सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Top left: Marek M. Berezowski/​Anadolu Agency via Getty Images; bottom left: Halfpoint Images/​Moment via Getty Images; center: Zhai Yujia/​China News Service/​VCG via Getty Images; top right: Ismail Sen/​Anadolu Agency via Getty Images; bottom right: E+/​taseffski/​via Getty Images

जागा रहो!

सन्‌ २०२३: तनावपूर्ण वर्ष—यसबारे बाइबल के भन्छ?

सन्‌ २०२३: तनावपूर्ण वर्ष—यसबारे बाइबल के भन्छ?

 बाइबलमा बताइएअनुसार हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ। (२ तिमोथि ३:१) सन्‌ २०२३ मा संसारभरि घटेका घटनाहरूले यस कुराको अकाट्य प्रमाण दिएको छ। बाइबलमा अन्तको दिनबारे गरिएका भविष्यवाणीहरू आज हाम्रो समयमा कसरी ठ्याक्कै पूरा भइरहेका छन्‌, विचार गर्नुहोस्‌।

बाइबलका भविष्यवाणीहरू र संसारभरि घटेका घटनाहरू

 “तिमीहरूले युद्धको कोलाहल अनि युद्धको खबर सुन्‍नेछौ।”​—मत्ति २४:६.

  •   “संसारका थुप्रै ठाउँहरूमा कलह र युद्ध बढ्‌दै गइरहेको छ।” a

 “ठाउँठाउँमा भूकम्प जानेछ।”​—मर्कुस १३:८.

  •   “सन्‌ २०२३ मा संसारभरि ७ रेक्टर स्केलभन्दा माथिका १३ वटा भूकम्पहरू गए। भूकम्पको रेकर्ड राख्न थालिएको समयदेखि यता १ वर्षमै यत्ति धेरै भूकम्प गएको यो पहिलो चोटि हो।” b

 टर्की र सिरियामा भूकम्पको वितण्डा” भन्‍ने लेख पढ्‌नुहोस्‌।

 “मानिसहरूले भयानक दृश्‍यहरू देख्नेछन्‌।”​—लुका २१:११.

  •   “पृथ्वीको तापक्रम यत्ति धेरै बढिसक्यो कि यसले आफ्नो सीमै नाघिसक्यो।”​—एन्टोनियो गुटेरेस, संयुक्‍त राष्ट्र सङ्‌घका महासचिव। c

 सन्‌ २०२३ मा विश्‍वभरि अत्यधिक गर्मी” भन्‍ने लेख पढ्‌नुहोस्‌।

 ‘अनिकाल हुनेछ।’​—मत्ति २४:७.

  •   “सन्‌ २०२३: परिवारको छाक टार्न पनि धौ-धौ परेका मानिसहरूका लागि अर्को तनावपूर्ण वर्ष।” d

 “असाध्यै कठिन समय आउनेछ।”​—२ तिमोथि ३:१.

  •   “संसारभरि ८ जनामध्ये १ जनालाई कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या छ।” e

सन्‌ २०२४ कस्तो हुने आशा गर्न सक्छौँ?

 सन्‌ २०२४ कस्तो हुनेछ भनेर कसैले पनि बताउन सक्दैन। तर संसारमा भइरहेका घटनाहरूले परमेश्‍वरको राज्य नजिकै छ भन्‍ने कुराको सङ्‌केत दिन्छ। स्वर्गको त्यस राज्यले मानव सरकारहरूलाई हटाउनेछ र दुःखकष्ट अनि चिन्ता-फिक्रीको मूल कारणलाई जरैसमेत उखेलिदिनेछ।​—दानिएल २:४४; प्रकाश २१:४.

 त्यो राज्य नआउन्जेल चिन्ता-फिक्रीले सताउँदा हामी मदतको लागि परमेश्‍वरलाई पुकार्न सक्छौँ। बाइबल यसो भन्छ:

 “मलाई डर लाग्दा म तपाईँमाथि भरोसा राख्छु।”​—भजन ५६:३.

 हामी परमेश्‍वरमाथि भरोसा राखेको कसरी देखाउन सक्छौँ? यसको लागि कुनै दुःखकष्ट नहुने संसारबारे बाइबलमा गरिएको प्रतिज्ञाबारे सिक्न सक्नुहुन्छ। बाइबलका प्रतिज्ञाहरूबाट तपाईँ र तपाईँको परिवारले कसरी लाभ उठाउन सक्नुहुन्छ भनेर थाह पाउन निश्‍शुल्क बाइबल अध्ययन गर्नुहोस्‌।

a Foreign Affairs, “A World at War: What Is Behind the Global Explosion of Violent Conflict?” by Emma Beals and Peter Salisbury, October 30, 2023.

b Earthquake News, “Year 2023: Number of Major Earthquakes on Course for Record,” May, 2023.

c United Nations, “Secretary-General’s Opening Remarks at Press Conference on Climate,” July 27, 2023.

d World Food Programme, “A Global Food Crisis.”

e World Health Organization, “World Mental Health Day 2023,” October 10, 2023.