अगस्त २६—सेप्टेम्बर १
भजन ७८
गीत ९७ र प्रार्थना | परिचय (१ मि.)
१. इस्राएलीहरूको अवफादारी—हाम्रो लागि चेतावनी
(१० मि.)
इस्राएलीहरूले यहोवाले गर्नुभएका अचम्मका कामहरू बिर्सिए (भज ७८:११, ४२; w९६ १२/१ पृ. २९-३०)
इस्राएलीहरूले यहोवाले गर्नुभएका प्रबन्धहरूको मोल गरेनन् (भज ७८:१९; w०६ ८/१ पृ. १० अनु. १६)
इस्राएलीहरूले आफ्नो गल्तीबाट पाठ सिकेनन् बरु पटकपटक अवफादार भइरहे (भज ७८:४०, ४१, ५६, ५७; w११-E ७/१ पृ. १० अनु. ३)
मननका लागि: यहोवाप्रति वफादार रहिरहन हामीले के गर्नुपर्छ?
२. बहुमूल्य रत्न
(१० मि.)
-
भज ७८:२४, २५—मन्नलाई “स्वर्गको अन्न” र “पराक्रमीहरूको रोटी” किन भनियो? (w०६ ८/१ पृ. ४ अनु. ३)
-
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.)भज ७८:१-२२ (th बुँदा ५)
४. कुराकानी थाल्नुहोस्
(३ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (lmd पाठ ५ बुँदा ५)
५. कुराकानी थाल्नुहोस्
(३ मि.) घरघरको साक्षीकार्य। पर्चाबाट कुराकानी सुरु गर्नुहोस्। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (lmd पाठ ५ बुँदा ४)
६. कुराकानी थाल्नुहोस्
(१ मि.) घरघरको साक्षीकार्य। घरधनी तपाईँलाई छोटकरीमा बताउन भन्छन्। तिनलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (lmd पाठ २ बुँदा ५)
७. कुराकानी थाल्नुहोस्
(४ मि.) अनौपचारिक साक्षीकार्य। बाइबलबारे उल्लेख नगरिकनै स्वाभाविक तरिकामा तपाईँ एक जना यहोवाको साक्षी हुनुहुन्छ भनेर बताउनुहोस्। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (lmd पाठ २ बुँदा ४)
गीत ९६
८. प्रचारक फिलिपको उदाहरणबाट सिक्नुहोस्
(१५ मि.) छलफल।
बाइबलमा थुप्रै राम्रा र नराम्रा उदाहरणहरू पाइन्छन्। ती उदाहरणहरूबाट पाठ सिक्न हामीले सरर्र पढ्ने मात्र होइन, त्यसमा मनन गर्नुपर्छ अनि त्यसैअनुरूप आफ्नो आनीबानी छाँटकाँट गर्नुपर्छ। यसो गर्न हामीले समय निकाल्नुपर्छ र प्रयास गर्नुपर्छ।
प्रचारक फिलिप “पवित्र शक्ति र बुद्धिले भरिपूर्ण भएका” ख्रिष्टियन भनेर चिनिन्थे। (प्रे ६:३, ५) तिनको उदाहरणबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?
तिनीहरूबाट सिक्नुहोस्—प्रचारक फिलिप भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई निम्न प्रश्नहरू सोध्नुहोस्:
-
अवस्था अचानक परिवर्तन हुँदा फिलिपले जे गरे, त्यसबाट हामी के सिक्न सक्छौँ?—प्रे ८:१, ४, ५
-
आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न इच्छुक हुँदा फिलिपले पाएका आशिष्हरूबाट हामी के सिक्न सक्छौँ?—प्रे ८:६-८, २६-३१, ३४-४०
-
अतिथि सत्कार गर्दा फिलिप र तिनको परिवारले उठाएको लाभबाट हामी के सिक्न सक्छौँ?—प्रे २१:८-१०
-
भिडियोमा देखाइएको परिवारले फिलिपको उदाहरण अनुकरण गर्दा पाएको आनन्दबाट हामी के सिक्न सक्छौँ?
९. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. १४ अनु. ११-२०