यहोसु १६:१-१०

  • युसुफका सन्तानको पैतृक सम्पत्ति (१-४)

  • एप्रैमको पैतृक सम्पत्ति (५-१०)

१६  गोला हाल्दा+ युसुफका सन्तानको भागमा परेको इलाका+ यरिहोको नजिक यर्दनबाट सुरु भएर यरिहोको पानीको मुहानको पूर्वतिरदेखि यरिहोको अगाडि निर्जनभूमि हुँदै बेथेलको पहाडी इलाकासम्म फैलिएको थियो।+ २  अनि त्यहाँबाट लुज नजिकैको बेथेल र अरकीहरूको सिमाना अतारोथसम्म पुगेको थियो। ३  त्यसपछि पश्‍चिमतिर याफ्लेतहरूको सिमानाबाट तल्लो बेथ-होरोनतिर+ झरेर गेजेर+ हुँदै महासागरलाई* छोएको थियो। ४  यसरी युसुफका सन्तान+ मनस्सेको कुल र एप्रैमको कुलले आ-आफ्नो भाग लिए।+ ५  एप्रैमका सन्तानले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाकाको सिमाना यो थियो: पूर्वतिर अतारोथ-अद्दारदेखि+ माथिल्लो बेथ-होरोनसम्म+ ६  र त्यहाँबाट महासागरसम्म; उत्तरमा मिक्मेथाथ+ हुँदै पूर्वतिर मोडिएर तानथ-सिलो र यानोहसम्म; ७  त्यसपछि यानोहबाट तलतिर अतारोथ र नाराह हुँदै यरिहो+ अनि यर्दनसम्म ८  अनि तप्पुहदेखि+ पश्‍चिमतिर कानाह वादी* हुँदै महासागरसम्म।+ एप्रैमको कुलले आ-आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाका यही हो। ९  मनस्सेको कुलले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकाभित्र पनि एप्रैमका सन्तानले सहरहरू र वरपरका बस्तीहरू पाएका थिए।+ १०  तर तिनीहरूले गेजेरमा बस्ने कनानीहरूलाई भने खेदेनन्‌।+ त्यसैले कनानीहरू अहिलेसम्म एप्रैमको कुलसँगै बसोबास गर्दै आएका छन्‌।+ अनि एप्रैमको कुलका मानिसहरूले कनानीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाएका छन्‌।+

फुटनोटहरू

अर्थात्‌, भूमध्यसागरलाई।
वा “बेँसी।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।