सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

ईश्‍वरीय शिक्षा हासिल गर्न अघि बढ्‌नुहोस्‌

ईश्‍वरीय शिक्षा हासिल गर्न अघि बढ्‌नुहोस्‌

यसो गर्नु किन महत्त्वपूर्ण छ: महान्‌ शिक्षक यहोवाले हामीलाई सबैभन्दा उत्तम शिक्षा हासिल गर्ने सुअवसर दिनुभएको छ। उहाँ हामीलाई जीवनशैली सुधार्न सिकाउनुहुन्छ र सुन्दर भविष्यको लागि तयार पार्नुहुन्छ—त्यो पनि निश्‍शुल्क! (यसै ११:६-९; ३०:२०, २१; प्रका २२:१७) ईश्‍वरीय शिक्षा दिएर यहोवा हामीलाई अरूको जीवन बचाउने सन्देश सुनाउन पनि सुसज्जित पार्नुहुन्छ।—२को ३:५.

हामी कसरी यसो गर्न सक्छौँ:

  • नम्रता विकास गर्नुहोस्‌।—भज २५:८, ९

  • आफूले अहिले हासिल गर्न सक्ने तालिमबाट पूरापूर लाभ उठाउनुहोस्‌, जस्तै मध्यहप्ताको सभामा दिइने विद्यार्थीको असाइनमेन्ट

  • आध्यात्मिक लक्ष्यहरू राख्नुहोस्‌।—फिलि ३:१३

  • थप तालिम पाउनको लागि योग्य हुन त्यागहरू गर्नुहोस्‌।—फिलि ३:८

यहोवाको शिक्षाले गर्दा पाएका आशिष्‌हरू भन्‍ने भिडियो हेर्नुहोस्‌ र निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • राज्य प्रचारकहरूका लागि स्कुलमा सहभागी हुन केही भाइबहिनीले कस्ता बाधाअडचन पार गरे?

  • राज्य प्रचारकहरूका लागि स्कुलले कस्तो तालिम दिन्छ?

  • स्नातक भएर नयाँ असाइनमेन्ट पाएका भाइबहिनीलाई मण्डलीका अरू सदस्यले कसरी मदत दिएका छन्‌?

  • राज्य प्रचारकहरूका लागि स्कुलमा भाग लिन कस्ता योग्यताहरू पूरा गरेको हुनुपर्छ? (kr पृ. १८९)

  • यहोवाको सङ्‌गठनमा तपाईँ अरू कस्ता तालिमबाट लाभ उठाउने लक्ष्य राख्न सक्नुहुन्छ?

ईश्‍वरीय शिक्षा हासिल गर्न अघि बढ्‌दा तपाईँले कस्ता आशिष्‌हरू पाउनुहुनेछ?