ख्रिष्टियन जीवन
मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?
याकुबले सबैभन्दा महत्त्वपूर्ण कुरा अर्थात् यहोवाको आशिष् पाउन स्वर्गदूतसित कुस्ती खेले। (उत्प ३२:२४-३१; होसे १२:३, ४) हामी नि? के हामी पनि यहोवाको आज्ञा पालन गर्न र उहाँको आशिष् पाउन भरमग्दुर प्रयास गर्न इच्छुक छौँ? उदाहरणको लागि, हामीले सभामा उपस्थित हुने समयमा काममा बढी घण्टा बिताउनुपर्ने अवस्था आयो भने के गर्नेछौँ? हामीले यहोवाको लागि आफ्नो समय, शक्ति र स्रोतबाट सर्वोत्तम कुरा दिन्छौँ भने उहाँले हामीमाथि “कुनै कुराको कमी नै नहुनेगरि आशिष्” बर्साउनुहुनेछ। (मला ३:१०) उहाँले हामीलाई डोऱ्याउनुहुनेछ, सुरक्षा दिनुहुनेछ अनि हाम्रो आवश्यकता पूरा गर्नुहुनेछ।—मत्ति ६:३३; हिब्रू १३:५.
आध्यात्मिक लक्ष्यहरूमा ध्यान केन्द्रित गर्नुहोस् भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
आफूलाई मन पर्ने कुराले बहिनीलाई कसरी परीक्षामा पाऱ्यो?
-
हामीले खाने जागिरले कसरी हामीलाई परीक्षामा पार्न सक्छ?
-
तिमोथिले परिपक्व ख्रिष्टियन भइसके तापनि किन आध्यात्मिक लक्ष्य राख्नुपर्थ्यो?—१ति ४:१६.
-
आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण काम कुन हो भनेर कसरी देखाउन सक्छौँ?