सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

बाइबल विद्यार्थीहरूलाई सभाहरूमा उपस्थित हुन मदत गर्नुहोस्‌

बाइबल विद्यार्थीहरूलाई सभाहरूमा उपस्थित हुन मदत गर्नुहोस्‌

मण्डलीका सभाहरू शुद्ध उपासनाको एउटा महत्त्वपूर्ण भाग हो। (भज २२:२२) यहोवाको उपासना गर्न भेला भएकाहरू आनन्दित हुन सक्छन्‌ र यहोवाले तिनीहरूलाई आशिष्‌ दिनुहुन्छ। (भज ६५:४) सभाहरूमा नियमित रूपमा उपस्थित हुने बाइबल विद्यार्थीहरूले प्रायजसो छिटो उन्‍नति गर्छन्‌।

तपाईँ कसरी आफ्ना बाइबल विद्यार्थीहरूलाई सभाहरूमा उपस्थित हुन मदत गर्न सक्नुहुन्छ? तिनीहरूलाई सभाको निम्तो दिइरहनुहोस्‌। सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियो देखाउनुहोस्‌। सभामा उपस्थित हुँदाका फाइदाहरूबारे बताउनुहोस्‌। (lff पाठ १०) तपाईँले सभामा सिक्नुभएको कुनै खास बुँदा तिनीहरूलाई बताउनुहोस्‌ अथवा अर्को पटक सभामा छलफल गरिने विषयवस्तु बताउनुहोस्‌। तिनीहरूलाई सभामा प्रयोग हुने प्रकाशनहरू दिनुहोस्‌ अथवा JW लाइब्रेरी-मा “सभा” ट्याब देखाउनुहोस्‌। साथै व्यावहारिक मदत गर्नुहोस्‌। तिनीहरूलाई सभाभवनसम्म पुग्न मदत पो चाहिन्छ कि? तपाईँले विद्यार्थीलाई पहिलो पटक सभामा उपस्थित हुन जे-जस्तो मदत गर्नुहुन्छ, त्यो खेर जानेछैन।—१को १४:२४, २५.

आफ्ना बाइबल विद्यार्थीहरूलाई सभाहरूमा उपस्थित हुन मदत गर्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • निताले ग्रेसलाई सभाको निम्तो दिन कस्तो मौकाको सदुपयोग गरिन्‌?

  • बाइबल विद्यार्थी सभामा उपस्थित हुँदा हामीलाई किन खुसी लाग्छ?

  • “परमेश्‍वर साँच्चै तपाईँहरूमाझ हुनुहुँदो रहेछ”

    पहिलो पटक सभामा उपस्थित हुँदा ग्रेसले कस्तो महसुस गरिन्‌?