सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

महिलाहरूको सुरक्षा—यसबारे ईश्‍वरको दृष्टिकोण

महिलाहरूको सुरक्षा—यसबारे ईश्‍वरको दृष्टिकोण

 संसारका लाखौँ महिला, युवती र बालिका दुर्व्यवहारको सिकार भइरहेका छन्‌। के तपाईँले पनि दुर्व्यवहार भोग्नुपरेको छ? ईश्‍वरले महिलाहरूको सुरक्षामा किन चासो राख्नुहुन्छ र त्यस्तो दुर्व्यवहारको अन्त्य गर्न के गर्नुहुनेछ, थाह पाउनुहोस्‌।

 “म सानी छँदा मेरो दाइले हरेक दिन मलाई शारीरिक र मौखिक दुर्व्यवहार गर्थ्यो। विवाहपछि सासूले पनि त्यस्तै गर्न थाल्नुभयो। सासू र ससुरा दुवैले मलाई दासीलाई जस्तै व्यवहार गर्नुहुन्थ्यो। मलाई एकदमै गाह्रो भएकोले आत्महत्या गर्ने सोचाइ आउँथ्यो।”मधु, a भारत।

 “महिला हिंसा विश्‍वव्यापी समस्या हो” भनेर विश्‍व स्वास्थ्य सङ्‌गठनले बताएको छ। यस सङ्‌गठनले अनुमान गरेअनुसार तीन जना महिलामा एक जनाले जीवनको कुनै न कुनै क्षणमा शारीरिक वा यौन दुर्व्यवहार भोग्ने गर्छन्‌।

 यदि तपाईँ दुर्व्यवहारको सिकार हुनुभएको छ भने जहाँ गए पनि फेरि मौखिक, शारीरिक वा यौन दुर्व्यवहार भोग्नुपर्ने हो कि भनेर तपाईँलाई डर लाग्न सक्छ। यस्तो लैङ्‌गिक हिंसा र दुर्व्यवहारले गर्दा तपाईँलाई धेरैजसो मानिसको नजरमा महिलाहरूको कुनै मोल छैन जस्तो लाग्न सक्छ। तर के ईश्‍वरले महिलाहरूको सुरक्षामा चासो राख्नुहुन्छ?

ईश्‍वरले महिलाहरूको सुरक्षामा चासो राख्नुहुन्छ भनेर बाइबल सिकाउँछ

महिलाहरूप्रति ईश्‍वर कस्तो दृष्टिकोण राख्नुहुन्छ?

 शास्त्रपद: “[ईश्‍वरले] पुरुष र स्त्री बनाउनुभयो।”—उत्पत्ति १:२७.

 अर्थ: ईश्‍वरले पुरुष स्त्री बनाउनुभएकोले उहाँ दुवैलाई आदरयोग्य ठान्‍नुहुन्छ। साथै उहाँ हरेक पतिले “आ-आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम” गरेको चाहनुहुन्छ, कठोर बोली बोलेर वा दुर्व्यवहार गरेर हैकम जमाएको चाहनुहुन्‍न। (एफिसी ५:३३; कलस्सी ३:१९) स्पष्ट छ, ईश्‍वरले महिलाहरूको सुरक्षामा चासो राख्नुहुन्छ।

 “सानी छँदा आफन्तहरूले मलाई यौन दुर्व्यवहार गरेका थिए। म १७ वर्षकी हुँदा हाकिमले तिनीसित शारीरिक सम्बन्ध नराखेमा कामबाट निकालिदिने धम्की दिएका थिए। वयस्क भएपछि मेरो श्रीमान्‌, बुबाआमा र छिमेकीहरूले पनि मलाई तुच्छ व्यवहार गरे। तर पछि मैले सृष्टिकर्ता यहोवाबारे b सिकेँ। उहाँ महिलाहरूको आदर गर्नुहुन्छ भनेर थाह पाएँ। यसले गर्दा उहाँ मलाई पनि माया गर्नुहुन्छ र अनमोल ठान्‍नुहुन्छ भनेर ढुक्क हुन सकेँ।”—मारिया, अर्जेन्टिना।

तपाईँको मनको चोट निको पार्न केले मदत गर्छ?

