यहोसु १३:१-३३
१३ यहोसु धेरै वृद्ध भइसकेका थिए र तिनले निकै उमेर खाइसकेका थिए।+ त्यसैले यहोवा परमेश्वरले तिनलाई भन्नुभयो: “तिमी धेरै वृद्ध भइसक्यौ र अब धेरै दिन बाँच्नेछैनौ। तर अझ थुप्रै भूभाग कब्जा गर्न बाँकी नै छ।
२ तिमीले अझ यी इलाकाहरू कब्जा गरिसकेका छैनौ:+ पलिस्तियालीहरूको र गेसुरीहरूको पूरै इलाका;+
३ (मिश्रको पूर्वमा* पर्ने नाइल नदीबाट निस्केको शाखा नदीदेखि* उत्तरमा एक्रोनको सिमानासम्म, जुन कनानीहरूको इलाका मानिन्थ्यो)+ यसमा पलिस्तियालीहरूका पाँच जना शासकको+ इलाका पनि पर्छ—गाजा, अस्दोद,+ अस्कलोन,+ गाथ+ र एक्रोनमा+ बस्नेहरूको इलाका। अनि अव्वीहरूको+ इलाका,
४ जुन दक्षिणमा पर्छ; कनानीहरूको पूरै इलाका; सिदोनीहरूको इलाका मेराह,+ जुन एमोरीहरूको सिमानामा पर्ने अफेकसम्म फैलिएको छ;
५ गेबालीहरूको इलाका+ र पूर्वतिर लेबनानको पूरै इलाका, जुन हर्मोन डाँडाको फेदमा पर्ने बाआल-गाददेखि लेबो-हमाथसम्म*+ फैलिएको छ
६ अनि लेबनानदेखि+ मिस्रेफोथ-मैमसम्मको+ पहाडी इलाकामा बस्ने मानिसहरूको र सिदोनीहरूको+ पूरै इलाका। म तिनीहरू सबैलाई इस्राएलीहरूको सामनेबाट धपाइदिनेछु।+ तिमीले चाहिँ मैले आज्ञा गरेझैँ इस्राएलीहरूलाई ती इलाकाहरू पैतृक सम्पत्तिको रूपमा बाँडिदिनू।+
७ तिमीले यी इलाकाहरू पैतृक सम्पत्तिको रूपमा नौ वटा कुललाई र मनस्सेको आधा कुललाई बाँडिदिनू।”+
८ मोसाले मनस्सेको बाँकी आधा कुल, रुबेनका सन्तान र गादका सन्तानलाई पैतृक सम्पत्तिको रूपमा यर्दन नदीको पूर्वतिरको इलाका दिएका थिए। यहोवा परमेश्वरका सेवक मोसाले तिनीहरूलाई दिएका इलाका यी नै हुन्:+
९ अर्नोन बेँसीको*+ किनारामा पर्ने अरोएर+ र बेँसीको बीचमा पर्ने सहर अनि दिबोनसम्म फैलिएको मेदेबाको सबै पठार;*
१० हेस्बोनबाट शासन गर्ने एमोरीहरूका राजा सिहोनका सबै सहर, जुन अम्मोनीहरूको सिमानासम्म फैलिएको थियो;+
११ गिलाद, गेसुरी र माकाथीहरूको+ इलाका अनि हर्मोन डाँडा र सालेकाहसम्म+ बासानको पूरै इलाका;+
१२ अस्तारोथ र एद्रईबाट शासन गर्ने बासानका राजा ओगको पूरै इलाका। (तिनी बाँकी रहेका रेफाईहरूमध्ये एक थिए।)+ मोसाले तिनीहरूलाई हराएर ती इलाकाहरूबाट खेदे।+
१३ तर इस्राएलीहरूले गेसुरी र माकाथीहरूलाई भने खेदेनन्।+ तिनीहरू आजसम्म पनि इस्राएलीहरूबीच बसोबास गर्छन्।
१४ तिनले लेविको कुललाई मात्र पैतृक सम्पत्तिको रूपमा कुनै जग्गाजमिन दिएनन्।+ इस्राएलका परमेश्वर यहोवाले लेवीहरूलाई वचन दिनुभएझैँ+ उहाँको निम्ति आगोमा चढाइएको भेटी नै तिनीहरूको अंश हुने थियो।+
१५ त्यसपछि मोसाले रुबेनको कुललाई तिनीहरूको घरानाअनुसार पैतृक सम्पत्ति दिए।
१६ तिनीहरूको इलाका यी नै हुन्: अर्नोन बेँसीको किनारामा पर्ने अरोएर र बेँसीको बीचमा पर्ने सहर अनि मेदेबाको सबै पठार;
