गन्ती २४:१-२५
२४ यहोवा परमेश्वर इस्राएलीहरूलाई आशिष् दिन चाहनुहुन्छ भनी बुझेपछि बालाम इस्राएलीहरूलाई विनाश गर्नको लागि शकुन हेर्न अन्त कतै गएनन्।+ बरु उनले आफ्नो नजर निर्जनभूमितिर लगाए।
२ जब बालामले इस्राएलीहरू आ-आफ्नो कुलअनुसार पाल टाँगेर बसेको देखे,+ तब परमेश्वरको शक्ति उनमा आयो।+
३ त्यसपछि उनले यस्तो सन्देश सुनाए:+
“बेअरको छोरा बालामको सन्देश,यस्तो मानिसको सन्देश, जसको आँखा खोलिएको छ,
४ जसले परमेश्वरको वचन सुनेको छ,जसले आफ्नो आँखा खुल्लै राखेर घोप्टो पर्दासर्वशक्तिमान् परमेश्वरको दर्शन* देखेको छ:+
५ हे याकुब, तिम्रो पाल कत्ति राम्रो!हे इस्राएल, तिम्रो निवासस्थान कत्ति सुन्दर!+
६ टाढा-टाढासम्म फैलिएको बेँसीजस्तो,*+नदीछेउमा भएको बगैँचाजस्तो,यहोवाले रोप्नुभएको अगरुको बोटजस्तो,*पानीनेर लगाइएको देवदारको रूखजस्तो।
७ उसका दुवै भाँडाबाट पानी भरिएर पोखिन्छ,+उसको बिउ* प्रशस्त पानी भएको ठाउँमा छरिन्छ।
उसको राजा+ अगागको राजाभन्दा महान् हुनेछ,+उसको राज्य समृद्ध हुनेछ।+
८ परमेश्वरले उसलाई मिश्रबाट निकालेर ल्याउनुभएको छ;उहाँ उसको लागि जङ्गली साँढेको सिङसरह हुनुहुन्छ।
उसले आफूमाथि अत्याचार गर्ने राष्ट्रहरूलाई च्यातचुत पार्छ,+उनीहरूको हड्डी कऱ्यामकुरुम चपाउँछ अनि काँड हानेर उनीहरूलाई धुजाधुजा पार्छ।
९ ऊ सिंहजस्तै ढल्किरहेको छ,उसलाई उठाउने कसको आँट?
तिमीलाई आशिष् दिने आशिषित् हुन्छन्,तिमीलाई सराप्ने श्रापित हुन्छन्।”+
१० यो सुनेर बालाक बालामसित रिसले चूर भए। तिनले खिस्याउने पारामा थपडी मार्दै बालामलाई यसो भने: “मैले त तपाईँलाई मेरा शत्रुहरूलाई सराप दिन पो बोलाएको,+ तर तपाईँले त उल्टै तिनीहरूलाई तीन-तीन पल्ट आशिष् दिनुभयो।
११ अब तपाईँ यहाँबाट गइहाल्नुहोस्! तपाईँलाई प्रशस्त इनाम दिएर सम्मान गरूँला+ भन्ने सोचेको थिएँ तर हेर्नुहोस्, यहोवाले तपाईँलाई सम्मान पाउनदेखि रोक्नुभएको छ।”
१२ तब बालामले बालाकलाई भने: “मैले तपाईँका सन्देशवाहकहरूलाई पहिल्यै भनेको थिइनँ र:
१३ ‘बालाकले मलाई सुनचाँदीले भरिएको आफ्नो महलै दिनुभए पनि यहोवा परमेश्वरले नगर्नू भन्नुभएको कुरा म गर्न सक्दिनँ; आफ्नो इच्छाअनुसार म केही गर्न सक्दिनँ, चाहे त्यो असल होस् या खराब। यहोवा परमेश्वरले जे बोल्न भन्नुहुन्छ, म त्यही मात्र बोल्छु।’+
१४ अब म आफ्ना मानिसहरूकहाँ फर्कन्छु। तर जानुभन्दा अगाडि यी मानिसहरूले भविष्यमा* तपाईँका मानिसहरूलाई के गर्नेछन् भनेर बताउँछु।”
१५ त्यसपछि तिनले यस्तो सन्देश सुनाए:+
“बेअरको छोरा बालामको सन्देश,यस्तो मानिसको सन्देश, जसको आँखा खोलिएको छ,+
१६ जसले परमेश्वरको वचन सुनेको छ,जसले सर्वोच्च परमेश्वरले दिनुहुने ज्ञान पाएको छ।जसले आफ्नो आँखा खुल्लै राखेर घोप्टो पर्दासर्वशक्तिमान् परमेश्वरको दर्शन देखेको छ:
१७ म उहाँलाई देख्नेछु तर अहिले होइन;म उहाँलाई हेर्नेछु तर तुरुन्तै होइन।
याकुबबाट एउटा तारा उदाउनेछ,+इस्राएलबाट+ एउटा राजदण्ड उठ्नेछ।+
उसले मोआबको टाउको दुई फ्याक पार्नेछ,+खैलाबैला मच्चाउनेहरूको खप्पर धुलोपिठो पार्नेछ।
१८ इस्राएलले ठूलो बहादुरी देखाउँदाएदोम उसको कब्जामा पर्नेछ,+उसको शत्रु सेइर+ उसको अधीनमा हुनेछ।+
१९ याकुबबाट जो निस्कन्छ, उसले शत्रुलाई परास्त गर्नेछ+अनि उसले सहरबाट भागेर बाँचेकाहरूलाई नाश गर्नेछ।”
२० अमालेकलाई देखेपछि बालामले अझै यस्तो सन्देश सुनाए:
“सबै राष्ट्रमध्ये अमालेक पहिलो थियो,+तर अन्तमा त्यसको पनि नामोनिसान रहनेछैन।”+
२१ केनीहरूलाई+ देखेपछि तिनले फेरि यसो भने:
“तिम्रो निवासस्थान सुरक्षित छ, तिम्रो निवास चट्टानमा बसालिएको छ।
२२ तर कसैले केनीहरूलाई* जलाएर खरानी बनाउनेछ।
त्यो दिन चाँडै आउँदै छ, जब तिमीलाई अस्सेरियाले कैद गरेर लानेछ।”
२३ बालामले अझै यसो भने:
“हाय! परमेश्वरले त्यसो गर्नुहुँदा को बच्न सक्छ र?
२४ कित्तिमका तटबाट जहाजहरू आउनेछन्,+तिनीहरूले अस्सेरियालाई सास्ती दिनेछन्,+एबेरलाई पनि सास्ती दिनेछन्,
तर अन्तमा तिनीहरू पनि सर्वनाश हुनेछन्।”
२५ त्यसपछि बालाम+ उठेर आफ्नो बाटो लागे। अनि बालाक पनि आफ्नो बाटो लागे।
फुटनोटहरू
^ वा “वादीजस्तो।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
^ यसले बाइबलकालीन समयमा अत्तर बनाउन प्रयोग गरिने बास्नादार तत्त्व भएको रूखलाई जनाउँछ।
^ वा “सन्तान।”
^ वा “अन्तको दिनमा।”
^ शा., “केनलाई।”