सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

बाइबल विद्यार्थीहरूलाई नराम्रो सङ्‌गतबाट टाढै रहन मदत गर्नुहोस्‌

बाइबल विद्यार्थीहरूलाई नराम्रो सङ्‌गतबाट टाढै रहन मदत गर्नुहोस्‌

यहोवासित मित्रता गाँस्न बाइबल विद्यार्थीहरूले असल साथीसङ्‌गत रोज्नुपर्छ। (भज १५:१, ४) असल सङ्‌गतले उनीहरूलाई जे सही छ, त्यो गर्न मदत गर्नेछ।—हित १३:२०; lff पाठ ४८.

बाइबल विद्यार्थीहरूलाई नराम्रो सङ्‌गतबाट अलग रहन मदत गर्दा समानुभूति देखाउनुहोस्‌। उनीहरूलाई आफ्ना पहिलाका साथीहरू छोड्‌न गाह्रो भइरहेको हुन सक्छ। त्यसैले बाइबल अध्ययनबाहेक अरू बेला पनि उनीहरूलाई व्यक्‍तिगत चासो देखाउनुहोस्‌। फोन गरेर, मेसेज गरेर वा भेट्‌नै गएर त्यसो गर्न सक्नुहुन्छ। तपाईँको बाइबल विद्यार्थीले उन्‍नति गर्दै गएपछि उनलाई भाइबहिनीको जमघटमा समावेश गर्न सक्नुहुन्छ। यसरी उनीहरूले आफूले गुमाउनुपर्ने भन्दा पाउने कुरा धेरै रहेछ भनेर महसुस गर्नेछन्‌। (मर्कु १०:२९, ३०) तपाईँ पनि यहोवाको परिवारमा वृद्धि भएको देख्दा आनन्दित हुनुहुनेछ।

आफ्ना बाइबल विद्यार्थीहरूलाई नराम्रो सङ्‌गतबाट टाढै रहन मदत गर्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • नराम्रो सङ्‌गत भनेको के हो?—१को १५:३३

  • ख्रिष्टियनहरूको जमघटबारे ग्रेसले कस्तो कल्पना गरिन्‌?

  • नराम्रो सङ्‌गत त्याग्न निताले ग्रेसलाई कसरी मदत गरिन्‌?