१७ हेस्बोन र यसको पठारमा भएका सबै सहर;+ दिबोन, बामोथ-बाआल, बेथ-बाआल-मोन,+
१८ याहज,+ केदेमोथ,+ मेफाथ,+
१९ किर्यथैम, सिब्माह+ र बेँसीनजिकैको डाँडाको जेरेथ-सेहार,
२० बेथ-पोअर, पिस्गाहका पाखाहरू,+ बेथ-यसिमोथ,+
२१ पठारमा भएका सबै सहर र हेस्बोनबाट+ शासन गर्ने एमोरीहरूका राजा सिहोनको अधीनमा भएका सबै सहर। मोसाले सिहोनलाई+ र मिद्यानी नाइकेहरू एबि, रेकेम, जुर, हुर र रेबालाई+ हराए। यी नाइकेहरू सिहोनको अधीनमा भएको इलाकाका रजौटाहरू* थिए।
२२ इस्राएलीहरूले तरबारले मारेकाहरूमध्ये बेअरका छोरा बालाम+ पनि थिए र तिनी ज्योतिषी थिए।+
२३ रुबेनका सन्तानले पाएको इलाकाको सिमाना यर्दन थियो। यो इलाका अनि यसमा भएका सहर र वरपरका बस्तीहरू रुबेनका सन्तानले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाए।
२४ अनि मोसाले गादका सन्तानलाई तिनीहरूको घरानाअनुसार पैतृक सम्पत्ति दिए।
२५ तिनीहरूको इलाकामा यी ठाउँहरू पनि पर्थे: याजेर,+ गिलादमा भएका सबै सहर र राब्बाहनजिकै+ अरोएरसम्म फैलिएको अम्मोनीहरूको आधा इलाका+
२६ अनि हेस्बोनदेखि+ रामाथ-मिस्पेह र बेतोनिमसम्म अनि महनैमदेखि+ दबिरको सिमानासम्म;
२७ बेँसीका बेथ-हाराम, बेथ-निम्राह,+ सुक्कोथ+ र जाफोन अनि हेस्बोनबाट शासन गर्ने राजा सिहोनको+ अधीनमा भएको बाँकी इलाका। यो यर्दनको पूर्वतिरको पूरै इलाकादेखि किन्नरेथ समुद्रसम्म*+ थियो।
२८ यो इलाका अनि यसमा भएका सहर र वरपरका बस्तीहरू गादका सन्तानले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाए।
२९ मोसाले मनस्सेको आधा कुललाई पनि पैतृक सम्पत्ति दिए; यो तिनीहरूले आफ्नो घरानाअनुसार सम्पत्तिको रूपमा पाए।+
३० तिनीहरूले पाएको इलाका बासानका राजा ओगको अधीनमा भएको महनैमदेखि+ पूरै बासानसम्म फैलिएको थियो अनि यसमा बासानको याइरका सबै गाउँ,*+ ६० वटा सहर पर्थ्यो।
३१ गिलादको आधा भाग र बासानका राजा ओगको अधीनमा भएको अस्तारोथ र एद्रईचाहिँ+ मनस्सेका छोरा माकिरका सन्तानलाई+ अर्थात् माकिरका सन्तानमध्ये आधालाई तिनीहरूको घरानाअनुसार दिइयो।
३२ मोसाले इस्राएलीहरूलाई यरिहोको पूर्वमा यर्दनपारि मोआबको मरुभूमिमा छँदा पैतृक सम्पत्तिको रूपमा बाँडिदिएका इलाकाहरू यी नै थिए।+
३३ तर मोसाले लेविको कुललाई पैतृक सम्पत्ति दिएनन्।+ तिनीहरूलाई प्रतिज्ञा गरिएझैँ इस्राएलका परमेश्वर यहोवा नै तिनीहरूको अंश हुनुहुन्छ।+
फुटनोटहरू
^ वा “सिहोरदेखि।”
^ शा., “अगाडि।”
^ वा “हमाथ छिर्ने ठाउँसम्म।”
^ वा “वादीको।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
^ पर्वतको शिखरमा भएको समतल भूमि।
^ अर्थात्, सिहोनको अधीनमा भएका राजाहरू।
^ अर्थात्, गनेसरेत ताल वा गालिल समुद्रसम्म।
^ वा “पालहरू भएका बस्तीहरू।”