 शास्त्रपद: “कुनै-कुनै साथी भने साक्खै दाजुभाइभन्दा पनि घनिष्ठ हुन्छ।”—हितोपदेश १८:२४.

 अर्थ: साँचो साथीले तपाईँलाई साथ दिन्छ। त्यसैले उचित लाग्छ भने कुनै भरोसायोग्य साथीलाई आफ्नो भावना पोखाउनुहोस्‌।

 “सानी छँदा मैले यौन दुर्व्यवहार भोगेकी थिएँ। त्यसबारे मैले २० वर्षसम्म कसैलाई बताइनँ। म झन्‌झनै निराश, चिन्तित र दुःखी हुँदै गएँ। तर मेरो कुरा सुनिदिन इच्छुक भएका एक जनालाई आफ्नो सबै कुरा बताएँ। त्यसपछि मात्र मेरो मन हल्का भयो।”—एलिफ, तुर्किए।

 शास्त्रपद: “तिमीहरूले आफ्नो सारा फिक्री [ईश्‍वरमाथि] बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.

 अर्थ: तपाईँले पुकार्नुहुँदा ईश्‍वरले तपाईँको कुरा ध्यान दिएर सुन्‍नुहुन्छ। (भजन ५५:२२; ६५:२) उहाँ तपाईँको ख्याल राख्नुहुन्छ र उहाँको नजरमा तपाईँ कत्ति अनमोल हुनुहुन्छ भनेर बुझ्न मदत गर्न सक्नुहुन्छ।

 “यहोवाबारे सिक्न थालेपछि मेरो मनको गहिरो चोट निको हुँदै गयो। अहिले म उहाँलाई आफ्नो सबै कुरा बताउन सक्छु। उहाँ मेरो भावना बुझ्ने साथीजस्तै हुनुहुन्छ।”—एना, बेलिज।

के ईश्‍वरले महिलाहरूमाथि हुने दुर्व्यवहारको अन्त्य गर्नुहुनेछ?

 शास्त्रपद: “यहोवा . . . अनाथ र थिचोमिचोमा परेकाहरूको पक्षमा न्याय गर्नुहुन्छ ताकि पृथ्वीका मानिसहरूले तिनीहरूलाई डर देखाउन नसकून्‌।”—भजन १०:१७, १८.

 अर्थ: ईश्‍वरले महिलाहरूमाथि भइरहेको अत्याचार र हिंसाजस्ता अन्यायपूर्ण कुरालाई चाँडै निर्मूल पार्नुहुनेछ।

 “यहोवाले महिलाहरू, युवतीहरू र बालिकाहरूमाथि गरिने दुर्व्यवहारको चाँडै अन्त्य गर्नुहुनेछ भनेर थाह पाउँदा मलाई घाउमा मलहम लगाएको जस्तै भयो। बल्ल मैले मनोशान्ति पाएँ।”रोबर्टा, मेक्सिको।

 के तपाईँ बाइबलले दिने आशा, त्यसमा भएका प्रतिज्ञाहरूमाथि विश्‍वास गर्न सक्नुको कारण अनि अहिले यहोवाका साक्षीहरूले बाइबलबाट दिने सान्त्वनाबारे बुझ्न चाहनुहुन्छ? चाहनुहुन्छ भने तपाईँसित फेरि भेट्‌नको लागि अनुरोध गर्न सक्नुहुन्छ र यस्ता विषयहरूमा निश्‍शुल्क छलफल गर्न सक्नुहुन्छ।

 यो लेख छाप्न मिल्ने फर्म्याटमा डाउनलोड गर्नुहोस्‌।

a नामहरू परिवर्तन गरिएका छन्‌।

b साँचो ईश्‍वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” लेख हेर्नुहोस्‌।