ख्रिष्टियन जीवन
यहोवामा भर पर्न सकिने तीन तरिका
दाउदले गोल्यतलाई हराउन सके किनभने तिनी यहोवामा भर परे। (१स १७:४५) यहोवा आफ्ना सेवकहरूको खातिर आफ्नो शक्ति प्रकट गर्न चाहनुहुन्छ। (२इ १६:९) त्यसैले हामी आफ्नो क्षमता र अनुभवमा भर नपरी उहाँमा भर पर्नुपर्छ। त्यसो गर्न सकिने तीन तरिका विचार गरौँ:
-
निरन्तर प्रार्थना गर्नुहोस्। गल्ती गरिसकेपछि क्षमा माग्नको लागि मात्र नभई प्रलोभनहरूको सामना गर्न बलको लागि प्रार्थना गर्नुहोस्। (मत्ति ६:१२, १३) निर्णयहरू गरिसकेपछि यहोवाको आशिष् माग्नको लागि मात्र नभई निर्णय गर्नुअघि बुद्धि र डोऱ्याइको लागि प्रार्थना गर्नुहोस्।—या १:५.
-
बाइबल पढ्ने र अध्ययन गर्ने बानी बसाल्नुहोस्। दिनहुँ बाइबल पढ्नुहोस्। (भज १:२) बाइबलका उदाहरणहरूमा मनन गर्नुहोस् अनि त्यसबाट सिकेका पाठहरू लागू गर्नुहोस्। (या १:२३-२५) साक्षीकार्यको लागि सधैँ तयारी गर्नुहोस्, आफ्नो अनुभवमा मात्र भर नपर्नुहोस्। सभाहरूबाट पूरापूर लाभ उठाउनको लागि पहिल्यै तयारी गर्नुहोस्।
-
यहोवाको सङ्गठनसँगसँगै अघि बढ्नुहोस्। सङ्गठनले दिने नयाँ निर्देशनहरू थाह पाइराख्नुहोस् र त्यसैअनुसार तुरुन्तै कदम चाल्नुहोस्। (गन ९:१७) एल्डरहरूले सल्लाह र निर्देशनहरू दिँदा सुन्नुहोस् र ती पालन गर्नुहोस्।—हिब्रू १३:१७.
खेदोदेखि डराउनुपर्दैन भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
• दाजुभाइ दिदीबहिनीहरूलाई कस्तो चिन्ता लागेको थियो?
• उहाँहरूलाई चिन्ता हटाउन केले मदत गऱ्यो?