गीत १०२
‘कमजोरहरूलाई मदत गर’
-
१. तीनथुप्रो छ कमजोरी,
सदा हामीमा;
तैपनि गर्छन् याह,
अति नै माया।
छन् उनी कृपालु,
प्रेम उनको सशक्त;
पैराऔँ दीनदुःखीलाई,
त्यै प्रेमको माला।
-
२. बलिया देखिए नि
कमजोर होलान् ती।
देऔँ मदत बोलीले
निडर हुनलाई।
याहका निर्धा जनले,
पाउनेछन् बल उनमा;
बुझौँ तिनको वेदना,
आँसु पुछिदेऔँ।
-
३. नगरौँ निन्दा तिनको,
मनमा गुनिलेऔँ;
देखाउँदै तिनलाई दया,
बलियो बनाऔँ।
मेहनती बनौँ,
ढाडस तिनलाई दिन;
पाउँछन् सान्त्वना तिनले,
सहायता देऔँ।
(यसै. ३५:३, ४; २ कोरि. ११:२९; गला. ६:२ पनि हेर्नुहोस्)