणतिर लडोस्‌ या उत्तरतिर, त्यो जतातिर लड्‌छ, त्यतै तेर्सिन्छ। ४  बतासको चिन्ता गर्नेले कहिल्यै बिउ छर्दैन। पानी पर्ला भनेर सुर्ता गर्नेले कहिल्यै कटनी गर्दैन।+ ५  गर्भमा हुर्कँदै गरेको बच्चाको हड्डीमा जीवनशक्‍तिले* कसरी काम गर्छ,+ तिमीलाई थाह नभएजस्तै साँचो परमेश्‍वरका कामहरू तिमी थाह पाउन सक्दैनौ। किनकि उहाँ सबथोक गर्नुहुन्छ।+ ६  बिहान सबेरै बिउ छर्न थाल र साँझसम्मै छरिरह।+ किनकि तिमीले छरेको कुनचाहिँ बिउ उम्रन्छ अनि कुनचाहिँ उम्रँदैन अथवा सबै पो उम्रने हुन्‌ कि, तिमी जान्दैनौ। ७  ज्योति राम्रो हुन्छ र घामको उज्यालो देख्न पाउनु आँखाको लागि राम्रो हो। ८  यदि कोही वर्षौँ बाँच्छ भने उसले ती सबै वर्ष हाँसीखुसी बिताओस्‌।+ तर उसले यो पनि याद राखोस्‌, उसको जीवनमा थुप्रै अँध्यारा दिनहरू आउन सक्छन्‌। अनि आउन लागेका ती दिनहरू पनि व्यर्थ छन्‌।+ ९  त्यसैले हे युवा हो, आफ्नो युवावस्थामा रमाऊ र आफ्नो जोबन हाँसीखुसी बिताऊ। तिम्रो हृदय र तिम्रो आँखाले तिमीलाई जता डोऱ्‍याउँछ, त्यतै जाऊ। तर यो कुरा याद राख, साँचो परमेश्‍वरले तिमीले गर्ने सबै कुराको लेखा लिनुहुन्छ।+ १०  त्यसैले तिमीलाई दुःखी बनाउने कुरा हृदयबाट निकालिदेऊ र तिम्रो शरीरलाई हानि पुऱ्‍याउने कुरादेखि अलग बस किनकि युवावस्था र जवानी व्यर्थ हुन्‌।+

फुटनोटहरू

यसले परमेश्‍वरको शक्‍तिलाई पनि जनाउन सक्छ।