गीत १४१
जीवन—एउटा चमत्कार
(भजन ३६:९)
-
१. कलिला नानी, अन्नका बाला,
सुनौलो त्यो बिहानी, रिमझिम वर्षा;
सबै याहकै देन र उनकै कला।
जीवन हाम्रो चल्छ उनकै चमत्कारमा।
(कोरस)
हो जीवन उपहार, छ अति विशेष;
प्रेम देखाऔँ यसका मुहानलाई, सम्हालौँ जीवन।
हाम्रो हातको कुरा होइन जीवन पाउनु।
इनाम हो यो जीवन; याहको चमत्कार!
-
२. मान्छन् हार कोही, भन्दछन् कोही,
अय्युबकी पत्नीले झैँ: ‘मर्नु जाति!’
छैनौँ तिनीझैँ, प्रशंसा गर्छौँ।
हरपल हामी धन्य भन्छौँ यहोवालाई।
(कोरस)
हो जीवन उपहार, छ अति विशेष;
गरौँ है माया सबैलाई; सम्हालौँ जीवन।
हाम्रो हातको कुरा होइन जीवन पाउनु।
इनाम हो यो जीवन; याहको चमत्कार!
(अय्यु. २:९; भज. ३४:१२; उप. ८:१५; मत्ति २२:३७-४०; रोमी ६:२३ पनि हेर्नुहोस्)