ख्रिष्टियन जीवन
यहोवा हाम्रा प्रार्थनाहरू बहुमूल्य ठान्नुहुन्छ
पुरातन समयमा यहोवाको लागि मन्दिरमा सुगन्धित धूप नियमित रूपमा बालिन्थ्यो। यहोवाले स्विकार्नुहुने प्रार्थनालाई त्यस्तै धूपसित तुलना गर्न सकिन्छ। (भज १४१:२) स्वर्गमा बस्नुहुने बुबालाई हामीले प्रेम र कृतज्ञता व्यक्त गर्दा, हाम्रो चिन्ता-फिक्री र इच्छा बताउँदा अनि उहाँको डोऱ्याइ माग्दा हामीले उहाँसितको मित्रतालाई साँच्चै मोल गरेको देखाइरहेका हुन्छौँ। हुनत सभाहरूमा सबैसामु गरिने छोटो प्रार्थनाहरूलाई पनि यहोवा उपासनाको एउटा महत्त्वपूर्ण भाग ठान्नुहुन्छ। तर हामीले मन खोलेर अनि समय लगाएर व्यक्तिगत प्रार्थना गर्दा उहाँ त्यो सुन्न झनै मन पराउनुहुन्छ!—हित १५:८.
म प्रार्थनामा तल्लीन छु भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
भाइ जनसनले यहोवाको सेवामा कस्ता जिम्मेवारीहरू पूरा गर्नुभयो?
-
भाइ जनसनले प्रार्थना गरेर यहोवामा भर परेको कसरी देखाउनुभयो?
-
भाइ जनसनको अनुभवबाट तपाईँले के सिक्नुभयो?