ख्रिष्टियन जीवन
सबै परीक्षाको एकदिन अन्त हुनेछ
हामी लामो समयसम्म परीक्षाहरूको सामना गर्नुपर्दा निराश हुन सक्छौँ। साउलले गर्दा आइपरेका परीक्षाहरू कुनै दिन अन्त हुनेछ र यहोवाले प्रतिज्ञा गर्नुभएजस्तै आफू राजा हुनेछु भनेर दाउदलाई थाह थियो। (१स १६:१३) यहोवामाथिको भरोसाले गर्दा दाउदले धैर्य गर्दै उहाँलाई पर्खन सके।
परीक्षाहरूको सामना गर्नुपर्दा हामी चतुर भएर अनि ज्ञान र सोच्ने क्षमता प्रयोग गरेर आफ्नो परिस्थिति परिवर्तन गर्न कोसिस गर्छौँ। (१स २१:१२-१४; हित १:४) तर बाइबलका सिद्धान्तहरू लागू गरेर परिस्थिति परिवर्तन गर्न सक्दो गरे तापनि कहिलेकाहीँ समस्या जस्ताको तस्तै रहिरहन सक्छ। त्यस्तो अवस्थामा हामीले धैर्य गर्दै यहोवाको बाटो हेरिरहनुपर्छ। उहाँले चाँडै नै सबै दुःखकष्ट हटाउनुहुनेछ र हाम्रो “आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” (प्रका २१:४) त्यसैले चाहे हाम्रो समस्या यहोवाको मदतले हटोस् वा अरू कुनै कारणले, एउटा कुरा भने पक्का छ: सबै परीक्षाको एकदिन अन्त हुनेछ। यो कुरा थाह पाउँदा हामी निकै सान्त्वना पाउँछौँ।
विभाजित संसारमा एकताबद्ध मानिसहरू भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
अमेरिकाको दक्षिणी भागमा बस्नुहुने केही भाइबहिनीले कस्ता चुनौतीहरूको सामना गर्नुपऱ्यो?
-
उहाँहरूले कसरी धैर्य र प्रेम देखाउनुभयो?
-
उहाँहरूले कसरी “अझ महत्त्वपूर्ण कुराहरू”-मा ध्यान दिइरहन सक्नुभयो?—फिलि १:१०